अर्थतन्त्र सबलीकरणका लागि बजेट

३ जेठमा संघीय संसदका दुवै सदनमा बिनियोजन विद्येयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेश भएपछि माननीय सदस्यहरुले अत्यन्त गम्भिरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरुमा आफ्नो बिचार र सुझावहरु राख्नुभएको छ । यी सबै बिचार र सुझावलाई मैले आगामी बजेटको मार्गनिर्देशनका रुपमा लिएको छु ।बिनियोजन विद्येयकका बिषयमा अलि ढिला गरी छलफल भयो । किनभने हामी सबै स्थानीय निर्वाचनको परिस्थितिमा थियौं । यहीं निर्वाचनकै कारण छोटो समयमा बजेट बनाउनुपर्ने आवश्यकता पनि छ । विषयगत क्षेत्रका विज्ञ र सरोकारवालाहरु, सर्वसाधाण र संघीय संसदका दवै सदनबाट उठेको सबै बिषयहरुलाई सम्बोधन गर्नुपर्ने पनि जरुरी छ…

बाह्र बजेसम्म पनि बालेनकै वर्चस्व

काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबार दिउँसो १२ बजेसम्म १ लाख ६ हजार ५ सय १६ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म काठमाडौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहनुभएको छ ।उहाँले ३८ हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २१ हजार ५ सय ३८ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २० हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ । बिसौनीbisouni.com

सिन्धुमा १ लाख ६३ हजार जनाले गरे राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता

मोनिका विक/ चौतारा, राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा १ लाख ६३ हजार ४ सय ४३ जना सेवाग्राहीले सेवा पाएका छन् ।गएको मंसिर २ गतेबाट जिल्लाको १२ वटा पालिकाको १०३ वटै वडामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सञ्चालन भएको थियो ।अभियान अन्तर्गत लक्ष्यभन्दा तीन प्रतिशत बढी विवरण दर्ता भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनु भयो । उहाँका अनुसार सबै भन्दा कम भोटेकोसी गाउँपालिकाबाट ६ हजार ८ सय ४८ र सबैभन्दा बढी मेलम्ची नगरपालिकाबाट २४ हजार ६ सय ३५ जना सेवाग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता…

घोषणापत्र अनुरुप अगाडी बढ्दै मेयर कृष्णप्रसाद सापकोटा

चौतारा । जिविकोपार्जनमार्फत नगरलाई समृद्ध बनाउने प्रतिवद्धतासहित चुनावी महासंग्राममा होमिएका चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा देशवन्धुले पदभार ग्रहणकै दिनबाट घोषणापत्रमा उल्लेखित प्रतिवद्धताहरुलाई कार्यान्वय गर्न थालेका छन् ।नगरबासीहरुको आर्थिक अवस्थामा सुधार नआएसम्म समृद्ध नगरको सपना साकार हुन नसक्ने भन्दै मेयर सापकोटाले कृषि क्षेत्रसँग जोडिएर नगरबासीको जीविकोपार्जनमा सुधार ल्याउनु आफ्नो पहिलो कर्तव्य भएको बताउनु भएको छ । आफू मेयर भएपछिको पहिलो प्राथमिकता स्वास्थ्य, जिविकोपार्जन र शिक्षा रहेको उल्लेख गर्दै नगरबासीको स्वास्थ्य विमा गर्ने नीतिगत निर्णय गरेको जानकारी दिए । हाललाई द्वन्द्वपीडित, अल्पसंख्यक, सीमान्तकृत,दीर्घरोगी र निम्न आय भएका नगरबासीहरुको नगरपालिकाको खर्चमा अनिवार्य…

सिन्धुपाल्चोकमा पाँच पालिका जितेर कांग्रेस बन्यो पहिलो पार्टी, एमाले तेस्रोमा खुम्चियो

सिन्धुपाल्चोक । दुई नगरपालिका र तीन गाउँपालिका जित्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकमा पहिलो पार्टी भएको छ । सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये नेपाली कांग्रेस एक्लैले बाह्रविसे, मेलम्ची नगरपालिकामा जित हासिल गरेको छ । त्यसैगरी भोटेकोशी, त्रिपुरासुन्दरी र हेलम्बु गाउँपालिका पनि कांग्रेसले जितेको छ । सुनकोशी, बलेफी र जुगल गाउँपालिकाको उपाध्यक्ष पनि नेपाली कांग्रेसले जितेको छ । सदरमुकाम चौतारासहित जुगल, बलेफी र लिसंखुपाखर गाउँपालिकाको प्रमुख जित्दै माओवादी केन्द्र सिन्धुपाल्चोकमा दोस्रो भएको छ । नेकपा एमालेले भने अघिल्लो चुनावको विरासतलाई पनि जोगाउन सकेन । एमालेले पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र सुनकोशी गाउँपालिका मात्रै…

पदभार ग्रहणकै भोलिपल्ट श्रमदानमा जुटे नवनिर्वाचित वडा अध्यक्ष गिरी

मोनिका विश्वकर्मा/चौतारा । वडा अध्यक्षको भदभार ग्रहण गरेकै भोलिपल्ट चौतारा साँगाचोकगढी नगरपालिका, वडा न ११ का वडा अध्यक्ष रोशन गिरी गाउँ विकासका लागि श्रमदानमा जोडिएका छन् ।झरी हुने वित्तिक्कै भलले सडक विगार्न थालेपछि शनिबार श्रमदानमार्फत नर्सरी कटुन्जे बाटोको भल कटाउने नाली मर्मतका लागि वडा अध्यक्ष गिरीको नेतृत्वमा झण्डै ५० जनाको स्थानीयहरु जुटेका हुन् ।हरेक महिनाको अन्तिम शनिबार, श्रमदानको संस्कार भन्ने नाराको साथ यसपटकका लागि झरेली अभियान सञ्चालन गरेको अध्यक्ष गिरीले बताए । श्रमदानले विकास निर्माणमा स्थानियमा अपनत्वको अनुभूति हुनका साथै सानातिना विकासनिर्माण लागि सरकारकै मुख ताक्ने प्रृवित्तिको पनि अन्त्य हुने…

सिन्धुपाल्चोकमा बस दुर्घटनाः ३५ जना घाइते

bus accident

चौतारा । लिसंखुपाखरबाट काठमाण्डौं आउँदै गरेको बा २ ख ३२६४ नम्बरको रिर्जभ बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिक दुर्घटना भएको छ ।दुर्घटनामा परि ३५ जना सामान्य घाइते भएका छन् भने दुईजना गम्भीर घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल काभ्रेमा रिफर गरिएको छ । अन्यको खाडीचौर स्थित सदावहार अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।काठमाण्डौं धुलिखेल रुटमा सञ्चालन हुने सो यात्रुबाहक बस ब्रेक फेलका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । बिसौनीbisouni.com

किरियापुत्री भेटेर फर्कँदै गरेका मेयर तामाङ सिधै जेलमा

किरियापुत्री भेटेर फर्कँदै गरेका मेयर अमानसिं तामाङ सिधै जेलमाचौतारा । सायद कसैले कल्पनासमेत गरेका थिएनन् मेयर अमानसिं तामाङ जेल जान्छन् भनेर । महाअष्टमीको दिन सारा नेपाली दसैं मनाइरहेको बेला मेयर तामाङ भने एक्कासी जेल पुगेका हुन् ।ठूलोसिरुबारी र इर्खुका किरियापुत्री भेटेर समवेदना एवम् श्रद्धाञ्जली दिएर चौतारा फर्के लगत्तै मेयर तामाङ जिल्ला सदरमुकाम चौतारास्थित कारागारमा पुगेका हुन् ।तर मेयर तामाङ कुनै गल्ति वा आरोप लागेर जेल गएका भने होइनन् । कारागारमा रहेका कैदी वन्दीहरुको दसैं खबर बुझ्न, उनीहरुले झेल्दै गरेका समस्या समाधान गर्न र विजया दशमी लगायत चाडपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान…

सुनौलो विहानी अभियान सेमिफाइनमा प्रवेश

चौतारा ।चौतारा साँगाचोकगढी ७ , मेलचौरमा जारी मालिकादेवी कप फूटवल प्रतियोगिता अन्तर्गत शनिवार भएको दोस्रो खेलमा सुनौलो बिहानी अभियान सेमिफाइनलमा प्रवेश गरेको छ । मेलचौर युवा जागरण समाजलाई ३ – १ गोल अन्तरले पराजित गर्दै सुनौलो विहानी अभियान सेमिफाइनल प्रवेश गरेको हो। सुनौलोको लागि मुस्कान श्रेष्ठले २ र प्रकाश खत्रीले १ गोल गरे । मेलचौरका लागि एक मात्र गोल दिवश दंगालले गरे । म्यान अफ दि म्याच सुनौलो बिहानी अभियानका मुस्कान श्रेष्ठ घोषित भए। बिसौनीbisouni.com

मालिकादेवी कप ः मेलचौर र जल्किनी विजयी

चौतारा । प्रथम मालिकादेवी कप फूटवल प्रतियोगिता अन्तर्गतआज भएको पहिलो खेलमा मेलचौर युवा जागरण समाज विजयी भएको छ । रानीटार युवा क्लव र मेलचौर युवा जागरण समाजबीच भएको प्रतियोगितामा समाजले दुई गोलको अग्रतासहित विजयी भएको हो । समाजका खेलाडी आदर्श दंगाल र अभिषेक दंगालले एक एक गोल गरेका थिए भने रानीटार युवा क्लबले कुनै पनि गोल गर्न सकेन ।त्यस्तै जल्किने युथ क्लब र जुगल बोर्डिङ हाईस्कूलबीच भएको खेलमा जल्किने युथ क्लबले ४- ० अन्तरले विजयी भए ।क्लवका सिर्जन बोगटीले ह्याटिक गर्न सफल भए भने चौथो गोल क्लवका असिम राइले गरेका…