सिन्धुपाल्चोक । दुई नगरपालिका र तीन गाउँपालिका जित्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकमा पहिलो पार्टी भएको छ । सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये नेपाली कांग्रेस एक्लैले बाह्रविसे, मेलम्ची नगरपालिकामा जित हासिल गरेको छ । त्यसैगरी भोटेकोशी, त्रिपुरासुन्दरी र हेलम्बु गाउँपालिका पनि कांग्रेसले जितेको छ । सुनकोशी, बलेफी र जुगल गाउँपालिकाको उपाध्यक्ष पनि नेपाली कांग्रेसले जितेको छ । सदरमुकाम चौतारासहित जुगल, बलेफी र लिसंखुपाखर गाउँपालिकाको प्रमुख जित्दै माओवादी केन्द्र सिन्धुपाल्चोकमा दोस्रो भएको छ । नेकपा एमालेले भने अघिल्लो चुनावको विरासतलाई पनि जोगाउन सकेन । एमालेले पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र सुनकोशी गाउँपालिका मात्रै…
Author: बिसौनी
पदभार ग्रहणकै भोलिपल्ट श्रमदानमा जुटे नवनिर्वाचित वडा अध्यक्ष गिरी
मोनिका विश्वकर्मा/चौतारा । वडा अध्यक्षको भदभार ग्रहण गरेकै भोलिपल्ट चौतारा साँगाचोकगढी नगरपालिका, वडा न ११ का वडा अध्यक्ष रोशन गिरी गाउँ विकासका लागि श्रमदानमा जोडिएका छन् ।झरी हुने वित्तिक्कै भलले सडक विगार्न थालेपछि शनिबार श्रमदानमार्फत नर्सरी कटुन्जे बाटोको भल कटाउने नाली मर्मतका लागि वडा अध्यक्ष गिरीको नेतृत्वमा झण्डै ५० जनाको स्थानीयहरु जुटेका हुन् ।हरेक महिनाको अन्तिम शनिबार, श्रमदानको संस्कार भन्ने नाराको साथ यसपटकका लागि झरेली अभियान सञ्चालन गरेको अध्यक्ष गिरीले बताए । श्रमदानले विकास निर्माणमा स्थानियमा अपनत्वको अनुभूति हुनका साथै सानातिना विकासनिर्माण लागि सरकारकै मुख ताक्ने प्रृवित्तिको पनि अन्त्य हुने…
सिन्धुपाल्चोकमा बस दुर्घटनाः ३५ जना घाइते
चौतारा । लिसंखुपाखरबाट काठमाण्डौं आउँदै गरेको बा २ ख ३२६४ नम्बरको रिर्जभ बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिक दुर्घटना भएको छ ।दुर्घटनामा परि ३५ जना सामान्य घाइते भएका छन् भने दुईजना गम्भीर घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल काभ्रेमा रिफर गरिएको छ । अन्यको खाडीचौर स्थित सदावहार अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।काठमाण्डौं धुलिखेल रुटमा सञ्चालन हुने सो यात्रुबाहक बस ब्रेक फेलका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । बिसौनीbisouni.com
किरियापुत्री भेटेर फर्कँदै गरेका मेयर तामाङ सिधै जेलमा
किरियापुत्री भेटेर फर्कँदै गरेका मेयर अमानसिं तामाङ सिधै जेलमाचौतारा । सायद कसैले कल्पनासमेत गरेका थिएनन् मेयर अमानसिं तामाङ जेल जान्छन् भनेर । महाअष्टमीको दिन सारा नेपाली दसैं मनाइरहेको बेला मेयर तामाङ भने एक्कासी जेल पुगेका हुन् ।ठूलोसिरुबारी र इर्खुका किरियापुत्री भेटेर समवेदना एवम् श्रद्धाञ्जली दिएर चौतारा फर्के लगत्तै मेयर तामाङ जिल्ला सदरमुकाम चौतारास्थित कारागारमा पुगेका हुन् ।तर मेयर तामाङ कुनै गल्ति वा आरोप लागेर जेल गएका भने होइनन् । कारागारमा रहेका कैदी वन्दीहरुको दसैं खबर बुझ्न, उनीहरुले झेल्दै गरेका समस्या समाधान गर्न र विजया दशमी लगायत चाडपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान…
सुनौलो विहानी अभियान सेमिफाइनमा प्रवेश
चौतारा ।चौतारा साँगाचोकगढी ७ , मेलचौरमा जारी मालिकादेवी कप फूटवल प्रतियोगिता अन्तर्गत शनिवार भएको दोस्रो खेलमा सुनौलो बिहानी अभियान सेमिफाइनलमा प्रवेश गरेको छ । मेलचौर युवा जागरण समाजलाई ३ – १ गोल अन्तरले पराजित गर्दै सुनौलो विहानी अभियान सेमिफाइनल प्रवेश गरेको हो। सुनौलोको लागि मुस्कान श्रेष्ठले २ र प्रकाश खत्रीले १ गोल गरे । मेलचौरका लागि एक मात्र गोल दिवश दंगालले गरे । म्यान अफ दि म्याच सुनौलो बिहानी अभियानका मुस्कान श्रेष्ठ घोषित भए। बिसौनीbisouni.com
मालिकादेवी कप ः मेलचौर र जल्किनी विजयी
चौतारा । प्रथम मालिकादेवी कप फूटवल प्रतियोगिता अन्तर्गतआज भएको पहिलो खेलमा मेलचौर युवा जागरण समाज विजयी भएको छ । रानीटार युवा क्लव र मेलचौर युवा जागरण समाजबीच भएको प्रतियोगितामा समाजले दुई गोलको अग्रतासहित विजयी भएको हो । समाजका खेलाडी आदर्श दंगाल र अभिषेक दंगालले एक एक गोल गरेका थिए भने रानीटार युवा क्लबले कुनै पनि गोल गर्न सकेन ।त्यस्तै जल्किने युथ क्लब र जुगल बोर्डिङ हाईस्कूलबीच भएको खेलमा जल्किने युथ क्लबले ४- ० अन्तरले विजयी भए ।क्लवका सिर्जन बोगटीले ह्याटिक गर्न सफल भए भने चौथो गोल क्लवका असिम राइले गरेका…
शनिबार बेलुकी ४ माथिको दुई धक्का ! भूकम्पकोअझै त्रास!
शनिबार बेलुकी ४ माथिको दुई धक्का ! अझै त्रास!माेनिका विक / शनिबार भूकम्पको दुई धक्काको महसुस भएको छ । शनिबार बेलुकी ८ बजे पहिलो र त्यस लगत्तै अर्को धक्काको महसुस भएको हो ।सिन्धुपाल्चोक गुम्बा थेम्बाथान केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको पहिलो भूकम्प र करिब १५ मिनेटपछि पुन ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको महसुुस भएपछि सिन्धुपाल्चोकका स्थानीयहरु घरघरबाट सडकमा निस्केका थिए । शुक्रबार पनि सिन्धुपाल्चोकै जेठल केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।पटकपटक भूकम्प जान थालेपछि सिन्धुपाल्चोकमा पुन त्रास फैलिन थालेको छ । बिसौनीbisouni.com
नेकपा (विप्लव) समर्थित युवा संगठन नेपालले बुझायो ज्ञापनपत्र
चौतारा । सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव बीच भएको तीन वुँदे सहमति तत्काल कार्यान्वयन गर्न युवा संगठन नेपालले ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन युवा संगठन नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।युवा संगठन नेपाल, सिन्धुपाल्चोकका संयोजक सुमन श्रेष्ठले साहयक प्रमुख जिल्ला अधिकारी बाबुराम नेपाललाई बुधबार बुझाएको ज्ञापनपत्रमा राजनीतिक आस्थाको आधारमा लगाएका झुठ्ठा मुद्धाहरु तुरुन्तै खारेज गर्न, राजनीतिक आस्थाकै कारण बन्दी बनाएका आस्थाका बन्दीहरुलाई निसर्त रिहा गर्न र जनमत संग्रहका लागि उचित वातारण तयार गर्न माग गरिएको छ । २०७७ साल फागुन…
विद्यालयमा तामाङ भाषा बोलेको भन्दै प्रधानाध्यापकले गरे शिक्षिकामाथि दुरव्यवहार
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका १२ स्थित एक सामुदायिक विद्यालयमा कार्यरत दुई शिक्षिकालाई विद्यालय परिसरभित्र मातृभाषा बोलेको भन्दै प्रधानाध्यपकले गालीगलौच गरी अपमानजनक दुरव्यवहार गरेका छन् ।बाँसबारीस्थित श्री कालिका देवी माध्यमिक विद्यालयका शिक्षिक अनिता तामाङ र विमला तामाङलाई विद्यालय परिसरभित्र तामाङ भाषा बोलेको भन्दै शिक्षक कर्मचारी र विद्यार्थीहरुको बीच अपमानजनक रुपमा प्रधानाध्यपक निरजन गिरीले गालीगलौच गरेको शिक्षिका अनिता तामाङले बताइन् ।आफूहरुलाई विद्यालयमा सम्मानजन व्यवहार नभएकोे शिक्षिकाहरुले आरोप लगाएका छन्। ‘हामीले दुई चार शब्द मात्रै बोलेका थियौ’ तर प्रधानाध्यपकले अन्य शिक्षक शिक्षिका र विद्यार्थीहरुकै विच ‘यो विद्यालय हो तपाईहरुको घर होइन । यहाँ…
निशुल्क स्वास्थ्य शिविर सम्पन्न । ४५४ जनाले लिए सेवा
चौतारा । एकातिर दक्ष र विशेषज्ञ डाक्टरहरुको टोलि । अर्कोतिर सुविधा सम्पन्न ल्याब, एक्स रे अनि फिजियोथेरापी सेवा । मानौ एउटा सिंगो सुविधा सम्पन्न अस्पताल त्यहाँ सञ्चालन भइरहेको थियो । आफ्नै घर आँगनमै दक्ष डाक्टरसहित सुविधासहितको स्वास्थ्य सेवा निशुल्क लिन पाएपछि स्थानीयहरुको चाप पनि त्यतिक्कै बाक्लो देखिन्थ्यो । चौतारा साँगाचोकगढी नगरपालिका वडा ७ मेलचौरस्थित सामुदायिक भवनमा मंगलबार देखिएको दृष्य हो यो । यदपी त्यो कुनै सुविधा सम्पन्न वहिरंग अस्पताल थिएन् । परन्तु कुनै अस्पताल भन्दा कम पनि थिएन त्यहाँका सेवा र सुविधाहरु । आँखाका डक्टर विरामीका आँखा जाँच्न व्यस्त थिए…
