सुनौलो विहानी अभियान सेमिफाइनमा प्रवेश

No description available.

चौतारा ।चौतारा साँगाचोकगढी ७ , मेलचौरमा जारी मालिकादेवी कप फूटवल प्रतियोगिता अन्तर्गत शनिवार भएको दोस्रो खेलमा सुनौलो बिहानी अभियान सेमिफाइनलमा प्रवेश गरेको छ । मेलचौर युवा जागरण समाजलाई ३ – १ गोल अन्तरले पराजित गर्दै सुनौलो विहानी अभियान सेमिफाइनल प्रवेश गरेको हो। सुनौलोको लागि मुस्कान श्रेष्ठले २ र प्रकाश खत्रीले १ गोल गरे । मेलचौरका लागि एक मात्र गोल दिवश दंगालले गरे । म्यान अफ दि म्याच सुनौलो बिहानी अभियानका मुस्कान श्रेष्ठ घोषित भए।

सिफारिस

प्रतिकृया दिनुहोस्