केपी ओली कप फूटबल प्रतियोगिता हुने

युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ुकेपी ओली कप फुटबल प्रतियोगिता हुने संघले छ। प्रतियोगिता गर्नका लागि नेपाल फूटबल संघ एन्फाले अनुमति दिइएको छ ।
ुयुवा संघले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको थियो। त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो। त्यसलाई हामी स्वागत नै गर्छौं,ु महासचिव राईले भने।

युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ।

प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फा महासचिव राईले जनाए।

सिफारिस

प्रतिकृया दिनुहोस्