चौतारा । प्रथम मालिकादेवी कप फूटवल प्रतियोगिता अन्तर्गतआज भएको पहिलो खेलमा मेलचौर युवा जागरण समाज विजयी भएको छ । रानीटार युवा क्लव र मेलचौर युवा जागरण समाजबीच भएको प्रतियोगितामा समाजले दुई गोलको अग्रतासहित विजयी भएको हो । समाजका खेलाडी आदर्श दंगाल र अभिषेक दंगालले एक एक गोल गरेका थिए भने रानीटार युवा क्लबले कुनै पनि गोल गर्न सकेन ।
त्यस्तै जल्किने युथ क्लब र जुगल बोर्डिङ हाईस्कूलबीच भएको खेलमा जल्किने युथ क्लबले ४- ० अन्तरले विजयी भए ।
क्लवका सिर्जन बोगटीले ह्याटिक गर्न सफल भए भने चौथो गोल क्लवका असिम राइले गरेका थिए
मालिकादेवी कप ः मेलचौर र जल्किनी विजयी
