सिंगो भक्तपुर एउटै गीतमा ( भिडियोसहित )

साँस्कृतिक सहर भनेर चिनिने भक्तपुर सम्वन्धी गीत सार्वजनिक भएको छ । जितेन्द्र श्रेष्ठको युट्युव च्यानलमार्फत सार्वजनिक भएको “नेपाली शीरको कालो टोपी भक्तपुर“ बोलको गीत आज मात्र युट्युवमा सार्वजनिक भएको हो ।
व्यँग्यकार च्यट्याङ माष्टरको शव्द रहेको यो गीतमा भक्तपुरको कला, संस्कृति, धार्मिक, पर्यटकीय, ऐतिहासिक सम्पदा र स्थलको वर्णन र छ्याङ्कन मात्र गरिएको छैन , नेवारी भेषभुषामा गरिएको नृत्यले जो कोहीको पनि मनमस्तिष्कमा बस्न सफल हुनेछ ।
गीतबाट भक्तपुरको विविध सौन्दर्यको रसस्वादन गर्न पाइन्छ नै अझ यो गीतले भक्तपुरलाई थप पहिचान र उजिल्याउन मद्दत पुग्ने देखिन्छ ।
गीतमा कपिल कस्पालको स्वर रहेको छ भने संगीत बि‍।बि। अनुरागीको रहेको छ । शब्द सम्पादन तथा अडियो भिडियो निर्माण सञ्चारकर्मी जितेन्द्र रसिकले गरेको यो गीत आठ महिना अगाडी सार्वजनिक भएको हो ।गीत हेर्न तल क्लिक गर्नुहोस

सिफारिस

प्रतिकृया दिनुहोस्