लोपोन्मुख संस्कृतिको जगेर्ना गर्दै म्हसिका पुच । वितरण गर्‍यो साख ति

चौतारा । त्यसो त हरेक बैशाख अक्षय तृतीयाको दिन सर्वत र सातु खाने चलन रहँदै आएको छ । बढ्दो आधुनिकीकरण र व्यस्त जीवनका कारण पछिल्लोपटक सदियौंदेखि चल्दै आएको यो संस्कृति कतिपय ठाउँमा लोप नै भइसकेको छ । सिन्धुपाल्चोक जिल्लाकै सदरमुकाम चौतारामा पनि बटुवाहरुलाई बोलाई बोलाई सखरपानी ( सर्वत ) पिलाउने चलन थियो । समयक्रमसँगै त्यो चलन पूर्णत लोप भइककेको छ । तर शुक्रबार चौतारास्थित म्हसिका पुचले भने फेरि त्यो संस्कृतिलाई विउँताएको छ ।


शुक्रबार अक्षयतृतीयका दिन पुरानोबजारस्थित गणेश र भीमसेन मन्दिर परिसरमा पुचले साख ति अर्थात सख्खरपानी वितरण गरेको हो ।
पुचले आवातजावत गर्ने बटुवाहरुलाई सख्खरपानी वितरण गरेको छ ।


जेष्ठ नागरिक समाज सिन्धुपाल्चोका अध्यक्ष एवम् समाजसेवी माधवलाल कर्माचार्यद्वारा विधिवत उद्घाटन गरेको कार्यक्रममा सिन्धु नेवा खलका सचिव हरिगोपाल श्रेष्ठले सख्खरपानी पिलाउने प्रचलन र अक्षय तृतीयाको धार्मिक एवम् सांस्कृतिक महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो ।


पूर्व सांसद कृष्णराज श्रेष्ठ, पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतका उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता पुचकी अध्यक्ष सीता कसजू र सञ्चान उपाध्यक्ष गुणकेशरी श्रेष्ठले गर्नु भएको थियो ।


प्राचिनकालदेखि नै जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाउन चलन चल्दै आएको छ । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नका लागि जौको सातु र सर्वत सेवन फलदायी मानिन्छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्