बाल क्लबको नेतृत्वका लागि बालबालिकाबीच महाभिडन्त, रायमाझी र खत्री विजयी

बाल क्लबको नेतृत्वका लागि बालबालिकाबीच महाभिडन्त, रायमाझी र खत्री विजयी

बाल क्लबको नेतृत्वका लागि बालबालिकाबीच महाभिडन्त, रायमाझी र खत्री विजयी
चौतारा । कोही मतदान गर्न व्यस्त थिए । कोही भने टन्टलापुर घामको वेवास्ता गर्दै मतदान गर्न लाइनमा उभिरहेका थिए । कोही भने मतपत्र बुझदै औंलामा चिन्हो लगाउँदै थिए । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित जिल्लाकै जेठो विद्यालय श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा स्थानीयतहकै झल्को दिने गरी बालबालिकाबीच निर्वाचन भयो ।


विद्यालयस्तरमा गठन हुने बाल क्लब र जुनियर रेडक्रस सर्कलको नयाँ कार्य समिति चयनका लागि सहमति हुन नसकेपछि विद्यार्थीहरुले निर्वाचन प्रकृया रोजेका हुन् । छुट्टा छुट्टै
दुईवटा निर्वाचनमा पहिलोपटक सहभागि हुन पाउँदा विद्यार्थीहरुमा छुट्टै जाँगर देखिएको थियो । उनीहरु बडो उत्साहका साथ निर्वाचनमा सहभागि हुँदै थिए ।


बाल क्लबतर्फ अध्यक्षका लागि ६ जना विद्यार्थीले उम्मेद्वारी दिएको प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । जसमा छात्रा उम्मेद्वार दुईजना रहेका छन् ।
त्यस्तै उपाध्यक्ष पदका लागि ४ जना विद्यार्थी उम्मेद्वार बनेका छन् भने सचिव पदका लागि ३ जनाले उम्मेद्वारी दिएका छन् । कोषाध्यक्षमा भने दुईजना छात्राको मात्र उम्मेद्वारी परेको छ । कार्य समितिको आवश्यक ६ सदस्यका लागि १२ जना छात्रछात्रा चुनावमा उत्रेका छन् ।


जुनियर रेडक्रस सर्कलतर्फ सभापतिका लागि ५ जना विद्यार्थी उम्मेद्वार बनेका छन् । उपाध्यक्षमा ४ जना र सचिवमा ३ जना चुनावी मैदानमा उत्रेका छन् । त्यस्तै कोषाध्यक्ष र सहसचिवका लागि क्रमश २÷२ जना उम्मेद्वार बनेका छन् । कार्यसमितिमा आवश्यक ६ सदस्यका लागि १० जना विद्यार्थीहरु चुनावी मैदानमा उत्रेका छन् ।


कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र मतदान प्रकृयामा सहभागि हुन पाउने विद्यालयले जनाएको छ । जस अनुसार ६०० मतदाता रहेकोमा ५४० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
लामो प्रयासपछि पनि आकाँक्षीहरुबीच सहमति हुन नसक्दा विद्यालयले निर्वाचनको घोषणा गर्दै बुधबार र विहीबार प्रचारप्रसार र भोट माग्ने समय उम्मेद्वारहरुका लागि व्यवस्थापन गरेको थियो ।


बाल क्लबतर्फको अध्यक्षमा जङ्गे रायमाझी र सर्कलतर्फ अभिशेक खत्री विजय
मतदान प्रकृया लगत्तै सुरु भएको मतगणना प्रकृया पनि सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । मत परिणाम अनुसार बाल क्लबतर्फ जङ्गे रायमाझी विजयी हुनुभएको छ । निकटम् प्रतिद्वोन्द्वी अस्मिता श्रेष्ठले ६१ मत प्राप्त गर्दा रायमाझीले ३०९ मत प्राप्त गर्दै अत्याधिक मतसहित विजयी भएको समितिले जनाएको छ ।


उपाध्यक्ष पदमा भने साइमन तामाङ विजयी हुनुभएको छ । तामाङका निकटमा प्रतिद्वोन्द्वी सदिना खत्रीले १२१ मत प्राप्त गर्नुभएको छ । सचिवमा उर्मिला तामाङ २१० मतसहित विजयी हुनुभएको छ । त्यस्तै सहसचिवमा राजेश कक्षपति विजयी हुनुभएको छ भने सदस्यहरुमा नित्सा प्रधान, अन्जु तामाङ, प्रस्तोता आचार्य, सुदीना प्रधान, रोनित श्रेष्ठ र ममता तामाङ विजयी हुनु भएको छ ।
जुनियर रेडक्रस सर्कलतर्फ सभापतिका लागि भएको निर्वाचनको मत परिणाम अनुसार अभिसेक खत्रीले १८० मत प्राप्त गर्दै विजयी हुनु भएको छ । खत्रीका निकट्म प्रतिद्वन्द्वी रेन्चन लामाले १४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।


त्यस्तै उपसभापति, सचिव र कोषाध्यक्षमा क्रमश ः सलिन श्रेष्ठ, सोफिया कार्की र राभ्या श्रेष्ठ विजयी हुनुभएको छ । सहसचिवमा रमेश तामाङ विजयी हुनुभएको छ ।
सदस्यहरुमा भने संगीता कार्की, रविना थापा, प्रशंसा दाहाल, दिप्सना नेपाल समृद्धि खड्का र अदिती नेपालले विजय हासिल गर्नु भएको छ ,

सिफारिस

प्रतिकृया दिनुहोस्