लिसंखुपाखर बन्यो फ्रि वाईफाई पालिका

लिसंखुपाखर बन्यो फ्रि वाईफाई पालिका
जिल्लाकै विकट मानिने लिसंखुपाखर गाउँपालिकामा फ्रि वाइफाइ सेवा सुरु भएको छ ।
गाउँपालिकाको पहलमा फ्रि वाईफाई सेवा प्रारम्भ भएको हो ।
पालिकास्थित संपूर्ण वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत संपूर्ण सरकारी कार्यालयहरुमा फ्रि वाइफाइ जडान कार्य सम्पन्न भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
निर्वाचनको ताका आफूले गाउँपालिकालाई फ्रि वाईफाई पालिका बनाउने प्रतिवद्धता अनुसार आफू सफल भएकोमा पालिका अध्यक्ष राजु लामाले खुशी व्यक्त गर्नु भयो ।
उहाँले सबै निकायलमा फ्रि वाइफाइ जडान भएको जानकारी दिंदै खासगरि फ्रि वाइफाइको सही सदुपयोग गरि शिक्षा क्षेत्रमा मल्टिमिडियाको प्रयोगसँगै विद्यालयको शैक्षिक सुधारमा विशेष ध्यान दिन समेत आग्रह गर्नु भयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्