शनिबार बेलुकी ४ माथिको दुई धक्का ! भूकम्पकोअझै त्रास!

शनिबार बेलुकी ४ माथिको दुई धक्का ! अझै त्रास!माेनिका विक / शनिबार भूकम्पको दुई धक्काको महसुस भएको छ । शनिबार बेलुकी ८ बजे पहिलो र त्यस लगत्तै अर्को धक्काको महसुस भएको हो ।सिन्धुपाल्चोक गुम्बा थेम्बाथान केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको पहिलो भूकम्प र करिब १५ मिनेटपछि पुन ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको महसुुस भएपछि सिन्धुपाल्चोकका स्थानीयहरु घरघरबाट सडकमा निस्केका थिए । शुक्रबार पनि सिन्धुपाल्चोकै जेठल केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।पटकपटक भूकम्प जान थालेपछि सिन्धुपाल्चोकमा पुन त्रास फैलिन थालेको छ । बिसौनीbisouni.com

नेकपा (विप्लव) समर्थित युवा संगठन नेपालले बुझायो ज्ञापनपत्र

चौतारा । सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव बीच भएको तीन वुँदे सहमति तत्काल कार्यान्वयन गर्न युवा संगठन नेपालले ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन युवा संगठन नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।युवा संगठन नेपाल, सिन्धुपाल्चोकका संयोजक सुमन श्रेष्ठले साहयक प्रमुख जिल्ला अधिकारी बाबुराम नेपाललाई बुधबार बुझाएको ज्ञापनपत्रमा राजनीतिक आस्थाको आधारमा लगाएका झुठ्ठा मुद्धाहरु तुरुन्तै खारेज गर्न, राजनीतिक आस्थाकै कारण बन्दी बनाएका आस्थाका बन्दीहरुलाई निसर्त रिहा गर्न र जनमत संग्रहका लागि उचित वातारण तयार गर्न माग गरिएको छ । २०७७ साल फागुन…

विद्यालयमा तामाङ भाषा बोलेको भन्दै प्रधानाध्यापकले गरे शिक्षिकामाथि दुरव्यवहार

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका १२ स्थित एक सामुदायिक विद्यालयमा कार्यरत दुई शिक्षिकालाई विद्यालय परिसरभित्र मातृभाषा बोलेको भन्दै प्रधानाध्यपकले गालीगलौच गरी अपमानजनक दुरव्यवहार गरेका छन् ।बाँसबारीस्थित श्री कालिका देवी माध्यमिक विद्यालयका शिक्षिक अनिता तामाङ र विमला तामाङलाई विद्यालय परिसरभित्र तामाङ भाषा बोलेको भन्दै शिक्षक कर्मचारी र विद्यार्थीहरुको बीच अपमानजनक रुपमा प्रधानाध्यपक निरजन गिरीले गालीगलौच गरेको शिक्षिका अनिता तामाङले बताइन् ।आफूहरुलाई विद्यालयमा सम्मानजन व्यवहार नभएकोे शिक्षिकाहरुले आरोप लगाएका छन्। ‘हामीले दुई चार शब्द मात्रै बोलेका थियौ’ तर प्रधानाध्यपकले अन्य शिक्षक शिक्षिका र विद्यार्थीहरुकै विच ‘यो विद्यालय हो तपाईहरुको घर होइन । यहाँ…

निशुल्क स्वास्थ्य शिविर सम्पन्न । ४५४ जनाले लिए सेवा

चौतारा । एकातिर दक्ष र विशेषज्ञ डाक्टरहरुको टोलि । अर्कोतिर सुविधा सम्पन्न ल्याब, एक्स रे अनि फिजियोथेरापी सेवा । मानौ एउटा सिंगो सुविधा सम्पन्न अस्पताल त्यहाँ सञ्चालन भइरहेको थियो । आफ्नै घर आँगनमै दक्ष डाक्टरसहित सुविधासहितको स्वास्थ्य सेवा निशुल्क लिन पाएपछि स्थानीयहरुको चाप पनि त्यतिक्कै बाक्लो देखिन्थ्यो । चौतारा साँगाचोकगढी नगरपालिका वडा ७ मेलचौरस्थित सामुदायिक भवनमा मंगलबार देखिएको दृष्य हो यो । यदपी त्यो कुनै सुविधा सम्पन्न वहिरंग अस्पताल थिएन् । परन्तु कुनै अस्पताल भन्दा कम पनि थिएन त्यहाँका सेवा र सुविधाहरु । आँखाका डक्टर विरामीका आँखा जाँच्न व्यस्त थिए…

बलेफी तेम्बाथान सडक खण्ड निर्माण सक्न आयोग सदस्य फुयालको निर्देशन

सिन्धुपाल्चोक, २२ भदौ, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले तोकिएको समयसिमा भित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनु भएको छ । सिन्धुपाल्चोकको बलेफी तेम्बाथान सडक खण्डको सोमबार स्थलगत निरिक्षण पछि फुयालले सडक निर्माण पक्षलाई निर्देशन दिनु भएको हो । आयोगका सदस्य फुयाल, सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठक, प्रेस विज्ञ श्रीधर न्यौपाने, संघीय सडक डिभिजन कार्यालय दोलखा र प्रादेसिक सडक डिभिजन कार्यालय खुर्कोटबाट खटिएका ईन्जिनियर एवं प्राविधिक सहितको टोलिले निर्माणाधिन सडकको विस्तृत निरिक्षण गरेको हो । अरनिको राजमार्ग अन्तरगतको बलेफी बजार देखि नौबिसे सडक…

हात थापेरै भए पनि गोल हान्ने दाउमा चौतारा स्पोर्टिङ क्लब

चौतारा । पूर्व तयारी देखि खेल समापन अवधिसम्म करिव दस लाख रुपैयाँ लाग्ने भएपछि यतिखेर चौतारा स्पोर्टिङ क्लव, चौतारालाई राष्टियस्तरको खेलमा सहभागि हुन पनि धौ धौ परिरहेको छ । सिन्धुपाल्चोकको फुटबल इतिहासमा पहिलोपटक जिल्लाबाट प्रतिनिधित्व गर्दै सि डिभिजन लिग छनौट प्रतियोयोगितामा सहभागिता जनाउदै गरेको चौतारा स्पोर्टिङ क्लबललाई आर्थिक अभावको कारण यो प्रतियोगिता फलामको चिउरा चपाउन सरह बन्दै गएको छ । रकम कताबाट जोहो गर्ने हो ? क्लबकका पदाधिकारीलाई चिन्ताले गाँज्न थालेको छ । फेरि पनि उनीहरुले आफ्नो हौसलालाई टुट्न दिएका छैनन् । हात थापेर, चन्दा उठाएरै भए पनि गोल हान्ने…

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना २ जना को मृत्यु , २४ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठोकर्पाबाट काठमाण्डौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गाडीले च्यापेर दुई जनाको मृत्यु भएको घटनास्थलबाट पत्रकार निरोज चौलागाईले जानकारी दिनु भयो । दुर्घटना परि २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।बा ३ ख ८०३० नम्बरको यात्रुवाहक बस सुनकोसी गाउँपालिकाको वडा न ३ मा दुर्घटना भएको हो । घाइते १५ जना धुलिखेल अस्पताल र ९ जना सदाबहार अस्पताल खाडीचौरमा उपचारार्थ पठाएको प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिनु भयो । गाडी सडकबाट करिब १५ मिटर तल खसेको थियो…

चौतारा साँगाचोकगढी  नगरपालिकाका १४ वटै वडाका युवा स्वरोजगार चौतारा साँगाचोकगढी  नगरपालिकाको १४ वटै वडामा युवा जनशक्तिले स्वरोजगार व्यवसाय सुरु गरेका छन् । चौतारा साँगाचोकगढी नगर र नेपाल बैंक लिमिटेडबीच काठमाडौंमा सम्झौता गरेर युवावर्गलाई स्वरोजगार बनाउने योजनाअनुसार युवाहरूले व्यवसाय सुरु गरेका हुन् ।  नगरपालिकाबाट एक करोड र बैंकबाट एक करोड जम्मा गरेर दुई करोडको स्वरोजगार कोष स्थापना गरिएको छ । स्वरोजगार बन्न चाहने युवा समूहले दुई प्रतिशत ब्याजमा १० लाखसम्म सहुलियत कर्जा प्राप्त गर्न सक्छन् । व्यक्तिगत रूपमा स्वरोजगार हुनेले पाँच लाख र समूहमा आए १० लाख ऋण दिने व्यवस्था मिलाइएको…

सिन्धुपाल्चोकको उत्तर पश्चिमी क्षेत्रको जनजीवन कष्टकर बन्दै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उत्तरी पश्चिमी भेगका १४ वटा पुल बाढीले बगाएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका पक्की र झोलुङ्गे गरि १४ वटा पुल बगाएपछि आवतजावतमा नै समस्या भएको हो । गत असार १ गते मेलम्ची र याङ्ग्री खोलामा आएको बाढीले १२ वटा पुल बगाएको थियो । हेलम्बु गाउँपालिकाकै लाइफ लाइनको रुपमा रहेको चनौटेस्थित रातो पुल र ग्याल्थुम रहेको पाल्चोक जोड्ने झोलुङ्गे पुल सावन १६ गते फेरि मेलम्ची खोलामा आएको बाढीले बगाएपछि अहिले हेलम्बु क्षेत्रको जनजीवन कष्टर बनेको छ । चनौटेको रातो…

क्रान्तिकारीको अध्यक्षमा रोशन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकले पछिल्लोपटक संगठन विस्तार र निर्माणलाई तीव्रता दिएको छ । सोही क्रममा आज सदरमूकामस्थित चौतारा बहुमुखी क्यम्पसको कमिटी गठन गरेको छ । जसको अध्यक्ष्मा रोशन भुजेल चयन भएका छन् । अखिल क्रान्तिकारी क्याम्पस कमिटीको पाँचौ सम्मेलनबाट उपाध्यक्षमा अमृत श्रेष्ठ, मन्जित तामाङ र निशा घिमिरे, सचिवमा रश्मिला खत्री, सहसचिवमा बिनोद नेपाली, दिनेश श्रेष्ठ र बिनिता श्रेष्ठ, त्यस्तै कोषाध्यक्षमा मनिका श्रेष्ठ निर्वाचित भएका छन् ।सम्मेलनले शिबहरी कार्की, सुदिप खत्री, दुर्गा कार्की, मुना तामाङ, सृजना उदास, अस्मिता आचार्य, मनिका दाहाल, सुष्मिता श्रेष्ठ, उदिषा श्रेष्ठ, सरस्वती नेपाली,…