माेनिका विक/ चौतारा । चौताराबाट आफ्नो घर सानोसिरुवारी जाँदै गरेका समाजसेवी डम्बरबहादुर तामाङमाथि साँघातिक हमला भएको छ । हमलाबाट टाउकोमा गम्भीर चोट लागेको तामाङलाई जिल्ला अस्पताल चौताराले उपचार गर्न नसकिएपछि काठमाण्डौं रिफर गरिएको छ । तामाङको अवस्था यसै भन्न नसकिने अस्पतालले जनाएको छ ।शुक्रबार करिब २ बजेतिर तामाङ एक्लै घर फर्कदै थिए । चौतारा च्यानपाटीमूनी एकान्त ठाउँ पुगेपछि अज्ञात व्यक्तिले पछाडिबाट तामाङको टाउकोमा रड प्रहार गरेको प्रहरीले जनाएको छ । तामाङको साथमा रहेको झोला, मोवाइल लगायत पैसा लुटिएको पनि प्रहरीले जनाएको छ ।आक्रमणकारी फरार रहेको र अनुसन्धानलाई तीव्र बनाएको जिल्ला…
Author: बिसौनी
सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा उहाँले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गर्नुभयो । संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताउनुभयो । अर्काे फरक प्रसङ्गमा उहाँले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको औँल्याउनुभयो । कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद…
बलेफीमा फुटसल प्रतियोगिता हुने ।
चौतारा ।बलेफी गाउँपालिकाले फुटसल प्रतियोगित गर्ने भएको छ । मंसिर २६ गतेबाट सुरु हुने प्रतियोगितमा ४० टीम सहभागि हुनेछ । विगत दुईवर्षदेखि आयोजना गर्दै आएको फुटसल प्रतियोगितालाई पालिकाले कोरोना महामारीकाबीच पनि आयोजना गर्न लागेको हो ।पछिल्लो समय युवाहरुमाझ लोकप्रिय बन्दै गएको फुटसलको विकास गर्न पालिकाले यो वर्ष पनि प्रतियोगिता आयोजना गरेको जनाएको छ । बलेफी फुटसल समितिको आयोजना र बलेफी गाउँपािलकाको सहयोगमा हुने फुटसल प्रतियोगिताको प्रमुख अथिति सामाजिक विकास मन्त्री युवराज दुलाल शरद रहने गाउँपालिकाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजारसहित, ट्रफि,…
गुल्मीमा जिप दुर्घटना ! मृतकको संख्या ६ पुग्यो
काठमाण्डौं,गुल्मीकाे इस्मा गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जिप इस्मा –४ अन्तर्गत हुलनजिकै दुर्घटना भएको थियो । पाँचजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र ३३ वर्षीय धनबहादुर अछामी, ३० वर्षीय वशन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापा रहेको इस्मा प्रहरीचौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए । घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय…
यी सिन्धुपुत्र जसले तेस्रोपटक पनि विश्व कीर्तिमान कायम गरे र लेखाए गिनिजबुकमा नाम
चौतारा । यसअघि दुईपटक सम्म विश्व कीर्तिमान राख्न सफल सिन्धुपुत्र पुष्कर नेपालले तेस्रोपटक पनि विश्व कीर्तिमान राख्न सफल भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोमार्फत नेपालले तेस्रोपटक पनि विश्व कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वल्ड रेर्कडमा नाम लेखाउन सफल भएका हुन् ।२०७६ असोज १० गते छायांकन गरिएको गीतको भिडियो अहिलेसम्म उक्त शीर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले जनाएको छ । सोलुखुम्बुको गोक्योमा छायाङ्कन गरिएको उक्त गीतको टीममारहेका माधवराज खरेल, पूर्ण राई कमला जोशीसहित नेपाललाई सो सफलता मिलेको…
बाह्रबीसेमा १३३ जनाले गरे रक्तदान
बाह्रबीसे । नेपाली काँग्रेस, केन्द्रीय खेलकूद विभागको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय ३३ जनाले रक्तदान गरेका छन् । देशको विभिन्न जिल्लाहरुमा रक्तदान गर्ने पूर्वघोषित कार्यक्रम अनुसार सिन्धुपाल्चोकको बाह्रबीसेमा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको विभागले जनाएको हो ।कारोना भाईसर र बाढीपहिरोको उच्च जोखिमका कारण विरामीको उपचारमा भइरहेको रगत अभावलाई पूर्ति गर्ने हेतुले रक्तदान कार्यक्रम आयोजना भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् खेलकूद विभागका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र लगायतका संघसंस्थासँगको समन्वयमा विभागले मंसिर ७ गतेदेखि यो अभियान सञ्चालन गर्दै आइरहेको छ । अभियान…
काखीमा आउने पसिनाबाट कसरी मुक्ति पाउने ?
काठमाडौं । काखीको छाला शरीरको अन्य स्थानको छालाभन्दा धेरै संवेदनशील हुन्छ । यो ठाउँको छालाको स्वच्छता र सुरक्षाको लागि हामीले विशेष ध्यान दिनु जरुरी हुन्छ । अनुहार र शरीरको बाँकी भाग जस्तै काखीको सुरक्षा र स्वच्छताबारे ध्यान दिनु र यसको हेरचाह महत्वपूर्ण हुन्छ । काखीको छाला हामीले हात माथि उठाउँदाबाहेक अरु समय हातले छोपिएर बसेको हुन्छ । यसको अर्थ यो हो कि यो ठाउँमा पर्याप्त मात्रामा पसिना सञ्चित हुने गर्छ । एउटा सेतो सर्ट लगाएर निस्किएको मान्छे साँझ घर आउँदा अन्यत्र फोहोर भए पनि नभएपनि काखीमा भने फरक रंगको फोहोर…
प्रस्ताव ल्याऊ दुई प्रतिशत व्यजमा व्यवसायिक ऋण लैजाउ ।
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले स्वरोजगार तथा उद्यम गर्न चहाने नगरबासीलाई दिने भनिएको सहुलियतको दरको कर्जा प्रवाह प्रकृया सुरु गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्वरोजगार र उद्यम गर्न चहानेहरुलाई तीसदिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको हो ।नेपाल बैंक लिमिटेड र नगरपालिकाबीच दुईपक्षिय सम्झौता भई कर्जा प्रवाहको प्रकृया अगाडि बढेको मेयर अमानसिं तामाङले जानकारी दिए । मेयर तामाङका अनुसार कृषि तथा पशुपंक्षी कार्यक्रम, विदेशबाट फर्केका, युवा लक्षित कार्यक्रम, महिला उद्यमशील कार्यक्रम र दलित सीपमा आधारित कार्यक्रमलाई कर्जा प्रवाहमा पहिलो प्राथमिकता दिइने छ ।आवश्यक कागजात बिसौनीbisouni.com
चौरीपालक किसानको संसार नै हिमाली खर्क
जुगल (सिन्धुपाल्चोक) : जुगल गाउँपालिका-३, तेम्बाथनका जाङ्बु शेर्पालाई मेला, पर्व र चाडबाडले कहिल्यै छुँदैन । गाउँलेसँग बिरलै भेट हुन्छ । वर्षमा करिब तीन महिना मात्र उनी गाउँलेको सम्पर्कमा हुन्छन् । वर्षमा नौ महिना खर्कमा फिरन्ते जीवन बिताउने जाङ्बुको निरन्तर सम्पर्क आफ्नै परिवारका सदस्य चौरी र याकसँग मात्र हुन्छ । हरेक वर्षको पुसदेखि कात्तिकसम्मको समय उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौरी र आसपासका चौरी पालक किसानसँग मात्र हुने उनी बताउँछन् । आक्कल झुक्कल जंगली जनावरको पनि सामना गर्नुपर्ने जाङ्बु तीन महिना मात्र मानव बस्ती छेउछाउ पुग्ने गर्छन् । पुस्तौदेखि चौंरी पालन…
काँग्रेसले देखायो अर्थमन्त्री पौडेललाई कालो झण्डा
बुटवल, बल्लतल्ल करिब एक वर्षपछि आफ्नो गृह जिल्ला बुटवल पुगेका अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएको छ ।पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई नेपाली कांग्रेस, उसको भातृ संस्था नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । तिनाउ पुल नजिकै उनीहरूले अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाएका थिए। अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम…
