चौतारा । त्यसो त हरेक बैशाख अक्षय तृतीयाको दिन सर्वत र सातु खाने चलन रहँदै आएको छ । बढ्दो आधुनिकीकरण र व्यस्त जीवनका कारण पछिल्लोपटक सदियौंदेखि चल्दै आएको यो संस्कृति कतिपय ठाउँमा लोप नै भइसकेको छ । सिन्धुपाल्चोक जिल्लाकै सदरमुकाम चौतारामा पनि बटुवाहरुलाई बोलाई बोलाई सखरपानी ( सर्वत ) पिलाउने चलन थियो । समयक्रमसँगै त्यो चलन पूर्णत लोप भइककेको छ । तर शुक्रबार चौतारास्थित म्हसिका पुचले भने फेरि त्यो संस्कृतिलाई विउँताएको छ । शुक्रबार अक्षयतृतीयका दिन पुरानोबजारस्थित गणेश र भीमसेन मन्दिर परिसरमा पुचले साख ति अर्थात सख्खरपानी वितरण गरेको हो…
Author: बिसौनी
खोप समतिको बैठक : पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि विविध निर्णय
जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला धोषणाका लागि सबे तह तप्काकाहरुको सकृय सहभागिता, समन्वय र सहयोगको आवश्यकता रहेको छ । चौतारा । सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि विविध पहलकदमी हुँदै आएको छ । तोकिएका मापदण्डहरु पुरा गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हो । यसै सन्दर्भमा विहीबार कार्यालयद्वारा आयोजित पूर्ण खोप सुनिश्चितताका लागि जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकमा स्थानीय तहबाट चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितताका लागि हालसम्म भए गरेका गतिविधि र प्रकृया बारे घनिभूतरुपमा…
अग्निको मुद्दामा तात्यो सर्वोच्च
द्वन्द्वकालीन घटनाको विवादमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर भएको १७ वर्ष पुरानो मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ प्रारम्भ भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी संलग्न इजलासमा गत १२ वैशाख यता पाँच थान मुद्दाको एकमुष्ट सुनुवाई हुँदै आएको छ । सापकोटाको विपक्षमा कानुनव्यवसायी ओमप्रकाश अर्याल, ज्ञानेन्द्र आरण, काशीराम ढुङ्गाना, वरिष्ठ अधिवक्ता बाबुराम गिरी र लक्ष्मी पोखरेलको बहश हुने क्रममा सर्वोच्चले हेर्ने वा सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउने भनेर ‘बेञ्च’ बाट गहिरो जिज्ञाशा…
जेठ १३ गतेबाट सिन्धुपाल्चोकमा पोलियो विरुद्धको खोप अभियान सञ्चालन हुने
चौतारा । आगामी जेठ १३ गतेबाट सिन्धुपाल्चोकमा पोलियो रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ पोलियो रोग विरुद्ध सुइबाट आ.पि.भि खोप अभियान सञ्चालन हुने लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पोलियो रोगलाई विश्वबाट नै उन्मुखन गर्नका लागि देशैभर यो अभियान थालनी हुन लागेको हो । कार्यालय प्रमुख दुर्गा बजगाईका अनुसार बालबालिकाको विवरण संकलनका लागि हरेक घर र विद्यालयमा महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक, शिक्षिका, विद्यालय नर्स र स्वास्थ्यकर्मीहरुले सम्पर्क र समन्वय गर्दैछन् ।२०७३ साल बैशाख १ गतेदेखि २०७५ साल असोज मसान्तभित्रको समयाअवधिमा जन्मिएका बालबालिकाहरुको नाम टिपाई सही विवरण उपलव्ध…
संगीत तालिम सम्पन्न
निर्मल बस्नेत२१ बैशाख २०८१- सिन्धुपाल्चोक ।चाैतारा साँगाचाेकगढी नगरपालिका -५ काे सहयाेगमा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकले किशोर किशोरीहरुकाे क्षमता अभिबृद्दि तालिम अन्तरगत १५ दिने संगीत तालिम सम्पन्न गरेकाे छ । उक्त तालिममा ३० जनाले सीप बिकासकाे लागि तालिम पाएका छन् ।३० जना प्रशिक्षार्थी सहभागी रहेकाे गितार बजाउजे तालिममा शुनिल मल्लले प्रशिक्षण प्रदान गरेका थिए । १५ दिने तालिम बैशाख ५ गतेवाट सुरु भई २१ गते शुक्रबार सम्पन्न भएकाे हाे । तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन ज्वाेति किशोर किशोरी समूह र प्रशंसा किशोर किशोरी समूहले व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेकाे थियाे…
चौतारा अस्पतालमा फिजियोथेरापी सेवा पुनः सञ्चालन
चौतारा अस्पतालमा फिजियोथेरापी सेवा पुनः सञ्चालनचौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको चौतारा अस्पतालले फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको छ । २०७२ को विनासकारी भुकम्प पश्चात ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा केही समय अघि रोकिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले जनशक्ति व्यवस्थपनको लागि आवश्यक सहयोग गर्ने भएपछि अस्पतालले फिजियोथेरापी सेवा पुनः सुचारु गर्न सफल भएको हो । शुक्रबार चौतारा अस्पतालमा एक कार्यक्रमको बिच चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले फिजियोथेरापी सेवाको उद्घाटन गरेका हुन् ।सो सेवाप्रदानको लागि अस्पतालले अञ्जना गुरुङलाई फिजियोथेरापी सहायकको रुपमा केहि दिनअघि मात्र नियुक्त गरेको छ ।उक्त कार्यक्रममा…
नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गते
नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गतेनेपाल पत्रकार महासघको निर्वाचन जेठ १९ गते हुने भएको छ ।नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको विहीबार बसेको बैठकले जेठ १९ गते केन्द्र, प्रदेश, सबै जिल्ला र एशोसिएटको निर्वाचन एकै दिन गर्ने निर्णय गरेको बताइन्छ ।बैठकले बैशाख मसान्तभित्र सदस्यता टुंगो लगाउने पनि निर्णय गरेको छ ।कतिपय जिल्ला र प्रदेशको अधिवेशन गर्न नै बाँकी रहेता पनि नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशन भने भोलि शुक्रबार र शनिबार दुई दिन राष्ट्रिय सभागृह काठमाण्डौं हुने जनाएको छ । बिसौनीbisouni.com
रासायनिक विषादी न्यूनीकरणका लागि जनस्वास्थ्यको चासो
चौतारा । दैनिक उपभोग गर्ने तरकारी र फलफूलमा रसायनिक विषादीको प्रयोग पछिल्लो समय बढ्दो छ। नेपालमा कृषि व्यावसायीकरणसँगै बढ्न गएको विषादीको आयात, किनबेच र प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव बढ्न थालेपछि जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले विषादी प्रयोग न्यूनिकरणका लागि गम्भीर चासो दिएको छ ।फलफूल, तरकारी र खाद्यान्नमा विषादीको प्रयोगले जनस्वास्थ्यमा परेको प्रत्यक्ष असर र विषादी प्रयोग न्यूनीकरण गर्नका लागि कार्यालयले सरोकारवालहरुबीच अन्तरकृयात्मक बैठकको आयोजना गरेको हो । विहीबार कार्यालयद्वारा जिल्ला समन्वय समिति सिन्धुपाल्चोक चौताराको सभाहलमा आयोजित सरोकारवालाहरुसँगको सहकार्यमा पोषण प्रवद्र्धन तथा विषादी न्यूनिकरण सम्वन्धि बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका…
नर्सिङडाँडा हत्याकाण्डमा सहादत प्राप्त सहिदलाई सम्झँदै ठूलोसिरुबारीबासी
नर्सिङडाँडा हत्याकाण्डमा सहादत प्राप्त सहिदलाई सम्झँदै ठूलोसिरुबारीबासी ठूलोसिरुवारी । जनयुद्धको क्रममा तत्कालीन शाही सेनाद्वारा हत्या गरेका ६ जना सहिदको सम्झना आज स्मृति दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३ स्थित नर्सिङडाँडामा तत्कालीन शाही सेनाले स्थानीय शिवहरी गौतम, टिकादत्त दुलाल, भक्तलाल दुलाल, झलकबहादुर दुलाल , गणेश दुलाल र छिरिङ तामाङको सामूहिक हत्या गरेको थियो । २०५९ बैशाख १८ गते शहादत प्राप्त तिनै ६ सहीदको सम्झना र सम्मानमा आज हत्या भएकै स्थान नर्सिङडाँडामा स्मृति दिवस मनाइएको हो । माओवादी केन्द्र, चौतारा साँगाचोकगढी नगरपालिका १३ नम्बर वडा कमिटीद्वारा आयोजित कार्यक्रममा…
वाशिङ मेसिन मर्मत र गलैंचा बुनाई तालिम सुरु
वाशिङ मेसिन मर्मत र गलैंचा बुनाई तालिम सुरु चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा गलैंचा बुनाई, वाशिङ मेशिन तथा फ्रिज मर्मत तालिम सुरु भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सिन्धुपाल्चोकको आयोजनामा गलैचा बुनाई सम्बन्धी ३० दिने र वासिङ मेसिन तथा फ्रिज मर्मत सम्बन्धी १० दिने तालिम सोमबारबाट चौतारामा सुरु भएको हो। तालिमको उद्घाटन गर्दै चौतारा सांगाचोकगढी नगरपालिकाकी उपमेयर सिता थापाले आफूले लिएको सीपको सही सदुपयोग गर्न आग्रह गर्नुभयो। चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठले आवश्यकताको आधारमा आगामी दिनहरूमा तालिमहरू सञ्चालन गरिने…
