विद्यालयमा तामाङ भाषा बोलेको भन्दै प्रधानाध्यापकले गरे शिक्षिकामाथि दुरव्यवहार

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका १२ स्थित एक सामुदायिक विद्यालयमा कार्यरत दुई शिक्षिकालाई विद्यालय परिसरभित्र मातृभाषा बोलेको भन्दै प्रधानाध्यपकले गालीगलौच गरी अपमानजनक दुरव्यवहार गरेका छन् ।
बाँसबारीस्थित श्री कालिका देवी माध्यमिक विद्यालयका शिक्षिक अनिता तामाङ र विमला तामाङलाई विद्यालय परिसरभित्र तामाङ भाषा बोलेको भन्दै शिक्षक कर्मचारी र विद्यार्थीहरुको बीच अपमानजनक रुपमा प्रधानाध्यपक निरजन गिरीले गालीगलौच गरेको शिक्षिका अनिता तामाङले बताइन् ।
आफूहरुलाई विद्यालयमा सम्मानजन व्यवहार नभएकोे शिक्षिकाहरुले आरोप लगाएका छन्। ‘हामीले दुई चार शब्द मात्रै बोलेका थियौ’ तर प्रधानाध्यपकले अन्य शिक्षक शिक्षिका र विद्यार्थीहरुकै विच ‘यो विद्यालय हो तपाईहरुको घर होइन । यहाँ तामाङ भाषा बोल्न पाइदैन । बोल्ने भए घर जानुस भनेर गालि गरेको शिक्षिका विमला तामाङले बताइन् । प्रधानाध्यापक गिरीले आफूहरुको आत्मसम्मानमा ठेस पुर्याएको र सारा जनजातिमाथि अपमान गरेको शिक्षिका तामाङको भनाई छ ।
भाषाको बहाना बनाएर पटक पटक मानसिक तनाब दिने, बैठकमा पनि जे गर्न सक्छस् गर भनेर धम्की दिने, मातृभाषालाई बन्देज लगाएर आफूलाई अपमान र अपहेलना गरेको शिक्षिकाहरुको आरोप छ ।

विद्यायमै रहँदा पनि कहिलेकहीँ व्यत्तिगत समस्या हुन्छ । सबैलाई सुनाउन नहुने कुरामा पनि हुन्छ, कारण बस एकआपसमा मातृभाषाले कुरा गर्नु पर्दा जातित्व माथिनै प्रहार गरी व्यवहार गरेको शिक्षिका तामाङले बताइन्।
आफ्नो भाषा जहाँ पनि बोल्न पाइन्छ तर पनि स्कुलको नियम हो हामीले पालाना गर्दै आएका थियौ तर पटक पटक एउटै विषयलाई लिएर प्रधानाध्यपकले मानसिक तनाब दिने काम गरेको शिक्षिकाहरुले बताइन् ।

प्रधानाध्यापक निरजन गिरी

यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम तामाङसंग फोन सम्पर्क गर्दा उनको फोन उठेन् ।
यसैबीच सो घटनालाई लिएर तामाङ विद्यार्थी घेदुङको खबरदारी सहित विज्ञप्ती जारी गरेको छ ।
सरकारले मातृभाषा शिक्षा पठनपाठन गर्न स्विकृति दिएको जिल्लामा मातृभाषा बोलेकै विषयलाई विद्यालयले दुई शिक्षिकालाई गरेको व्यवहार खेदजनक भएको भन्दै नेपाल तामाङ विद्यार्थी घेदुङ नेपालले विज्ञप्ती निकालेको हो ।
शैक्षिक अन्दोलन र सामाजिक परिवर्तनका लागि क्रियाशिल रहेको गैर राजनितिक तथा तामाङ जातिको शैक्षिक,भाषिक,सामाजिक,सास्कृतिक अधिकार स्थापित गर्न निरन्तर क्रियाशिल नेपाल तामाङ विद्यार्थी घेदुङले यो घटनाको भत्सर्ना गर्नका साथै खवरदारी गरेको छ ।
नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धि हक र धारा ३२ को भाषा तथा सास्कृतिक हक अनुसार राज्यको प्रत्येक नागारिकले आफ्नो मातृभाषमा शिक्षा आर्जन गर्न,पठनपाठन गर्न पाउने व्यवस्था छ । सो अनुरुप नेपाल सरकारले भाषा आयोगको सहकार्यमा मातृभाषा शिक्षालाई कार्यान्वयन गर्न नेपाल तामाङ घेदुङले पनि तामाङ भाषाको पाठ्यक्रम निर्माण गरि पठनपाठन सुरु गर्दै आएको विज्ञप्तीमा उल्लेख छ ।

No description available.

सामुयिक विद्यालयमा पठन पाठनका लागि स्विकृत गरेको जिल्लामा विद्यालयले कसैको मातृभाषामा हुकुम चलाउन नपाउने घेदुङका अध्यक्ष दिनेश लो ले बताए । देशभरिका सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा लागु गराउन र तामाङ जातिको शैक्षिक,सास्कृति हक अधिकारको विषयम विद्यालय गम्भिर भएर सोच्न घेदुङले आग्रह गरेको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्