चाैतारा । सरकारले ३९४ स्थानीयतहमा आधारभूत अस्पताल बनाउने प्रकृया अगाडि बढाएइको छ । सो अन्तर्गत सिन्धुपाल्चोकमा पनि ५ स्थानीय तहमा अस्पताल बन्ने भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, जुगल, लिसंखुपाखर, बलेफी र हेलम्बु गाउँपलिकामा अस्पताल बन्न लागेको हो ।
मंसिर २ गते बसेको अर्थ तथा स्वास्थ्यमन्त्रीबीचको बैठकले एकैदिन सबै स्थानीय तहका अस्पताल शिलान्यास गर्ने निर्णय भए अनुसार मंसिर १५ गते ती अस्पतालहरुको शिलान्यास हुनेछ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मको आाधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ । जस अनुसार, मेलम्चीा नरपालिकामा १५ शैया, जुगलमा १० बलेफीमा १५ लिंसखुपाखरमा ५ र हेलम्बु गाउँपलिकामा १० शैयाको आधारभूत अस्पताल निर्माण हुनेछ ।
सिन्धुपाल्चोकको ५ स्थानीयतहमा अस्पताल बन्दै, कुन पालिकामा कति शैयाको अस्पताल बन्दै ?
