उद्योग वाणिज्य संघको मत परिणाम : बुद्धराज बस्नेतको अग्रता

उद्योग वाणिज्य संघको मत परिणाम : बुद्धराज बस्नेतको अग्रता

बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनको मत परिणाम अनुसार बुद्धराज बस्नेतले आफ्नो अग्रतालाई कायम राखेको छ ।
हालसम्म १११३ मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ।

जस अनुसार अध्यक्ष पदमा ४९५ मतका साथ बस्नेत अगाडि हुनुहुन्छ भने अर्को उम्मेदवार सुमन खत्री ४१२ मतसहित पछयाईरहनु भएको छ ।
अध्यक्षकै उम्मेदवार शम्भु तिमल्सिनाले हालसम्म १८१ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ४८८ मतका साथ उमेश प्रधानको अग्रता कायम नै छ । सूर्य बहादुर कार्की ले ३८७ मतका साथ पछाइरहनु भएको छ भने वरिष्ठ उपाध्यक्षकै अर्का उम्मेदवार बिदुरप्रसाद पाराजुली जम्मा १९४ मत प्राप्त गर्नुभएको छ।

कूल १९२४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्