पाठेघर खसेका महिलाहरूका लागि निशुल्क सल्यक्रिया सेवा सुरु भएको छ ।
भक्तपुर अस्पतालमा पाठेघर खसेका महिलाहरुलाई उपचार गर्ने उदेश्यले नि: शुल्क शल्यक्रिया सुरु भएको हो । अस्पतालले आज जेष्ठ ३ गते देखि निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको जनाएको छ । अस्पतालकी निर्देशक सुमित्रा गौतमको नेतृत्वमा सेवा सुरु भएको यो सेवा असार मसान्तसम्म उपलब्ध हुनेछ। सबै बिरामी महिलाहरूले सेवा लिएर मौकाको फाईदा लिनुहुन अस्पतालले अनुरोध समेत गरेको छ।