मेलम्चीमा पत्रकारिता तालिम सुरु

Melamchi

भित्तेपत्रिका र आधारभुत पत्रकारिता तालिम मेलम्चीमा सुरु
११ जेठ, मेलम्ची । नगरपालिकाको आर्थिक सहयोगमा सनराइज सिन्धु मिडिया प्रा.लीको आयोजना मेलम्चीमा ३ दिने भित्तेपत्रिका तयारी तथा आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गरेका हुन् । उनले मन्तव्यकाे क्रममा किताबी ज्ञानसँगै शिर्जनशिलताको पनि आवश्यकता रहेको बताए । विद्यार्थीहरुसँगै धेरै प्रतिभाहरु हुने भएकाले त्यसलाई बाहिर ल्याउने एउटा माध्यमका रुपमा भित्तेपत्रिकालाई लिन सकिने तर्क गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामकाे समेत चर्चा गरेका थिए । तालिम उद्घाटनमा बाेल्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले हरेक ब्यक्तीमा भिन्न भिन्नै कला र सिप हुने भएकाले पढाईसँगै आफुमा भएका कलालाई पनि अगाडी बढाउनुपर्ने बताईन् । उनले तालिममा सिकेका कुरालाई ब्यबहारमा लागुगर्दै जाने र अन्य विद्यार्थीहरुलाई समेत सिकाउँदै गएमा क्षमता विकासमा टेवा पुग्ने बिस्वास लिएकि छिन् ।
कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै तालिका प्रशिक्षक डम्बर रसिक भारतीले विद्यार्थीका सिर्जनाहरुलाई बाहिर ल्याउने माध्यमका रुपमा विद्यालयहरुमा यस्को छुट्टै महत्व रहेको बताएका छन् । उनले आफ्ना केहि अनुभव सुनाउँदै आफ्ना सिर्जनालाई प्राथमिकता दिन समेत सुझाएका थिए । सनराइज सिन्धु मिडिया प्रा.लीका प्रबन्ध निर्देशक सागर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका २ / २ जना विद्यार्थी र १ जना शिक्षकसहित ३० जना सहभागी रहेका छन्

सिफारिस

प्रतिकृया दिनुहोस्