अवैद्य सिसौको काठ सहित ४ जना पक्राउ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अवैघ सिसौको काठसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईन्द्रावति गाउँपालिका वडा न १२ बस्ने वर्ष ५० कि पार्वती दनुवार, वर्ष ६० कि ठुलीमाया दनुवार, वर्ष ५० कि सानुकान्छी दनुवार र वर्ष ३१ को कान्छामान दनुवार रहेका छन् ।ईन्द्रावति गाँउपालिका वडा नं १२, भेडिचौर चालेचार्पा स्थितमा सिसौ जातको काठ अवैद्य रुपमा ओसारपसार भई रहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न साईजका सिसौ जातको काठ बरामद गर्नुका साथै संलग्न ४ जनालाई पनि…
Author: बिसौनी
वडाध्यक्षले तलबको रकमबाट विद्यालयलाई दिए कम्प्युटर
बाह्रबिसे नगरपालिका वडा ८ का अध्यक्ष विमलप्रसाद पौड्यालले आफ्नो तलबभत्ताबापत पाउने रकमले वडाभरका विद्यालयलाई कम्प्युटर, प्रिन्टर लगायत सामग्री सहयोग गरेका छन् । मासिक रुपमा आहिलेसम्म पाएको तलबभत्ता एक लाख ६० हजारमा अपुग रकम थपेर वडाध्यक्ष पौड्यालले आहिलेसम्म एउटा माध्यमिक र तीन आधारभूत विद्यालयलाई यस्ता प्रविधिका सामग्री किनिदिएका हुन् । निर्वाचनअघि नै आफूले गरेको प्रतिबद्धता अनुरुप अहिले सहयोग गरेको उनले बताएका छन् । ‘मासिक रुपमा मैले पाउने २० हजार हो, त्यही जम्मा पारेँ, अपुग रकम थपेँ अनि सबै विद्यालयमा कम्प्युटर दिने लक्ष्यसहित वितरणमा लागिरहेको छु,’ पौड्यालले भने । उनका अनुसार बाह्रबिसे नगर ८ मा एउटा…
लिसंखुपाखर बन्यो फ्रि वाईफाई पालिका
लिसंखुपाखर बन्यो फ्रि वाईफाई पालिकाजिल्लाकै विकट मानिने लिसंखुपाखर गाउँपालिकामा फ्रि वाइफाइ सेवा सुरु भएको छ ।गाउँपालिकाको पहलमा फ्रि वाईफाई सेवा प्रारम्भ भएको हो ।पालिकास्थित संपूर्ण वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत संपूर्ण सरकारी कार्यालयहरुमा फ्रि वाइफाइ जडान कार्य सम्पन्न भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।निर्वाचनको ताका आफूले गाउँपालिकालाई फ्रि वाईफाई पालिका बनाउने प्रतिवद्धता अनुसार आफू सफल भएकोमा पालिका अध्यक्ष राजु लामाले खुशी व्यक्त गर्नु भयो ।उहाँले सबै निकायलमा फ्रि वाइफाइ जडान भएको जानकारी दिंदै खासगरि फ्रि वाइफाइको सही सदुपयोग गरि शिक्षा क्षेत्रमा मल्टिमिडियाको प्रयोगसँगै विद्यालयको शैक्षिक सुधारमा विशेष ध्यान दिन…
मान्द्रा बुनेर आम्दानी गर्दै
मान्द्रा बुनेर आम्दानी गर्दैजीवन श्रेष्ठ, सिन्धुपाल्चोक । उमेरले ७० कटेका फुर्बा ग्याल्बो शेर्पा हिजोआज मान्द्रा बुन्नमा नै व्यस्त हुनुहुन्छ । जिल्लाकै विकट मानिने सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा न १ लामिडाँडाका शेर्पा विगत एक महिनादेखि मान्द्रा बुन्न व्यस्त रहनु भएको छ । घरमा नै आएर किसानहरुले मान्द्रा किन्न थालेपछि उहाँको व्यस्तता चुलिएको हो । मान्द्रा विक्री गरेर उहाँले घर खर्च मात्र टार्दै आउनु भएको छैन् , आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको समेत जोहो गर्दै आउनु भएको छ ।आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाई नै आफ्नो आम्दानीको स्रोत भएको…
दुगुनागढीमा दौड ! नाम दर्ता गर्ने अवधि २ दिन बाँकी
कार्तिक १७ गते दुगुनागढीमा दौड । नाम दर्ता गर्ने अवधि २ दिन बाँकीचौतारा । एकातिर झण्डै पाँच किलोमिटरको सप्ठ्यारा सडक, अर्कोतिर बाँकी अप्ठ्यारा र डरलाग्दो भीरको गोरेटो छिचोल्दै धावकहरुले आफ्नो गन्तव्य चुम्नु पर्ने छ । विश्व युद्धताका नेपाली सेनाले नेपाल भोट युद्धको बेला प्रयोग गरेको एैतिहासिक मार्ग नै मार्ग भएर सामारिक महत्व बोकेको भोटेकोसीस्थित दुगुनागढीमा जो धावक पहिला पुग्ने छ, उ नै सार्वोत्कृष्ट धावक मात्र हैन, साहसिक धावकको रुपमा समेत घोषित हुने छ र आकर्षक धनराशी सहितको पुरस्कारले पनि सुसझित हुने छ ।धावकहरुका लागि कुम्भ मेला भनेर चिनिने तेस्रो लिस्तिकोट…
१२ मीटर लामो ‘किङ कोब्रा’ भेटिएपछि गाउँले त्रसित
भारतमा १२ मीटर लामो विषालु सर्प किङ कोब्रा फेला परेको छ । कोरवा जिल्लाको सरखेत वनक्षेत्रको मदनपुरमा रहेको एउटा घर नजिकै उक्त खतरनाक सर्प भेटिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त सर्पको लम्बाइ १२ दशमलव ५ मीटर छ । चन्द्रशेखर नामका युवक गत सोमबार बिहान कामका लागि मदनपुर गएका थिए । उनले यहाँ फिरुतु रामको घर नजिकै लामो सर्प देखे । त्यसपछि उनले तुरुन्तै वन विभागलाई जानकारी गराए । कोब्रालाई वन विभागका सर्प समात्न सिपालु अविनाश यादवको टोलीले करिब एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको बताइन्छ । त्यसलगत्तै उनीहरुले कोब्रालाई जंगलमा…
मतदाताले उम्मेद्वार बस्नेत र दुलाललाई यसो भनेपछि…….
चौतारा । निर्वाचन नजिकिँदै छ । नजिकिँदो निर्वाचनसँगै उम्मेद्वारहरुले पनि यसो गर्छु र उसो गर्छु भन्दै मतदाता फकाउन भाषणवाजी मात्र गर्दै आएका छैनन् गाउँवस्तीमा नै पुगेर फकाउन थालेका छन् । यता मतदाताहरुले पनि उम्मेद्वारसँग आआफ्नै माग तेस्र्याउन थालेका छन् । पछिल्लो समय सामाजिक सञ्जलमा सकृय बन्दै आएका चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का बौद्धिक व्यक्तित्व रविन्द्र श्रेष्ठले आफनो क्षेत्रका प्रतिनिधि र प्रदेशसभा सदस्यलाई आफ्नो माग तस्र्याएका छन् । सामाजिक सञ्जल मार्फत तेस्र्याएका उनको माग व्यक्तिगत हैनन् । संघीयतापछि सुनसुन बन्दै गएको चौताराको चपलता फर्कान उनले शिक्षा र पर्यटनसँग जाडिएर…
सिन्धुपाल्चोक भोटेकोसी केन्द्रविन्दु भएर भूकम्प
चौतारा । सिन्धुपाल्चोक भोटेकोसी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको छ ।वुधवार ३ बजे र ८ मिनेट जाँदा भूकम्प धक्काको महसुस भएको हो ।भूकम्पको धक्का काठमाण्डौ लगायत गोरखा चितवन काभ्रे र जनकपुसम्म लगायतका जिल्लासम्म महसुस गरिएकका थियो । भूकम्प मापन केन्द्रको अनुसार सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका कोदारी केन्द्र विन्दु भएर भूकम्प गएको हो । भूकम्प धक्काको महसुस भएपछि स्थानीयहरु घरघरबाट सडकमा निस्किएका थिए । केन्द्रविन्दु नजिक लिस्ति मार्मिङ लगायतका ठाउँमा भूकम्पको ठूलै धक्का महसुस भएको स्थानीय अर्जुनबहादुर सापकोटाले जानकारी दिएका छन् । त्यस लगत्तै ३ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्पको…
भत्ता खाने उमेरमा सत्तामोह
उमेरले ७० टेकेका कृष्णबहादुर ठकुरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवार हुन् । सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मालेका तर्फबाट उम्मेदवा बनेका छन् । हरेक निर्वाचनमा उठ्दै आएका ठकुरी उमेरले ७० टेक्दा पनि उम्मेदवार बन्ने रहरबाट पछि हटेका छैनन् । कृष्णबहादुर ठकुरी मात्र होइनन्, सिन्धुपाल्चोकमा यसपटक प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा ६० वर्ष उमेर नाघेर सामाजिक सुरक्षाभत्ता (वृद्धभत्ता) को निम्ति छेउछाउ पुग्दै गरेका आठ जनाले उम्मेदवारी दिएका छन् । भत्ता खाने बेलामा उठेका यी उम्मेदवारहरु अधिकांश काँग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र…
यी हुन सिन्धुपाल्चोकका कान्छो उम्मेद्वार
यी हुन सिन्धुपाल्चोकका कान्छो उम्मेद्वारचौतारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकबाट जम्मा ५७ जनाले उम्मेद्वार दिएका छन् । उम्मेद्वारी दिनेहरुमा २९ वर्षको युवादेखि ७० वर्षका जेष्ठ नागरिकसम्मका रहेका छन् । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न १ बाट १३ जना र क्षेत्र न २ बाट १४ जनाको उम्मेद्वारी परेको छ । यी मध्य सबैभन्दा कान्छो उम्मेद्वार को होलान् ? आम सिन्धुबासीलाई चोसोको विषय भएको छ ।राजनीतिमा युवाहरुको क्रेज बढ्दै गइरहेको बेलामा सिन्धुपालचोक क्षेत्र न १ मा १० जनाले युवाले उम्मेद्वारी दिएका छन् । ती मध्य बाह्रबीसे…
