सांसद युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री बन्दै
चौतारा । प्रदेश सांसद युवराज दुलाल शरदले भौतिक पूर्वधार विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।आज हुने मन्त्री परिषद विस्तारको क्रममा दुलालसहित आजै ८ जना मन्त्री नियुक्ति हुनेछन् । यसअघि पनि बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्री भइसकेका दुलाल सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न २, प्रदेशसभा क बाट विजयी भएका हुन् ।
तीन दलको सहभागिता रहने बागमतिमा एमाले, माओवादी र राप्रपाले भागवण्डा गरेका छन् । आज हुने मन्त्री परिषद विस्तारमा एमालेका एकलाल श्रेष्ठले श्रम रोजगार तथा यातायात, एमालेकै रामेश्वर श्रेष्ठ र केशव पोखरेले स्वास्थ्य, पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
माओवादीका दुलालसहित कुमारी मोक्तान, गंगानारायण श्रेष्ठ पनि आजै मन्त्री बन्दै छन् । मोक्तानले सामाजिक विकास मन्त्रालय र श्रेष्ठले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने छन् । मन्त्री हुनेहरुको नाम सार्वजनिक नगरे पनि राप्रापाले पर्यटन, उद्योग तथा सहकारी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।
सांसद युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री बन्दै
