शनिबार बेलुकी ४ माथिको दुई धक्का ! अझै त्रास!
माेनिका विक / शनिबार भूकम्पको दुई धक्काको महसुस भएको छ । शनिबार बेलुकी ८ बजे पहिलो र त्यस लगत्तै अर्को धक्काको महसुस भएको हो ।
सिन्धुपाल्चोक गुम्बा थेम्बाथान केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको पहिलो भूकम्प र करिब १५ मिनेटपछि पुन ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको महसुुस भएपछि सिन्धुपाल्चोकका स्थानीयहरु घरघरबाट सडकमा निस्केका थिए । शुक्रबार पनि सिन्धुपाल्चोकै जेठल केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
पटकपटक भूकम्प जान थालेपछि सिन्धुपाल्चोकमा पुन त्रास फैलिन थालेको छ ।
शनिबार बेलुकी ४ माथिको दुई धक्का ! भूकम्पकोअझै त्रास!
