बलेफी गाउँसभा सम्पन्न । ओरियन्ट म्याग्नेसाइट छिट्टै नै सञ्चालन हुन्छ – सांसद सापकोटा


खाडीचौर, सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले दसकौंदेखि धरासायीरुपमा रहेको आरेन्ट म्याग्नेसाइट उद्योग सञ्चालन छिट्टै नै हुने बताउनु भएको छ ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको १३ औं गाउँसभाको उद्घाटन गर्दै सांसद सापकोटाले सो उद्योग सञ्चालनका लागि निजी क्षेत्रले जिम्मेवारी पाइरहेको र निजी क्षेत्रले पुन सञ्चालनको जिम्मेवारी नलिए यसअघि भएका सम्झौताहरु खारेज गर्दै खानी तथा भूगर्भ विभागद्वारा नयाँ टेण्डरको आव्हान गर्दै सञ्चालन हुने जानकारी दिनुभयो ।
आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीजी क्षेत्रसँग वार्ता गरि ठोस निर्णय आउने पनि उहाँले खुलासा गर्नुभयो । सञ्चालनको जिम्मेवारी पाउँदै आएका नीजी क्षेत्रले पुन सञ्चालनमा सहमाति जनाए उहाँहरुबाट नै उद्योग सञ्चालन हुनेछ हैन भने खानी तथा भूगर्भ विभागबाट नयाँ टेण्डर आव्हान गर्दै नयाँ शिरबाट उद्याग सञ्चालन गरिनेछ उहाँले भन्नुभयो ।


पीडितको माग अनुसार जुर पहिरो प्रभावितहरुलाई नगद राहत रकम दिन सफल सांसद सापकोटाले आफ्नो चुनावी प्रतिवद्धता अनुसार तातोपानी नाका पनि दुईतर्फी खुल्ला गर्न भगीरथ प्रयत्न गर्नुभएको थियो । मैले चुनावी प्रतिवद्धता अनुसार आफ्ना प्रतिवद्धता पुरा गर्दै गएको छु सांसद सापकोटाले भन्नुभयो अब नाकाबाट पनि दुइतर्फीरुपमा छिट्टै आवागमन हुनेछ ।
उहाँले प्रतिवद्धता अनुसार जुरेदखि लिपिङसम्मको बाटो पनि छिट्टै मर्मत सुधार र निर्माण हुने बताउनुभयो । चिनियाँ सरकारबाट नै सडक निर्माण हुने उहाँको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष सरु लामाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४७ करोड, छ लाखको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममाथि नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ र पालिकाका आठै वटा वडाका वडा अध्यक्षहरुले टिका टिप्पणीसँगै शुभकामना मन्तव्य दिनुभएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्