हुतराज अर्धचन्द्र पुरस्कारबाट सञ्चारकर्मी कसजू र पाख्रिन पुरस्कृतमेलम्ची । हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजू र कमला पाख्रिन पुरस्कृत हुनु भएको छ । कसजू र पाख्रिनलाई जनही रु ५ हजार १ सय नगदसहित आज पुरस्कृत गरिएको हो ।इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको वार्षिकोत्सव समारोहमा यो पुरस्कार प्रदान हुँदै आएको छ । यो वर्ष पनि पत्रकारिताको क्षेत्रमा विशेष योगदान गरेबापत कसजू र पाख्रिनलाई पुरस्कृत गरिएको हो ।पुरस्कृत कसजू जिल्लाका पुराना पत्रकार हुनुहुन्छ । २०४६ सालमा विप्लव मासिक पत्रिकाको प्रकाशन र सम्पादनमार्फत पत्रकारितामा प्रवेश गर्नु भएका कसजू त्यसयता…
Author: बिसौनी
मृगौला पीडित नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण
मृगौला पीडित नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण शिक्षण अस्पतालमा उपचारत चौतारा साँगचोकगढी नगरपालिका ८, चिलाउनेका सुरेश नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।दुबै मृगौलाले काम गर्न छाडेपछि विगत लामो समयदेखि अस्पतालमा उपचारत नेपालीलाई सामाजिक अभियन्ता राजेश श्रेष्ठ प्रयास लगायतको टोलिले १ लाख ७१ हजार ९ सय ४२ रुपैयाँ निवासमा नै पुगि हस्तान्तरण गरिएको हो । चौतारा साँगाचाोकगढी घर भएका श्रेष्ठ रेडियो नेपालमा कार्यारत हुनुहुन्छ र उहाँको नेतृत्वमा नेपालीको जीवन रक्षाका लागि बचाऔं अभियान सञ्चालन हुँदै आएको छ ।आर्थिक अवस्था कमजोर रहेको नेपालीको जीवन रक्षाका लागि बचाऔ अभियानमार्फत श्रेष्ठद्वारा संकलित १ लाख…
स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानडामा हुने
काठमाडौँ । ग्रेट नटराज फिल्मस् प्रा.ली. र ह्यापी पाठक इन्टरटेनमेन्ट प्रा.ली.को संयुक्त आयोजनामा स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण आगामी मे महिनामा हुने भएको छ । स्टार म्युजिक भिडियो अवार्ड २०२३ नाम दिएको अवार्डकाे याे संस्करण क्यानडामा हुने आयाेजकहरुले बताउनुभएकाे छ। विभिन्न विधाका अग्रज र अनुज श्रष्टालाई अवार्ड र सम्मान प्रदान गरिने उक्त अवार्डको प्रथम संस्करण गत जेठमा काठमाडौंमा सम्पन्न भएको थियो । जसमा १५० बढी म्युजिक भिडियोसँग सम्बन्धित कलाकर्मीलाई अवार्ड प्रदान गरिएको थियो । याे पटक क्यानडामा हुने संस्करणमा नेपालबाट ५० भन्दा बढी कलाकार, प्राविधिक र पत्रकार सहभागिता रहने…
रहर लाग्दो मात्र हैन, डर लाग्दो भूत झरना
चौतारा । विज्ञानले संसारमा भूतको अस्तित्व छैन भन्छन् तर नेपाली समाजमा भने भूतको अस्तित्व हुन्छ र कतिपय मानिसहरुले देखेको पनि दावी गर्छन् । यदपी सिन्धुपाल्चोक जिल्लामा भने एउटा यस्तो छाँगा छ, जसको नामाकरण नै भूत राखिएको छ । जुन झरनाा डरलाग्दो मात्र होईन, रहर लाग्दो र मोहक पनि छ ।सिन्धुपाल्चोक जिल्लाको सदरमूकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ मा अवस्थित यो छाँगोको सौन्दर्यको वयान गरेरै साध्यै नहुने भर्खरै छाँगा पुगेर आएका चौतारा साँगाचोकगढी ५ का सन्तोष केसी बताउँछन् । सदरमूकाम चौताराबाट करिब सात किलोमिटरको दुरीमा रहेको यो छाँगामा जानेहरुको अहिले…
फर्ममा आगालागी हुँदा ८१ वटा बाख्रा मरे
सुनकोसी । सुनकोसी गाउँपालिका वडा न २ स्थित एक कृषि फर्ममा आगालागि हुँदा ८१ वटा बाख्रा जलेर मरेकाे छ ।स्थानीय जालबहादुर खत्रीले सञ्चालन गरेको कृषि तथा पशु फर्ममा वुधवार विहान आगालागी हुँदा ८१ बाख्रा जलेर डडेको सञ्चालक खत्रीले जानकारी दिनुभयो ।फर्ममा १ सय २० वटा बाख्रा थिए । ती मध्य ३९ वटा भने बच्न सफल भएको छ । (तस्वीर ः दिनेश थापा) बिसौनीbisouni.com
वस्ती चहार्दै, भत्ता दिंदै
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० ले वडाभित्र रहेका वृद्धवृद्धा र अपाङता भएकाहरुलाई टोलटोलमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बुधबार प्रतिनिधिसभा सदस्य मोहनवहादुर बस्नेतले सुकुटेमा भत्ता वितरण गर्दै वडाबाट सञ्चालित एकीकृत घुम्ती सेवाको औपचारिक उदघाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापा, वडा अध्यक्ष नीरबहादुर तामाङ, स्वास्थ्यकर्मी, बैंक कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । सिन्धु विकास बैंकका कर्मचारी, स्वास्थ्यकर्मी र वडा कर्मचारी सहित आज प्रत्येक टोलमा पुगि सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष निरबहादुर तामाङले जानकारी दिनु भयो ।…
केपी ओली कप फूटबल प्रतियोगिता हुने
युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ुकेपी ओली कप फुटबल प्रतियोगिता हुने संघले छ। प्रतियोगिता गर्नका लागि नेपाल फूटबल संघ एन्फाले अनुमति दिइएको छ ।ुयुवा संघले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको थियो। त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो। त्यसलाई हामी स्वागत नै गर्छौं,ु महासचिव राईले भने। युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ। प्रतियोगिताका…
सांसद युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री बन्दै
सांसद युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री बन्दैचौतारा । प्रदेश सांसद युवराज दुलाल शरदले भौतिक पूर्वधार विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।आज हुने मन्त्री परिषद विस्तारको क्रममा दुलालसहित आजै ८ जना मन्त्री नियुक्ति हुनेछन् । यसअघि पनि बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्री भइसकेका दुलाल सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न २, प्रदेशसभा क बाट विजयी भएका हुन् ।तीन दलको सहभागिता रहने बागमतिमा एमाले, माओवादी र राप्रपाले भागवण्डा गरेका छन् । आज हुने मन्त्री परिषद विस्तारमा एमालेका एकलाल श्रेष्ठले श्रम रोजगार तथा यातायात, एमालेकै रामेश्वर श्रेष्ठ र केशव पोखरेले स्वास्थ्य, पशुपन्छी…
जसका लागि काम गर्न चाहेको थिएँ, तिनीहरु कहिल्यै आएनन् – मेयर सापकोटा
वास्तविक किसानहरुका लागि काम गर्न चाहेका थिएँ, वास्तविक श्रमिकहरुका लागि काम गर्न चाहेको थिएँ , खै ती भूईमान्छेहरु कहाँ छन् ? यो गरिदेउ न भनेर मकहाँ कहिल्यै आएन ।गम्भीरताका निश्वास फाल्दै जब चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जनजिविकाको सवालमा, रोजगारीको सवालमा अनि आम विकास, निर्माण सवालमा भूइँ मान्छेहरुको पहुँच नगरमा नपुगेको तीतो यर्थाता कहदै थिए, एकछिन हल स्तव्ध भयो । मैले ठानेको ती भूई मान्छेहरु जसको लागि मैले गर्नुपर्छ भन्ने मूल्य र मान्यता जीवनभरि साँचेको थिएँ, छु उनीहरु किन बेखबर छन् नगरबाट पाउने सेवा र सुविधाबाट ? उनीहरु किन…
चौतारामा खुला जिमशाला सञ्चालन ।
चौतारामा खुला जिमशाला सञ्चालन ।चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा मंगलबारदेखि खुला जिमशाला सञ्चालनमा आएको छ । नगरबासीहरुलाई स्वस्थ र दीर्घजिवी बनाउने उदेश्यका साथ चौतारा साँगाचोगगढी नगरपालिकाले सुरु गरेको खुला जिमशालाको आज मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले उद्घाटन गर्नुभयो ।सो अवसरमा नगर प्रमुख सापकोटाले बढ्दो व्यस्तता र विलासिताका कारणले व्यायमबाट बञ्चित भएका नगरबासीलाई व्यायम गर्ने उत्प्रेणा जागृत हुने विश्वास व्यक्त गर्नुभयो । स्वस्थ नागरिक नै नगरको खास सम्पिति भएको जिकिर गर्दै उहाँले जिमशालाको भरपुर उपयोग गर्दै स्वस्थ र तनदुरुस्त नागरिक बन्न उहाँले आग्रह गर्नु भयो ।प्रमुख जिल्ला अधिकारी…
