वास्तविक किसानहरुका लागि काम गर्न चाहेका थिएँ, वास्तविक श्रमिकहरुका लागि काम गर्न चाहेको थिएँ , खै ती भूईमान्छेहरु कहाँ छन् ? यो गरिदेउ न भनेर मकहाँ कहिल्यै आएन ।
गम्भीरताका निश्वास फाल्दै जब चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जनजिविकाको सवालमा, रोजगारीको सवालमा अनि आम विकास, निर्माण सवालमा भूइँ मान्छेहरुको पहुँच नगरमा नपुगेको तीतो यर्थाता कहदै थिए, एकछिन हल स्तव्ध भयो । मैले ठानेको ती भूई मान्छेहरु जसको लागि मैले गर्नुपर्छ भन्ने मूल्य र मान्यता जीवनभरि साँचेको थिएँ, छु उनीहरु किन बेखबर छन् नगरबाट पाउने सेवा र सुविधाबाट ? उनीहरु किन बञ्चित छन् हरेक सवालमा ? मेयर सापकोटाले सञ्चारकर्मीहरुलाई आग्रह गर्दै भने भूईमान्छेहरुको पहुँचलाई नगरसम्म पु¥याउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुहोस ।
मेयर सापकोटा हुनेखाने र टाठाबाठाहरुको पहूँच र प्रवृत्तिबाट हायकायल भएको यो भनाईबाट प्रष्ट हुन्छ । हुन त मेयरको पदावधि सम्हालेको नौ महिना मात्र भयो । यो नौ महिनामा शिक्षा, स्वास्थ्य र जनजिविकाको क्षेत्रमा उल्लेखनीय कार्य भएको छ । स्वस्थ नागरिक नै नगरको खास सम्पति भएको यथार्थतालाई हृदयङ्गम गरि नगरले हरेक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । निशुल्क एम्बुलेन्स सेवाको थालनी भएको छ अनि स्वास्थ्य कार्य विधि पारित गर्दै नगरबासीको स्वास्थ्य विमा गर्ने योजना कार्यान्वयनमा आइसकेको छ ।

जनजविका, रोजगारी र आयआर्जनमार्फत समृद्ध नगरको सपना देखेका सापकोटाले कृषिलाई प्राथमिकतामा मात्र राखेका छैनन् आर्थिक वर्ष ०७९÷०८० का लागि झण्डै ६ करोड बजेट कृषि क्षेत्रको सवलीकारण र शसक्तिकरणका लागि विनियोजन गरिएको छ । उता शिक्षामा आमूल परिवर्तन हुनुपर्छ भन्ने मान्यताका साथ पटकपटक शैक्षिक विज्ञहरुसँग परामर्श जारी राखेको छ भने विद्यालय अनुगमनलाई तीव्रता दिंदै विद्यालय नक्साङ्कन र स्थानीय पाठ्यक्रम निर्माण तथा प्रकाशन कार्य सम्पन्न भइसकेको छ । पर्यटन र प्रविधिमा पनि यो अवधिमा उल्लेखनीय कार्य भएका छन् । फेरि पनि प्रारम्भको ३ महिना वर्षा मौसम, दसैंतिहार जस्ता चाडपर्व र लगत्तैको आम निर्वाचनले निश्चय पनि नगरपालिकाले सम्पन्न गर्नुपर्ने कामकारबाहीमा प्रभाव नपर्ने कुरै भएन् । त्यसमाथि नयाँ जनप्रतिनिधि भएकाले केही अन्यौलता त अवश्य हुने नै भयो । यही अवस्थालाई स्वीकार गर्दै मेयर सापकोटाले त्यही सभामा सम्वोधन गर्दै थिए निश्चय पनि त्यही व्यवधानहरु रहे यो बीच फेरि अनुभवको गणितले पनि केही कामकारबाही सुस्त भएको हो कि भन्दै मेयर सापकोटाले अर्को वर्ष कुनै नगरको तर्फबाट कुनै गल्ति, कमजोरी र सुस्तता नहुने प्रतिवद्धता जाहेर गरे ।

बिहीबार भएको चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औं नगरसभामा उपप्रमुख सीता थापाले चालु आर्थिक वर्ष ०७९÷८० मा १ अर्व २१ करोड ६२ लाख ८२ हजार दुईसय छयानब्बे विनियोजन भएकोमा ३७ करोड, ५२ लाख ८९ हजार एकसय तीस रुपैयाँ अर्थात जम्मा ३० प्रतिशत मात्र खर्च भएको आर्थिक विवरणसहित सावनदेखि पुषसम्मको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन । वडा न १२ का वडा अध्यक्ष रोशन कार्कीले सभामा पारित गर्न जम्मा २ वटा एजेण्डा प्रस्तुत गरे ।

सभाको सञ्चालन वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतमले गरेका थिए भने स्वागत प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले गरेका थिए ।
