चौतारा । यसअघि दुईपटक सम्म विश्व कीर्तिमान राख्न सफल सिन्धुपुत्र पुष्कर नेपालले तेस्रोपटक पनि विश्व कीर्तिमान राख्न सफल भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोमार्फत नेपालले तेस्रोपटक पनि विश्व कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वल्ड रेर्कडमा नाम लेखाउन सफल भएका हुन् ।
२०७६ असोज १० गते छायांकन गरिएको गीतको भिडियो अहिलेसम्म उक्त शीर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले जनाएको छ । सोलुखुम्बुको गोक्योमा छायाङ्कन गरिएको उक्त गीतको टीममारहेका माधवराज खरेल, पूर्ण राई कमला जोशीसहित नेपाललाई सो सफलता मिलेको हो ।
चलचित्र निर्माता समेत रहेका सिेन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका ७ का नेपालले द्दण्ज्ञद्ध डिसेम्बर ज्ञद्ध मा छोटो समयमा धेरैपटक खुट्टाले टाउकोमा छोएर विश्व कीर्तिमान कायम गरेका थिए । उनले १ मिनेटमा १३४ पटक खुट्टाले टाउको छोएर पहिलोपटक विश्व कीर्तिमान कायम गरेका थिए ।
यसैगरी दोस्रो पटक पनि २०१६ नोभेम्बर २८ मा विश्वकै उच्च स्थानमा अवार्ड समारोह आयोजना गरि विश्व कृतिमान ९सोलुखुम्बु,४६२७ मिटर ० राखेका थिए ।
।