चौतारा । आगामी जेठ १३ गतेबाट सिन्धुपाल्चोकमा पोलियो रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ
पोलियो रोग विरुद्ध सुइबाट आ.पि.भि खोप अभियान सञ्चालन हुने लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पोलियो रोगलाई विश्वबाट नै उन्मुखन गर्नका लागि देशैभर यो अभियान थालनी हुन लागेको हो ।
कार्यालय प्रमुख दुर्गा बजगाईका अनुसार बालबालिकाको विवरण संकलनका लागि हरेक घर र विद्यालयमा महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक, शिक्षिका, विद्यालय नर्स र स्वास्थ्यकर्मीहरुले सम्पर्क र समन्वय गर्दैछन् ।
२०७३ साल बैशाख १ गतेदेखि २०७५ साल असोज मसान्तभित्रको समयाअवधिमा जन्मिएका बालबालिकाहरुको नाम टिपाई सही विवरण उपलव्ध गराई सहयोग गरिदिन हुन सरोकारवालाहरुलाई कार्यालय प्रमुख बजगाईले अनुरोध गर्नुभयो ।
पेलियो रोग विरुद्धको राष्ट्रिय खोप अभियानलाई सफल बनाउनका लागि सबैलाई अनुरोध गर्दछु जनस्वास्थ्य प्रमुख बजगाईले भन्नुभयो ।