राजदुत यान्छी र प्रचण्डबीच भेटवार्ता

काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र आत्तरिक कलह चरमोत्कर्षमा पुगिरहेको वेला चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ ।

केही दिनअघि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् ।

भेटमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल भएको स्रोतको दावि छ ।

उनले भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्ध प्रगाढ बनाउने बारे छलफल गरेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए ।
त्यसैगरी राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सी जिङपिङले चिनियाँ सरकार सञ्चालनको सन्दर्भमा निकालेको पुस्तक उपहार दिएकी सापकोटाले जानकारी दिए ।
भेटमा राजदूत यान्छीले दुई देशबीचको सम्बन्ध बलियो बनाउनेबारे र दुई देशबीच भएका सम्झौता कार्यान्वयनबारे पनि छलफल गरेकी थिइन्

सिफारिस

प्रतिकृया दिनुहोस्