खोप समतिको बैठक : पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि विविध निर्णय

वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, चौतारा अस्पताल सञ्चालन समितिका अध्यष टंक कार्की, रेडक्रस मन्त्री कमलचरण कक्षपति, पत्रकार महासंघका सचिव विदुर आचार्य, उद्योग बाणिज्य संघका सदस्य कुमार थापा लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला धोषणाका लागि सबे तह तप्काकाहरुको सकृय सहभागिता, समन्वय र सहयोगको आवश्यकता रहेको छ ।

चौतारा । सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि विविध पहलकदमी हुँदै आएको छ ।

तोकिएका मापदण्डहरु पुरा गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हो ।

यसै सन्दर्भमा विहीबार कार्यालयद्वारा आयोजित पूर्ण खोप सुनिश्चितताका लागि जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकमा स्थानीय तहबाट चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितताका लागि हालसम्म भए गरेका गतिविधि र प्रकृया बारे घनिभूतरुपमा छलफल गरि घोषणा गर्ने विषयमा समितिले आवश्यक प्रमाणको आधारमा प्रमाणिकरण गर्ने निर्णय गरेको छ ।

कार्यालयका प्रमुख दुर्गा बजगाईँका अनुसार आगामी जेठ १३ गतेदेखि १७ गतेसम्म हुने पाँच दिने आइ.पी.भी. खोप अभियान तोकिएको विद्यालयमा खोप केन्द्र राखी स्थानीय स्वास्थ्य संस्थाबाट अभियान सञ्चालन समयमै सम्पन्न गर्ने निर्णय गरेको छ । विश्वबाट नै पोलियो रोग उन्मुलन गर्ने हेतुले सञ्चालन हुन लागेको पोलियो, रोग विरुद्ध सुई लगाएर नै खोप दिइने यो अभियान सफल पार्नका साथै अभियानको क्रममा हुने सक्ने अवान्छित गतिविधिलाई व्यवस्थापन गर्नका लागि सबै स्थानीय तहमा AEFI व्यवस्थापन टीम गठन गरी परिचालन गर्ने र जिल्लामा समग्र नेतृत्व चौतारा अस्पतालको टिमले गर्ने पनि निर्णय गरिएको छ ।


पूर्ण खोप सुनिश्चितता र अन्य खोप अभियानका लागि सञ्चारकर्मीहरुद्वारा ब्यापक प्रचारप्रसार गर्नका साथै घोषणा गर्नु पूर्व हालसम्मको समिक्षासहितको छलफल गर्ने पनि बैठकले निर्णय गरेको छ ।
जिल्ला समन्वय प्रमुख एवम् जिल्ला स्तरीय खोप समन्वय समितिका संयोजक बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख पदम नेपाल,चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारी, जिल्ला शिक्षा विकास इकाइ प्रमुख कृष्ण सुवेदी, चौतारा अस्पतालका डा. रुद्रमणि भण्डारी प्रहरी प्रतिनिधि, वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, चौतारा अस्पताल सञ्चालन समितिका अध्यष टंक कार्की, रेडक्रस मन्त्री कमलचरण कक्षपति, पत्रकार महासंघका सचिव विदुर आचार्य, उद्योग बाणिज्य संघका सदस्य कुमार थापा लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्