टुरिष्ट उम्मेद्वारको सिन्धुपाल्चोकमा ताँती

टुरिष्ट उम्मेद्वारको सिन्धुपाल्चोकमा ताँतिचौतारा । न त औंलामा गन्न सकिने कार्यकर्ता छ, न त शुभेच्छुक नै न त उम्मेद्वार परिचित अनहार नै हो, न त जनआधार नै छ, न त फेरि पनि नेपाल मजदुर किसान पार्टीले सिन्धुपाल्चोकमा आफ्ना उम्मेद्वाको ताँति नै लगाएका छन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेमकिपाले सिन्धुपाल्चोकका सबै प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार खडा गरेको छ ।पार्टीको कुनै जनाधार नभए पनि समानुपातिक भोटको लोभमा नेमकिपाले भक्तपुर स्थाई घर भएकाहरुलाई सिन्धुपाल्चोकमा उम्मेद्वार बनाएर पठाएको हो । नेमकिपाले सिन्धुपाल्चोक प्रतिनिधिसभा १ मा हरिलक्ष्मी दनेखु…

भोलि दरबार डाँडामा हुने भयो भिडन्त

भोलि दरबार डाँडामा हुने भयो भिडन्तराजेन्द्र रानामगर/चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८ को दरबार डाँडामा भोलि शुक्रबार भयङ्कर भिडन्त हुने भएको छ ।भिडन्तमा १४ जना सहभागि हुनेछ । सात सात जनाको समूह बनाई हुन लागेको त्यो भिडन्त कुनै ग्याङ फाइट भन्दा कम हुने छैन । सेता रेखाले कोरिएको निश्चित जमिनभित्र हुने सो भिडन्त हेर्नका लागि दर्शकदिर्घालाई पनि राम्रो ठाउँको व्यवस्थापन गरिएको छ । खुट्टा र टाउका मात्र चलाउन पाइने त्यो भिडन्तमा कसले बाजी मार्ला त्यो हेर्नका लागि भोलि विहान ११ बजेको साइत जुराएको छ ।भिडन्तमा एक समूह चौताराका…

ज्यान मार्ने उद्योगका अभियुक्त एमालेबाट उम्मेद्वार

प्रहरीको फरार सूचीमा रहेको सिन्धुपाल्चोकका डिवि लामा उर्फ युद्धविक्रम तामाङ मङ्सिर ४ को निर्वाचनमा उम्मेद्वार बनेका छन् । नेकपा एमालेको तर्फबाट उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ‘क’ प्रदेशसभा सदस्यका लागि उम्मेद्वार बनेका हुन् । एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले अन्तिम समयमा टिकट लिन अस्वीकार गरेपछि केन्द्रीय सदस्य सरेश नेपालको ठाडो हस्तक्षेपमा उनलाई उम्मेदवार बनाइएको हो । आफ्नो नाममा टिकट पाएपछि उनी असोज २३ गते प्रहरीको आँखा छल्दै पार्टी कार्यालय, चौतारा पुगेर वारेसमार्फत नोमिनेशन दर्ता गराएका हुन् । प्रहरीबाट प्रकाउ पर्ने डरले उम्मेद्वारी दर्ता गर्न आफैँ सहभागी नभएका उनले अधिवक्ता एवम्…

जति तामा तुलसी छुवाए पनि टुरिष्टकै तरक्की

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नोमिनेशन दर्ताको अन्तिम दिनसम्म पनि प्रयास जारी राखेका काँग्रेस नेता मोहनबहादुर बस्नेतले अन्तत: आफूले चुनाव लड्दै आएको क्षेत्रबाट टिकट पाउन सकेनन् । गठवन्धनका कारण सिन्धुपाल्चोक-१ माओवादीको भागमा परेपछि बस्नेतले अन्तिम समयमा क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराए । आफ्नो क्षेत्र माओवादीलाई छोड्नु परे स्वतन्त्र उम्मेदवारी दिने घुर्की लगाउँदै आएका उनी अन्तत: सिन्धुपाल्चोक-२ मा टुरिष्ट उम्मेदवार भएर माओवादीकै साथमा चुनाव लड्नुपर्ने बाध्यतामा परेका छन् । सिन्धुपाल्चोक-२ मा काँग्रेसले अधिकाँश निर्वाचनमा बाहिरबाट उम्मेदवार बनाउँदै आएको छ । २०४८ सालको आमनिर्वाचनमा १ नम्बर क्षेत्रकै विनोद लामाबाट शुरु भएको टुरिष्ट उम्मेदवारको सिलसिला २०७९…

ग्यास सिलिण्डर पड्कँदा एकजना घाइते

ग्यास सिलिण्डर पड्कँदा एकजना घाइतेजीवन श्रेष्ठ, सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका वडा न ६, दुब्लेडाँडाको एक घरमा ग्यास सिलिण्डर पड्किँदा एक जना गम्भीर घाइते भएका छन् । ग्यास सिलिण्डर पड्केर आगजनी हुँदा घर पूर्णरुपले ध्वस्त भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पुच्छार टोल निवासी चुडामणि कार्कीको घरमा ग्यास सिलिण्डर पड्कँदा कार्की गम्भीर घाइते हुनका साथै उहाँको घर पनि आगालागि भएको छ । आगालागीबाट कार्कीको अनुहार र हात जलेको छ भने उहाँको सुष्मा कोइराला मेमोरियल अस्पताल साखुमा उपचार भइरहेको छ ।आजै घाइते कार्कीलाई गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले उपचारका लागि रु पचास…

सरकारी सुविधा छाड्दै निजी निवासमा सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छोड्नुभएको छ ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मनोनयनको अघिल्लो दिन सभामुख सापकोटाले सरकारी निवास छोड्नुभएको हो । सभामुख सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनुभएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।   सभामुख सापकोटाले आजै मात्र सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको थियो । बिसौनीbisouni.com

सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा गर्दै भन्नु भयो – “युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको निर्णय गरेको हुँ “

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा  भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पुर्‍याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, “आगामी निर्वाचनमा मेरो जीत सुनिश्चित नै थियो, युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको  निर्णय गरेको हुँ । हार्छु भनेर नउठ्ने घोषणा गरेको होइन । देश र जनताको हितका लागि अधिकतम समर्पित रहनेछु ।…

यी वडा अध्यक्ष जसले आफैलाई कटाक्ष गर्दै किसानलाई हौस्याए

चौतारा । पारीका गराहरुमा विभिन्न सागसव्जी तरकारीका हरियापरिया दृष्यहरु । वारीका फाँटहरु भने बाँजो र उराठ । बीचमा इन्द्रावती नदी । पारी अर्थात काभ्रे र वारी सिन्धुपाल्चोक । पारी देखिएको हरियाली दृष्य ज्याम्दीको अनि वारीको चौतारा साँगाचोकगढी वडा न ११ साँगाचोकको । वारी पारीबीचको आकाश पातलको यही फरक दृष्यबाट विरक्तिएका वडा अध्यक्ष रोशन गिरी आफैलाई व्यँग्य कस्नु हुन्छ र लेख्नु हुन्छ सामाजिक सञ्जालतिर – ” यो बोडि पारी ज्याम्दीमा फल्ने अनि वारी साँगाचोकमा नफल्ने । नफलाउने हामी अल्छीहरुलाई बधाई ” ।हुन पनि वारी भेग साँगाचोकमा किसानहरु अल्छी बनिदिंदा जग्गा जमिनहरु…

कर्मचारी, पत्रकार र बैंकर्सबीच भिडन्त हुने ।

कर्मचारी, पत्रकार र बैंकर्सबीच भिडन्त हुने ।चौतारा । विजया दशमी २०७९ को उपलक्ष्यमा मैत्रीपूर्ण फूटबल हुने भएको छ । कर्मचारी मिलन केन्द्र, बैंकर्स र नेपाल पत्रकार महासंघबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो ,शुक्रबार विहान ७ बजे चौतारा साँगाचोकगढी नगरपालिका, मेल्चौरस्थित दरबार डाँडामा प्रतियोगिता हुन लागेको लक्ष्मी बैकका शाखा प्रवन्धक पवन सापकोटाले बताउनु भयो । प्रतियोगिताको पहिलो खेल कर्मचारी विरुद्ध कर्मचारबीच हुने छ । दोस्रो प्रतियोगिता भने बैंकर्स र पत्रकारबीच हुने छ ।प्रतियोगितामा प्रथम र द्धितीय हुने टीमलाई ट्रफी र मेडल प्रदान गरिने छ । प्रतियोगिताका लागि जिल्ला फूटबल संघ र…

सि डिभिजन लिक फूटबल छनौट प्रतियोगिताका खेलाडीलाई विदाई

सि डिभिजन लिक फूटबल छनौट प्रतियोगिताका खेलाडीलाई विदाईचौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र उपमेयर सीता थापाले संयुक्तरुपमा खेलाडीहरुलाई शुभकामनासहित विदाई गर्नु भएको छ । दोस्रो पटक सि डिभिजन लिक फुटबल छनौट प्रतियोगितामा सहभागि हुने चौतारा स्पोर्टिङ क्लबका खेलाडीहरुलाई मेयर सापकोटा र उपमेयर थापाले खादा आढाएर विदाई गर्नु भएको हो । सो अवसरमा मेयर सापकोटाले खेल क्षेत्रको विकासका लागि नगरले लगानी बढाउनका साथै खेलाडी प्रोत्साहनका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । गौरव गर्न लायक खेलाडी जन्माउन नगरपालिकाले वातावरण निर्माण गरिने पनि उहाँले बताउनु…