मोनिका विश्वकर्मा/चौतारा । वडा अध्यक्षको भदभार ग्रहण गरेकै भोलिपल्ट चौतारा साँगाचोकगढी नगरपालिका, वडा न ११ का वडा अध्यक्ष रोशन गिरी गाउँ विकासका लागि श्रमदानमा जोडिएका छन् ।
झरी हुने वित्तिक्कै भलले सडक विगार्न थालेपछि शनिबार श्रमदानमार्फत नर्सरी कटुन्जे बाटोको भल कटाउने नाली मर्मतका लागि वडा अध्यक्ष गिरीको नेतृत्वमा झण्डै ५० जनाको स्थानीयहरु जुटेका हुन् ।
हरेक महिनाको अन्तिम शनिबार, श्रमदानको संस्कार भन्ने नाराको साथ यसपटकका लागि झरेली अभियान सञ्चालन गरेको अध्यक्ष गिरीले बताए । श्रमदानले विकास निर्माणमा स्थानियमा अपनत्वको अनुभूति हुनका साथै सानातिना विकासनिर्माण लागि सरकारकै मुख ताक्ने प्रृवित्तिको पनि अन्त्य हुने अध्यक्ष गिरीको भनाई छ ।
हुन पनि केही वर्ष पहिलासम्म गाउँमा विकास निर्माणका लागि श्रमदानको महत्वपूर्ण भूमिका रहने गथ्र्यो । बाटाघाटा निर्माण लगायतका पूर्वाधार विकासको काममा स्थानीयहरु लामवद्ध नै हुने चलन थियो भने पछिल्लो केही वर्षयता भने श्रमदानको संस्कार हराउँदै गएको छ । जसले गर्दा पूर्वाधारको विकासमा स्थानीयहरुको प्रत्यक्ष सहभागिता नहुनका साथै विकास निर्माणमा अपनत्व पनि हराउँदै गइरहेको छ ।
त्यही श्रमदानको संस्कारलाई पुनर्ताजकी गर्दै हरेका महिनाको अन्तिम शनिबार १ घण्टा भए पनि श्रमदानमार्फत गाउँका सानातिना समस्या हल हुने विश्वास नवनिर्वाचित वडा अध्यक्ष गिरीको छ ।