कुष्ण ढुंगाना / मेलम्ची नेपाल राष्ट्रिय शिक्षक संगठन, मेलम्ची नगर समितिले ४५ औं शिक्षक दिवस तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान, शिक्षक सम्मान, वार्षिक शैक्षिक क्यालेण्डर बिमोचन सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले अवलम्बन गरिरहेका असल अभ्यास आदानप्रदन कार्यक्रम बुधबार मेलम्चीमा सम्पन्न गरेको छ । सङगठनले देशव्यापी रुपमा सञ्चालन गरिरहेको साङ्गठनिक सुदृढिकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सञ्चालित ‘मार्च टु लोकल लेभल’ अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो । सङ्गठनका बागमती प्रदेश समिति अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्य र मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधानको विशेष आतिथ्यमा…
Author: बिसौनी
गलैंचा र राडीपाखी बुनेर पाँचपोखरीका महिलाहरु आत्मनिर्भर बन्दै
सम्झना कार्की यद्यपि केही महिलाहरु अशिक्षित छन् । तर उनीहरुको हातमा भने सीप छ । यही सीपले उनीहरुको जीवनयापन सहज भएको छ । वैशाख ५, सिन्धुपाल्चोक । खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने महिलाहरू आय आर्जनमा पनि जोडिन थालेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका महिलाहरु आयआर्जन मार्फत आत्मनिर्भर बन्न लागेका हुन् । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ का झन्डै २० घरपरिवारका महिलाहरु अचेल राडिपाखी ,गलैचा बुन्दै गुजारा चलाउदै आएका छन् । राडीपाखी बुनेरै दुई चार पैसा हातमा पर्न थालेपछि वडा नम्बर ७ कि बुद्धिमाया गुरुङ दंग छिन्…
चौतारा भिक्षाटन कार्यक्रम हुने
चौतारा भिक्षाटन कार्यक्रम हुने चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा भिक्षाटन कार्यक्रम हुने भएको छ । परम्परागत मौलिक संस्कृति र संस्कारलाई प्रवर्द्धन गरि नयाँ पुस्तालाई परिचित गराउने उदेश्यका साथ सदरमुकाम चौतारामा पहिलोपटक भिक्षाटन कार्यक्रम हुन लागेको हो । बैसाख ५ गते बुधबार बिहान ८.३० बजेबाट सुरु हुने भिक्षाटन कार्यक्रम भक्तपुर मुनिबिहारको आयोजना तथा चौताराका स्थानीय संघ, संस्था सम्पदा संरक्षण गुठी, सिन्धु नेवा: खल, म्हसिका पुच: र भिन्तुना नेवा: आमा समूहको समन्वय रहेको सम्पदा संरक्षण गूठीका अध्यक्ष रबिन्द्र श्रेष्ठले जानकारी दिए । सो दिन आफ्ना आँगनमा आउने भिक्षुलाई भिक्षादान गरि पुण्यलाभ आर्जन…
बलेफीले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन उर्दी
चौतारा । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाले पालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य पठनपाठन गराउन निर्देशन दिएको छ । चैत्र २५ गते बसेको गाउँपालिकाको बैठकले सामुदायिक विद्यालयप्रतिको विश्वासलाई जीवन्त राख्नका लागि जनप्रतिनिधि कर्मचारी र शिक्षकहरुलाइ सामुदायिक विद्यालयमा नै आफ्ना बालबालिकाहरुलाई अध्ययन गराउन निर्णय गरेको हो । सामुदायिक विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय लगायत समग्र पक्षको सुदृढिकीकरण गरि गुणस्तरियता कायम गर्ने प्रतिवद्धतासहित बलेफी गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष गंगाबहादुर तामाङले बताए । बिसौनीbisouni.com
डडेलो लगाउँदै गर्दा मिलन लामा पक्राउ
डडेलो लगाएको आरोपमा मिलन लामा पक्राउचौतारा । वनमा डढेलो लगाउँदै गरेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई जलविरे प्रहरीले पक्राउ गरेको हो।जानाजानी वनमा डढेलो लागाउने गरेता पनि डढेलो लगाएकै आरोपमा सिन्धुपाल्चोकमा पहिलोपटक लामा पक्राउमा परेका हुन् । आइतबार दिउँसो करिब २ बजेतिर सेल्ताप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले लामालाई रंगे हात पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकबाट ५ दिने म्याद थपको आदेशसहित हिरासतमा राखिएको प्रहरीले जनाएको छ । यता डिभिजन वनले पनि थप अनुसन्धान…
अचारबाट आत्मनिर्भर बन्ने मेलोमा महिला
अचारबाट आत्मनिर्भर बन्ने मेलोमा महिलाचौतारा । चौतारा साँगाचोकगढी नगरपालिका उद्योग शाखाको आयोजना एवं सम्पदा गुठी चौताराको व्यवस्थापनमा २३ जना महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको छ।व्यावसायिक रुपमा अचार उत्पादन गर्ने र बजारीकरण गर्दै महिलाहरूलाई आय आर्जनमा जोड्ने उद्देश्यका साथ चौताराको पुरानो बजारमा यो तालिमको आयोजना भएको हो। चैत्र १५ गतेबाट सुरु भएको तालिम २१ गते समापन भएको सम्पदा गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठले बताउनुभयो। तालिमको बुधबार विधिवत रूपमा समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले प्राप्त तालिमलाई व्यावसायिक रुपमा क कार्यान्वयन गर्न अनुरोध गरे। घरेलु तथा…
भोलि बिहान आहालडाँडामा एमालेले नयाँ नेता छान्ने
भोलि बिहान आहलडाँडामा एमाले नयाँ नेता छान्नेचौतारा । मौसम प्रतिकूल भएपछि एमाले सिन्धुपाल्चोकको अधिवेशन अन्तर्गतको मतदान प्रक्रिया भोलि बिहानलाई सारेको छ । आज मतदान हुने भनिएता पनि बिग्रँदो मौसम र अध्यक्ष मण्डलको आदेश अनुसार मतदान भोलि बिहान चौतारास्थित आहलडाँडामा ७ बजेबाट सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । शुक्रबारबाट सुरु भएको अधिवेशन भोलि २० गते सम्पन्न हुने एमालेजनको विश्वास छ । अधिवेशनले नयाँ नेतृत्वसहित नयाँ जिल्ला कार्यसमिति पनि चयन गर्नेछ । जस अनुसार अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ । बहालरत अध्यक्षलाई हुँकार दिंदै होमनारायण…
इष्टर महोत्सवलाई सम्वोधन गर्दै मेयर सापकोटाले आस्थालाई विज्ञानसँग जोड्न आग्रह गरे
इष्टर महोत्सवलाई सम्वोधन गर्दै मेयर सापकोटाले भने आस्थालाई विज्ञानसँग जोड्नुस चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफू कुनै पनि धर्मको पक्षमा नरहेको खुलासा गर्नु भएको छ । सबै धर्मप्रति मेरो सम्मान छ तर म आफू कुनै पनि धर्मको पक्षमा भने छैन मेयर सापकोटाले भन्नुभयो । चौतारा बजार परिक्रमा गर्दै क्रिश्चयन धर्मावलम्बीहरुले निकालेको ¥याली टँुडिखेल पुगेपछि सभामा परिणत भएको थियो । सो सभालाई सम्वोधन गर्दै मेयर सापकोटाले आफूले चाहेको धर्मप्रति आस्था राख्न पाउने छुट सबैलाई भएको र संविधानले पनि सोही अनुसार व्यवस्था गरेका कारण सहिष्णुताका साथ आफ्नो धार्मिक अधिकारको…
एमाले सिन्धुको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै
चौतारा । एमाले सिन्धुपाल्चोकको दशौँ जिल्ला अधिवेशन चौतारामा तेस्रो दिन पनि जारी छ। शुक्रबारबाट सुरु भएको अधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्वको लागि निर्वाचन कार्यक्रम रहेको छ। नयाँ नेतृत्वको लागि सहमति जुट्न नसकेपछि अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवार परेको निर्वाचन समितिले जनाएको छ।सफ्ट लाइनर नेताको रुपमा चिनिएका बाहालवाला अध्यक्ष कमल नेपाल र हार्ड लाइनरको रुपमा चिनिएका अर्का नेता होम नारायण श्रेष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै अध्यक्ष पदमा बादल तामाङले पनि उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्षका लागि भने अर्जुन भण्डारी, विष्णुमणि आचार्य र सुदनराज गिरीले उम्मेदवारले दिएका छन्…
निजी तथा आवासीय विद्यालयहरुमा सौर्य रुफटप प्रणाली जडानको सम्भाव्यताबारे छलफल
सौर्य रुफटफ प्रणाली प्रवर्द्धन सम्बन्धमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) बीच अन्तर्क्रिया काठमाडौं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सौर्य रुफटप प्रणाली प्रवर्द्धन सम्बन्धमा निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) सँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । मध्यबानेश्वर स्थित केन्द्रको कार्यालयमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा केन्द्रतथा केन्द्र अन्तर्गतका कार्यक्रमहरु, प्याब्सन, सौर्य ऊर्जा प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्रका कम्पनी तथा सो को छाता संगठन (सिम्यान), ऊर्जा सेवा प्रदायक कम्पनीबाट ४० जना भन्दा बढीको उपस्थिति रहेको थियो । केन्द्र र जर्मन सरकार (जर्मन सहयोग नियोग अन्तर्गत KFW मार्फत) कोसहयोगमा…
