उद्योग वाणिज्य संघको मत परिणाम : बुद्धराज बस्नेतको अग्रता बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको मत परिणाम अनुसार बुद्धराज बस्नेतले आफ्नो अग्रतालाई कायम राखेको छ ।हालसम्म १११३ मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ। जस अनुसार अध्यक्ष पदमा ४९५ मतका साथ बस्नेत अगाडि हुनुहुन्छ भने अर्को उम्मेदवार सुमन खत्री ४१२ मतसहित पछयाईरहनु भएको छ ।अध्यक्षकै उम्मेदवार शम्भु तिमल्सिनाले हालसम्म १८१ मत प्राप्त गर्नु भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ४८८ मतका साथ उमेश प्रधानको अग्रता कायम नै छ । सूर्य बहादुर कार्की ले ३८७…
Category: समाज
बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
बागलुङ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । बस सडकबाट करिब १ सय ५० मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. ले जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ बिसौनीbisouni.com
आगालागि नियन्त्रण र उद्धारका लागि सेनाद्वारा डेमो प्रदर्शन
चौतारा । सुख्खा याम लागेसँगै आगालागिको घटना वृद्धि हुने हुँदा आगालागी नियन्त्रणका लागि इन्द्रध्वज गण चौताराले डेमो प्रदर्शन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित ब्यारेकमा गणले आगो नियन्त्रण र आगालागिमा फसेकाहरुको उद्धार कसरी गर्न सकिन्छ भनेर सोमबार डेमो प्रदर्शन गरेको हो । केही घरहरुमा आगालागि भएको र घरभित्र फसेका व्यक्तिहरुका उद्धार गर्न नेपाली सेना खटिएको दृष्य मात्र हैन आगालागि नियन्त्रण गर्न डमकलको सही प्रयोग र फसेकाहरुको उद्धार र एम्बुलेन्ससेमेतको प्रयोग गरेर डेमो प्रदर्शन गरिएको थियो । डेमो प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य लगायत सरकारी…
चौताराको व्यस्त बजारमा चोरी ! रित्तियो जि.आर सुन पसल
चौताराको व्यस्त बजारमा चोरी ! रित्तियो जि.आर सुन पसलचौतारा ! सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित एक पसलमा चोरी भएको छ ।आइतबार राति सदरमुकाम चौताराको मुख्य बजारमा रहेको जि.आर सुनचाँदी पसल रित्तो नै हुनेगरी चोरी भएको हो ।पसलमा रहेको करिब १०तोला सुन र ३ किलो चाँदी चोरी भएको पसलका प्रोपाइटर गम्भीर रानाले बताए ।माथिल्लो तल्लामा ग्लोबल आइएमइ बैंकसमेत रहेको घरको मूल च्यानल गेटको ताल्चा फोडि चोरहरु भित्र पसि पसलको साइड सटरमा रहेको ताल्चासमेत फोडेर चोरी गरेको बताइएको छ ।मूल सडकको दृश्य देखिने गरि पसलधनी राना आफैले जडान गरेको…
साइबर क्राइमको आरोपमा चौतारा साँगाचोकगढीका सुमन खत्री पक्राउ
नाबालिकाको चरित्रहत्या गर्ने चौतारा साँगाचोकगढीका सुमन खत्री पक्राउ काठमाडौं । नाबालिकाको चरित्रहत्या गरी दुःख दिएको आरोपमा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ का २२ वर्षीय सुमन खत्री पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ गोल्खुपाखामा बस्दै आएका उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले गोल्खुपाखा, ठमेलबाट फागुन १७ गते पक्राउ गरेक बताइएको छ । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाले पोष्ट गरेको फोटो डाउनलोड गरी विभिन्न फेक आई डी बनाएर चरित्रहत्या गरेको आरोप उनीमाथि छ ।आफ्नो परिचय लुकाउन भिपिएनको समेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको…
सिलाईमा सीप अभिवृद्धि गर्दै सञ्जाल । एउटै व्यक्तिले सबै तालिम नलिनुहोस – उपमेयर थापा
सिलाईमा सीप अभिवृद्धि गर्दै व्यवसायी । एउटै व्यक्तिले सबै तालिम नलिनुहोस – उपमेयर थपा चौतारा । आधारभूत सिलाईकटाईको तालिम लिएर व्यवसायमा रहेका महिलाहरुका लागि दक्षता अभिवृद्धि तालिम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडास्तरिय महिला सञ्जालद्वारा आयोजित ४५ दिने लेबल टु कक्षा तयारीे तालिम शनिबार सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले हरेक तालिममा एउटै अनुहारको मात्र सहभागिता रहेको भन्दै एउटा व्यक्ति एउटा तालिममा मात्र सहभागि हुनुपर्ने बताउनुभयो । उपमेयर थापाले एउटै व्यक्ति हरेक तालिममा सहभागि हुनुभन्दा आफूले लिएको…
म्याकुरीलाई मुड्की हान्ने वाइबा सिन्धुपाल्चोकबाट पक्राउ
काठमाडौँ । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरीले उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो । मुद्दा दर्ता भए लगत्तै उनी फरार थिइन् बिसौनीbisouni.com
अख्तियारले डामेपछि प्रदेश सभा सदस्य निलम्बित
लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि यादव स्वतः निलम्बन भएका हुन् । प्रदेश सभा सदस्य प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीतर्फ कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित यादवसमेतलाई प्रतिवादी बनाई आयोगले विशेष अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो । वन पैदावार बिक्री गरेर राज्यकोषमा हानीनोक्सानी पुर्याएको आरोपमा यादवलगायतविरुद्ध मुद्दा दायर भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम उक्त ऐन अन्तर्गतको कसूरको आरोपको सम्बन्धमा कुनै व्यक्ति…
सूचना संप्रेषणमा कुनै विलम्व हुने छैन – प्रहरी उपरीक्षक खड्का
सिन्धुपाल्चोक संभावना नै संभावना बोकेको जिल्ला भएको भन्दै यसलाई सारर्थकतामा पु¥याउनका लागि शान्ति सुरक्षा, अमनचयन र अपराध नियन्त्रणले महत्वपूर्ण भूमिका खेल्ने प्रष्ट पार्नुभयो । चौतारा । सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लामा घटित कुनै पनि घटनाहरुको सूचना तत्काल सञ्चारकर्मीलाई उपलव्ध गराइने प्रतिवद्धता जाहेर गर्नुभएको छ । राष्ट्रको चौथौं अंगको रुपमा रहेको सञ्चारजगतको शसक्ततालाई आफूले सम्मानका साथ हेर्ने गरेको बताउँदै एसपी खड्काले जिल्लाको शान्ति सुरक्षा, अमनचयन स्थापना र अपराध नियन्त्रणका लागि सञ्चारकर्मीहरुको भूमिका पनि उल्लेखनीय रहने गरेको भन्दै सञ्चारकर्मीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको हो । विशेष ब्यूरो…
सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई महिलाको निधन
सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई महिलाको निधनसिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।बाह्रबिसे नगरपालिका वडा न ७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।बाह्रबिसेतर्फबाट जाँदै गरेको बा १२ च ४९९१ नम्बरको बोलेरो जीप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो ।इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीका अनुसार चालक बिक्रम थापासहित बाह्रबिसे–७ कै गोपाल थापा, खड्गकुमारी श्रेष्ठ, पुष्कर थापा गरि ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको…
