अवैद्य सिसौको काठ सहित ४ जना पक्राउ ।

अवैद्य सिसौको काठ सहित ४ जना पक्राउ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अवैघ सिसौको काठसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईन्द्रावति गाउँपालिका वडा न १२ बस्ने वर्ष ५० कि पार्वती दनुवार, वर्ष ६० कि ठुलीमाया दनुवार, वर्ष ५० कि सानुकान्छी दनुवार र वर्ष ३१ को कान्छामान दनुवार रहेका छन् ।
ईन्द्रावति गाँउपालिका वडा नं १२, भेडिचौर चालेचार्पा स्थितमा सिसौ जातको काठ अवैद्य रुपमा ओसारपसार भई रहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न साईजका सिसौ जातको काठ बरामद गर्नुका साथै संलग्न ४ जनालाई पनि पक्राउ गरेको डिएपी शिव बुढाथोकीले जानकारी दिनु भयो । डिएसपी बुढाथोकीका अनुसार गोलिया ३० थान लोड भएको ना ६ त ३३३० नम्बरको ट्याक्टरलाई पनि नियन्त्रणमा लिई आवश्यक कानूनी कार्वाहीको लागि डिभिजन वन कार्यालय चौतारामा बुझाईएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्