चौतारा । लिसंखुपाखरबाट काठमाण्डौं आउँदै गरेको बा २ ख ३२६४ नम्बरको रिर्जभ बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिक दुर्घटना भएको छ ।
दुर्घटनामा परि ३५ जना सामान्य घाइते भएका छन् भने दुईजना गम्भीर घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल काभ्रेमा रिफर गरिएको छ । अन्यको खाडीचौर स्थित सदावहार अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौं धुलिखेल रुटमा सञ्चालन हुने सो यात्रुबाहक बस ब्रेक फेलका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोकमा बस दुर्घटनाः ३५ जना घाइते
