जब भगवान भीमसेनले ट्रक चढे…! चौतारा भीमसेनको बोरा यात्रादेखि ट्रक यात्रासम्मको कहानी चौतारा ! गौराती जात्रासँग अपरिचित सिन्धुपाल्चोक जिल्लामा सायदै होलान । जिल्लाकै ठूलो अनि एतिहासिक मानिने यो मेलाको भीमसेन रथारोहणको इतिहास भने थोरैलाई मात्र थाह होला । हुन त यो मन्दिर कहिले बन्यो र मेलाको सुरु कहिलेबाट भयो भन्ने एकिन तथ्यांक भने छैन तर मन्दिरमा चढाएको घण्टालाई साक्षी मान्ने हो भने चार सय बर्ष पहिलेदेखी नै मन्दिरको अस्तित्व रहेको र मेला चल्दै आएको यथार्थतालाई नकार्न सकिंदैन ।मेलाको प्रमुख आकर्षण बन्दै आएको भीमसेन रथारोहण यो बर्ष भने ट्रकारोहणमा परिणत भएको…
Author: बिसौनी
शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय पुन बन्द
चौतारा । गत आईतबारदेखि सिन्धुपाल्चोक जिल्लाभित्र रहेका विद्यालयहरु संचालनमा आएपनि कोरोना भाइरस संक्रमणका कारण पुन बन्द हुन थालेका छन् । जिल्लाको इन्द्रावती गाउँपालिका वडा न ७ स्थित श्री बालबालिका सुधार आधारभूत विद्यालयका एक शिक्षकमा कोरोना पुष्टि भएपछि सो विद्यालय पुन वन्द गरिएको हो ।शिक्षकमा नै कोरोना पुष्टि भएपछि थप संक्रमण हुन नदिन करिव एक हप्ताका लागि पठनपाठन लगायत विद्यालयको संपूर्ण गतिविधिहरु बन्द गरिएको प्रधानाध्यापक सिंहबहादुर तामाङले जानकारी दिए । बिसौनीbisouni.com
नेपाली कलगर्ल चाहियो ? यसरी सम्पर्क गर्नुहोस ।
काठमाण्डौं । यौन व्यवसायलाई कानूनी मान्यता नदिए पनि नेपालमा लुकिछिपी यौन व्यवसाय गर्ने महिलाहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । ती व्यवसायीहरुले रेड लाईट एरियाको माग गरेर आफ्नो व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न चाहे पनि सरकारले यसको वेवास्ता गरिरहेको छ ।कतिपय महिलाहरुको रोजिरोटी र आत्मनिर्भताका अधार नै यौन व्यवसाय भएको छर्लङ्ग छ । त्यही कारणले पनि होला पछिल्लोपटक नेपाली यौन व्यवसायी महिलाहरुले केही वेभसाइटहरुमा आफ्नो विज्ञापन गर्ने गरेका छन् । त्यस्ता वेभसाइटमा यौनकर्मी महिलाको नाम, ठेगान र सम्पर्क नम्बर मात्र हैन उनीहरुले फोटो समेत राख्ने गरेका छन् । तपाई पनि सशुल्क…
नेकपा अध्यक्ष ओलिले सचिवालयमा प्रस्तुत गरेको जवाफी प्रस्ताव (पूर्णपाठ)
यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले .खासै महत्व नदिँदा पनि हुने थियो । तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु । सुरुमा मैले कमरेड ‘प्रचण्ड’ का आरोपको बुँदागत चिरफार गर्नेछु, अनि अन्त्यमा…
फेरि बस्ने गरि नेकपाको सचिवालय बैठक सकियो ! के के भयो बैठकमा ?
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेस गरेका छन् । उनले आफ्नो जवाफ पढेर सुनाएका थिए । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयको गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको खण्डन गर्दै आफ्नो लिखित जवाफ पेस गरेक हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीलाई गम्भीर आत्मसमीक्षा र आत्मालोचन गर्दै पार्टी एकता र संविधान रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका…
नेकपा सचिवालय बैठक सुरु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले लिखित राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्धारित कार्यसूचि छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट कार्तिक २८ मा पेस भइसकेको राजनीतिक प्रस्तावको अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेस गर्दै छन् । १० दिन लगाएर अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपबारे लिखित जवाफसहित प्रतिवेदन तयार पारेका छन् । नेकपाको आज बस्ने सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाएका छन्। जारी अन्तरविरोध सचिवालय बैठकबाट समाधान नभए दुवै अध्यक्षको प्रस्ताव…
सामाजसेवी डम्बर तामाङमाथि साँघातिक हमला । अवस्था चिन्ताजनक
माेनिका विक/ चौतारा । चौताराबाट आफ्नो घर सानोसिरुवारी जाँदै गरेका समाजसेवी डम्बरबहादुर तामाङमाथि साँघातिक हमला भएको छ । हमलाबाट टाउकोमा गम्भीर चोट लागेको तामाङलाई जिल्ला अस्पताल चौताराले उपचार गर्न नसकिएपछि काठमाण्डौं रिफर गरिएको छ । तामाङको अवस्था यसै भन्न नसकिने अस्पतालले जनाएको छ ।शुक्रबार करिब २ बजेतिर तामाङ एक्लै घर फर्कदै थिए । चौतारा च्यानपाटीमूनी एकान्त ठाउँ पुगेपछि अज्ञात व्यक्तिले पछाडिबाट तामाङको टाउकोमा रड प्रहार गरेको प्रहरीले जनाएको छ । तामाङको साथमा रहेको झोला, मोवाइल लगायत पैसा लुटिएको पनि प्रहरीले जनाएको छ ।आक्रमणकारी फरार रहेको र अनुसन्धानलाई तीव्र बनाएको जिल्ला…
सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा उहाँले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गर्नुभयो । संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताउनुभयो । अर्काे फरक प्रसङ्गमा उहाँले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको औँल्याउनुभयो । कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद…
बलेफीमा फुटसल प्रतियोगिता हुने ।
चौतारा ।बलेफी गाउँपालिकाले फुटसल प्रतियोगित गर्ने भएको छ । मंसिर २६ गतेबाट सुरु हुने प्रतियोगितमा ४० टीम सहभागि हुनेछ । विगत दुईवर्षदेखि आयोजना गर्दै आएको फुटसल प्रतियोगितालाई पालिकाले कोरोना महामारीकाबीच पनि आयोजना गर्न लागेको हो ।पछिल्लो समय युवाहरुमाझ लोकप्रिय बन्दै गएको फुटसलको विकास गर्न पालिकाले यो वर्ष पनि प्रतियोगिता आयोजना गरेको जनाएको छ । बलेफी फुटसल समितिको आयोजना र बलेफी गाउँपािलकाको सहयोगमा हुने फुटसल प्रतियोगिताको प्रमुख अथिति सामाजिक विकास मन्त्री युवराज दुलाल शरद रहने गाउँपालिकाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजारसहित, ट्रफि,…
गुल्मीमा जिप दुर्घटना ! मृतकको संख्या ६ पुग्यो
काठमाण्डौं,गुल्मीकाे इस्मा गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जिप इस्मा –४ अन्तर्गत हुलनजिकै दुर्घटना भएको थियो । पाँचजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र ३३ वर्षीय धनबहादुर अछामी, ३० वर्षीय वशन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापा रहेको इस्मा प्रहरीचौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए । घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय…
