राष्ट्रिय क्रिकेटरको पारिश्रमिक बृद्धि गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ । सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो । सुरुमा ए बी र सी ग्रेडका खेलाडीले क्रमस: २५, १५ र १० हजार पारिश्रमिक दिइएको थियो । समयअनुसार पारिश्रमिक बढाउँदै लगेको क्यानको पछिल्लो निर्णयपछि नेपाली टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार पुगेको छ । बी र सी ग्रेडका खेलाडीले क्रमस: ५०…
Author: बिसौनी
चौतारा क्याम्पसले दियो नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई
चौतारा क्याम्पसले दियो नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ।चौतरा । सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पस चौताराले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र १४ वटा वडाका वडा अध्यक्षहरुलाई आज चौतारा क्याम्पसमा बधाई तथा शुभकामना दिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटा देशबन्धुले नगरपालिकाले गर्ने कुनै पनि सहयोग र समन्वय त्यो सधैं रहिरहने र थप सहयोग जुटाउनका प्रदेश र संघमा अधिकतम प्रयास गरिने र सबैले सो का लागि हातेमालो गर्न अनुरोध गरेमेयर सापकोटाले सिङ्गो नगरलाई शैक्षिक हबको रुप…
आपतकालीन कार्य सञ्चालन केन्द्र सिन्धुपाल्चोकलाई प्रविधिक सामाग्री हस्तान्तरण
आपतकालीन कार्य सञ्चालन केन्द्र सिन्धुपाल्चोकलाई प्रविधिक सामाग्री हस्तान्तरणजीवन श्रेष्ठ, सिन्धुपाल्चोक । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र ( डिओइसी ) सिन्धुपाल्चोकलाई प्रविधिक सामाग्री हस्तान्तरण गरिएको छ ।बागमति प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका साचिव रुद्रसिं तामाङले आज एक कार्यक्रमबीच करिव ४ लाख मूल्य बराबरको प्राविधिक सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई हस्तान्तरण गर्नु भएको हो ।मन्त्रालयले स्मार्ट टेलिभिजन, कम्प्युटर, प्रोजेक्टर लगायतका सामाग्रीहरु हस्तारण गरेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनु भयो ।आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमति प्रदेशको आयोजनामा र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा आज भएको विपद व्यवस्थापन प्रगति…
उत्पादनमुखी निर्णय गरेर उदारहणीय बने लिसंखुपाखरका अध्यक्ष राजु लामा
चौतारा । निर्वाचित भएर पदभार ग्रहण गरे लगत्तै अधिकाँश पालिका प्रमुखहरुले वितरणमुखी निर्णयहरु गर्न थालेका छन् । कतै ६० वर्ष कटेका विदुरहरुलाई भत्ता दिने त कतै एकल पुरुषहरुलाई भत्ता दिने, त कतै अविहित महिला र किरियापुत्रीलाई भत्ता दिने निर्णय गर्न थालेका हुन् । वितरणमुखी निर्णयले लोकप्रियता हासिल गर्ने भएकोले अधिकाँश नवनिर्वाचित स्थानीय सरकार प्रमुखहरु लालयित हुँदै यस्ता निर्णय गरे पनि सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु लामाले भने उत्पादनमुखी निर्णय गरेर उदारहणीय बनेका छन् । वितरमुखी निर्णय गरेर लोकप्रियता कमाउनु भन्दा रोजगार र आयआर्जनमार्फत पालिकालाई समृद्ध बनउाने उदेश्यले अध्यक्ष लामाले…
एमालेको प्रतिनिधिले मतपत्र पट्याउन थालेपछि भरतपुरको मत गणना स्थगित
चितवन । नेकपा एमालेका प्रताप नाम गरेका प्रतिनिधि गणनास्थलमै गएर मतपत्र पट्याउन थालेपछि विवाद भएर भरतपुरकाे मत गणना रोकिएको छ। गणनास्थलमा एमालेले पठाएका प्रतिनिधि कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। एमाले चितवनले भने आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ। एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले आफ्नो प्रतिनिधि नियतवश नभई झुक्किएर प्रवेश गरेको दाबी गरेका छन्। ‘यो ठूलो इस्यु होइन। नियतशव होइन झुक्किएर गएको हो,’ उनले भने। अहिले…
दस हजार मतले रेनु दाहालको अग्रता
जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् । उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ ।यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८…
अर्थतन्त्र सबलीकरणका लागि बजेट
३ जेठमा संघीय संसदका दुवै सदनमा बिनियोजन विद्येयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेश भएपछि माननीय सदस्यहरुले अत्यन्त गम्भिरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरुमा आफ्नो बिचार र सुझावहरु राख्नुभएको छ । यी सबै बिचार र सुझावलाई मैले आगामी बजेटको मार्गनिर्देशनका रुपमा लिएको छु ।बिनियोजन विद्येयकका बिषयमा अलि ढिला गरी छलफल भयो । किनभने हामी सबै स्थानीय निर्वाचनको परिस्थितिमा थियौं । यहीं निर्वाचनकै कारण छोटो समयमा बजेट बनाउनुपर्ने आवश्यकता पनि छ । विषयगत क्षेत्रका विज्ञ र सरोकारवालाहरु, सर्वसाधाण र संघीय संसदका दवै सदनबाट उठेको सबै बिषयहरुलाई सम्बोधन गर्नुपर्ने पनि जरुरी छ…
बाह्र बजेसम्म पनि बालेनकै वर्चस्व
काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबार दिउँसो १२ बजेसम्म १ लाख ६ हजार ५ सय १६ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म काठमाडौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहनुभएको छ ।उहाँले ३८ हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २१ हजार ५ सय ३८ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २० हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ । बिसौनीbisouni.com
सिन्धुमा १ लाख ६३ हजार जनाले गरे राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता
मोनिका विक/ चौतारा, राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा १ लाख ६३ हजार ४ सय ४३ जना सेवाग्राहीले सेवा पाएका छन् ।गएको मंसिर २ गतेबाट जिल्लाको १२ वटा पालिकाको १०३ वटै वडामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सञ्चालन भएको थियो ।अभियान अन्तर्गत लक्ष्यभन्दा तीन प्रतिशत बढी विवरण दर्ता भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनु भयो । उहाँका अनुसार सबै भन्दा कम भोटेकोसी गाउँपालिकाबाट ६ हजार ८ सय ४८ र सबैभन्दा बढी मेलम्ची नगरपालिकाबाट २४ हजार ६ सय ३५ जना सेवाग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता…
घोषणापत्र अनुरुप अगाडी बढ्दै मेयर कृष्णप्रसाद सापकोटा
चौतारा । जिविकोपार्जनमार्फत नगरलाई समृद्ध बनाउने प्रतिवद्धतासहित चुनावी महासंग्राममा होमिएका चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा देशवन्धुले पदभार ग्रहणकै दिनबाट घोषणापत्रमा उल्लेखित प्रतिवद्धताहरुलाई कार्यान्वय गर्न थालेका छन् ।नगरबासीहरुको आर्थिक अवस्थामा सुधार नआएसम्म समृद्ध नगरको सपना साकार हुन नसक्ने भन्दै मेयर सापकोटाले कृषि क्षेत्रसँग जोडिएर नगरबासीको जीविकोपार्जनमा सुधार ल्याउनु आफ्नो पहिलो कर्तव्य भएको बताउनु भएको छ । आफू मेयर भएपछिको पहिलो प्राथमिकता स्वास्थ्य, जिविकोपार्जन र शिक्षा रहेको उल्लेख गर्दै नगरबासीको स्वास्थ्य विमा गर्ने नीतिगत निर्णय गरेको जानकारी दिए । हाललाई द्वन्द्वपीडित, अल्पसंख्यक, सीमान्तकृत,दीर्घरोगी र निम्न आय भएका नगरबासीहरुको नगरपालिकाको खर्चमा अनिवार्य…
