१३ गतेवाट पाेलियाे राेग बिरुद्धकाे खाेप दिइदै , १४ हजार वालवालिका समेट्ने लक्ष्य९ जेठ २०८१), चाैतारा। सिन्धुपाल्चोक जिल्लामा जेठ १३ देखि १७ गते सम्म पोलियो रोग विरुद्धको आई.पि.भी.खोप अभियान सञ्चालन हुने भएको छ । २०७३ बैशाख महिना देखि २०७६ असोज महिनासम्म जन्मिएका बालवालिकाहरुलाई सिन्धुपाल्चोक जिल्ला भर १४ हजार ९ सय १२ जनालाई पोलियो रोग विरुद्धको खोप लगाईने लक्ष्य रहेको छ । जसकाे सम्पूर्ण तयारी पूरा भइसकेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला समन्वय समितिकाेसभाहलमा बुधावार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनमा पोलियो रोग विरुद्ध आई पि भी खोप अभियान २०८१ सम्बन्धी…
Author: बिसौनी
सिन्धुका गुरुङ सहित ४ जना राष्ट्रिय निर्णायक वने
निर्मल बस्नेत ५ जेठ , काठमाडौ । नेपाल तेक्वान्दो संघद्वारा जेष्ठ ३ देखि ५ गतेसम्म आयोजित दोस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक पुनर्ताजगी कोर्समा सिन्धुपाल्चोकबाट चौतारा साँगाचोकगढी नगरपालिकाका खेलकुद प्रशिक्षक तथा हिराहरि तेक्वान्दो डोजाङ्ग प्रमुख रमेश गुरुङसहित ४ जना पुम्सेकाे राष्ट्रिय निर्णायक बन्न सफल भएका छन् । गुरुङ सहित रिफ्रेसर कोर्स भोटेकोशी गाउँपालिकाका खेलकुद प्रशिक्षक तथा तातोपानी तेक्वान्दो डोजाङ्गका प्रमुख अजय गुरुङ, लिसंखुपाखर गाउँपालिकाका प्रशिक्षक तथा लिसंखुपाखर तेक्वान्दो डोजाङ्गका प्रमुख इश्वर भण्डारी र हिराहरि तेक्वान्दो डोजाङ्गका तेस्रो डान कालोपाटी सुदिप तामाङले पनि सेमिनार सफलतापुर्बक सम्पन्न गरेको छ । सेमिनारमा उतिर्ण भएसंगै…
चनौटे-थापाटार-इचोक- कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास
चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको आज शिलान्यास गरिएको छ ।हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागी स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गर्नुभयो । निर्माण व्यवशायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने जिम्मा स्थानीयको भएकाले आवश्यक सहयोगको लागी आग्रह गर्नुभयो । मन्त्री दुलालले हेलम्बुमा सडक विकासको प्रारम्भ भएकाले अब विकासको कामले गतिलिने बताउनुभयो ।प्रदेशले…
वाइसियलले सम्पन्न गर्याे प्रशिक्षण , समयको गति पकडेर अघि बढ्न नेताहरुको आग्रह
परिवर्तित व्यवस्थासंगै आफूलाई रुपान्तरण गरि सामाजिकिकरण हनु नै आजको आवश्यकता -सुवोध बिना बिचार र लक्ष्यबिहिन हुलहरुले अहिले सामाजिक प्रणाली र व्यवस्था माथि धावा बोल्ने गरेको – शरद सामुहिक भावनाको बिकास गरि देशलाई सामाजिक न्यायसहित समृद्ध बनाउने वर्तमान कार्भार – सरल निर्मल बस्नेत ५ जेठ, चौतारा । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसियल नेपाल सिन्धुपाल्चोकले चौतारामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । “ उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजबादको बाटोमा अघि बढौ, संगठन सुदृढ गर्दै नीति निर्माणमा युवा सहभागीता सुनिश्चि गरौ“ भन्ने मूल नारा दिएर वाइसियलले चौतारामा कार्यक्रम…
सञ्चार रजिष्ट्रारद्वारा आयोजित मोबाइल र डिजिटल पत्रकारिता तालिम समापन, सहभागीहरु उत्साहित
श्रव्यदृश्य समाचार सामग्री उत्पादन गर्न सहयोग पुरयाउने गरी सञ्चालन गरिएको मोबाइल पत्रकारिता तालिममा मोबाइललाई पत्रकारितामा उपयोग गर्न सिकाइएको थियो भने अनलाइन सञ्चार माध्यममा गुणस्तरिय समाचार सामग्री उत्पादन, प्रशोधन र वितरणलाई प्रभावकारी बनाउने उपायका बारेमा अनलाइन पत्रकारितामा सिकाइएको थियो । धुलिखेल । समय सापेक्ष पत्रकारहरुको सीप, क्षमता र वृत्ति विकासका लागि सञ्चार रजिष्ट्रारको कार्यालय बागमति प्रदेशले एकपछि अर्को तालिमको आयोजना गर्दै आएको छ । खासगरि पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारितमा थपेको नयाँ आयाम सम्वन्धी सञ्चारकर्मीहरुलाई पोख्त बनाउने उदेश्यले कार्यालयबाट कहिले मोबाइल पत्रकारिताको तालिम, कहिले डाटा ड्रिभन तालिम, कहिले डिजिटल पत्रकारिता तालिम…
वेदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको अवस्था बारे सरोकारवालाको चासो
चौतारा । बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको समस्या बढ्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शुक्रबार बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन ः एकीकरण कार्यक्रम – २०७९ को प्रभावकारी, समावेशी र दीगो कार्यान्वयन विषयक एक अन्तरकृयात्मक कार्यक्रममा उनीहरुले बैदेशिक रोजगारीबाट फर्केका महिलाहरुको समस्या र आर्थिक विकासका लागि स्थानीय सरकार मौन रहेको प्रति दुखेसो व्यक्त गरे ।एकातिर वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन ः एकीकरण कार्यक्रम २०७९ कार्यान्वयनमा स्थानीय सरकार उदासिनता रहेको र अर्कोतिर विदेशबाट फर्किएका आदिवासी जनजाति महिलाहरुमा सामाजिक, आर्थिक र मानसिक समस्या बढ्दै गएको उनीहरुले निचोड सुनाए ।बैदेशिक…
बाल क्लबको नेतृत्वका लागि बालबालिकाबीच महाभिडन्त, रायमाझी र खत्री विजयी
बाल क्लबको नेतृत्वका लागि बालबालिकाबीच महाभिडन्त, रायमाझी र खत्री विजयीचौतारा । कोही मतदान गर्न व्यस्त थिए । कोही भने टन्टलापुर घामको वेवास्ता गर्दै मतदान गर्न लाइनमा उभिरहेका थिए । कोही भने मतपत्र बुझदै औंलामा चिन्हो लगाउँदै थिए । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित जिल्लाकै जेठो विद्यालय श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा स्थानीयतहकै झल्को दिने गरी बालबालिकाबीच निर्वाचन भयो । विद्यालयस्तरमा गठन हुने बाल क्लब र जुनियर रेडक्रस सर्कलको नयाँ कार्य समिति चयनका लागि सहमति हुन नसकेपछि विद्यार्थीहरुले निर्वाचन प्रकृया रोजेका हुन् । छुट्टा छुट्टैदुईवटा निर्वाचनमा पहिलोपटक सहभागि हुन पाउँदा विद्यार्थीहरुमा…
पाठेघर खसेका महिलाका लागि भक्तपुर अस्पतालमा निशुल्क सल्यक्रिया सुरु
पाठेघर खसेका महिलाहरूका लागि निशुल्क सल्यक्रिया सेवा सुरु भएको छ । भक्तपुर अस्पतालमा पाठेघर खसेका महिलाहरुलाई उपचार गर्ने उदेश्यले नि: शुल्क शल्यक्रिया सुरु भएको हो । अस्पतालले आज जेष्ठ ३ गते देखि निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको जनाएको छ । अस्पतालकी निर्देशक सुमित्रा गौतमको नेतृत्वमा सेवा सुरु भएको यो सेवा असार मसान्तसम्म उपलब्ध हुनेछ। सबै बिरामी महिलाहरूले सेवा लिएर मौकाको फाईदा लिनुहुन अस्पतालले अनुरोध समेत गरेको छ। बिसौनीbisouni.com
क्रान्तिकारी महिलाको अध्यक्षमा तारादेवी राना
क्रान्तिकारी महिलाको अध्यक्षमा तारादेवीबलेफी । अखिल नेपाल महिला संघ क्रान्तिकारी सिन्धुपाल्चोकको अध्यक्षमा तारादेवी राना चयन हुनुभएको छ।सिन्धुपाल्चोक बलेफीमा शनिबार सम्पन्न सङ्घको एघारौं सम्मेलनबाट अध्यक्षमा रानासहित ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।सम्मेलनले उपाध्यक्षमा सुजाता तिमल्सिना र निर्जला दर्जी चयन गरेको छ। सचिवमा भने राममाया तामाङ लाई चयन गरेको छ। सम्मेलनले कोषाध्यक्षमा मिना नेपाल दुलाललाई जिम्मेवारी दिएको छ ।त्यस्तै सदस्यहरूमा लक्ष्मी प्रधान,शर्मिला श्रेष्ठ, पेमा मोक्तान, प्रतिमा पराजुली दाहाल, लक्ष्मी माया तामाङ, देवकी पौडेल, मैना तामाङ, शर्मिला खड्का ,गीता कोजु, अम्बिका गौतम, विष्णु माया तामाङ, मिना शर्मा, सावित्री दंगाल, मनमाया…
चौतारामा डिजिटल पत्रकारिता तालिम सुरु
चौतारामा डिजिटल पत्रकारिता तालिम सुरुचौतारा । बढ्दो पत्रकारिताको आयामलाई आत्मसात गर्दै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । कञ्चन स्मृति साहित्य प्रतिष्ठानद्वारा आयोजित ३ दिने डिजिटल पत्रकारिता तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले गर्नुभयो । सो अवसरमा उहाँले सञ्चारकर्मीहरु सकेसम्म हरेक कुरामा अपडेट हुँदै समय सापेक्ष आफ्ना सीप र क्षमतालाई पनि अपग्रेड गर्दै जानुपर्ने आवश्यकतालाई औल्याउनुभयो । डिजिटल पत्रकारिताका कारण अहिले कुनै पनि पत्रकार कुनै पनि भूगोलमा मात्र सीमित नभइ सिंगो संसारकै पत्रकारको रुपमा स्थापित हुँदै गएको बताउँदै अध्यक्ष श्रेष्ठले आफूले सिकेको ज्ञान…
