पूरानो लयमा फर्कदै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, आलोपालो सेवा प्रवाह हटाउँदै ।
चौतारा ।कोभिड १९ का कारण स्थानीय तह अनुसार आलोपालो सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले आइतबारबाट आलोपालो सेवा हटाइएको छ । ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक विदा बाहेक कार्यालय खुलेको सबै दिन जिल्लावासीलाई सेवा प्रवाह गर्ने भएको हो ।
आलोपालो प्रक्रियाले सेवाग्राहीले सास्ती भोग्नु परेपछि आइतबारबाट सबैलाई सेवा दिन लागेको हो । जिल्ला प्रशासन कार्यालयले आज एक सूचनाा जारी गर्दै आलोपालो प्रक्रिया हटाएको जनाएको छ ।
पूरानो लयमा फर्कदै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, आलोपालो सेवा प्रवाह हटाउँदै ।
