चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले स्वरोजगार तथा उद्यम गर्न चहाने नगरबासीलाई दिने भनिएको सहुलियतको दरको कर्जा प्रवाह प्रकृया सुरु गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्वरोजगार र उद्यम गर्न चहानेहरुलाई तीसदिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको हो ।
नेपाल बैंक लिमिटेड र नगरपालिकाबीच दुईपक्षिय सम्झौता भई कर्जा प्रवाहको प्रकृया अगाडि बढेको मेयर अमानसिं तामाङले जानकारी दिए । मेयर तामाङका अनुसार कृषि तथा पशुपंक्षी कार्यक्रम, विदेशबाट फर्केका, युवा लक्षित कार्यक्रम, महिला उद्यमशील कार्यक्रम र दलित सीपमा आधारित कार्यक्रमलाई कर्जा प्रवाहमा पहिलो प्राथमिकता दिइने छ ।
आवश्यक कागजात