चौतारा साँगाचोकगढीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौतारा साँगाचोकगढीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौतारा साँगाचोकगढीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका आर्थिक वर्ष २०८०/ ०८१ सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षभित्र नगरपालिकाद्वारा भए गरेका कार्य सम्पादन र सेवा प्रवाहको स्थिति बारे जनगुनासो, सुझावहरु संकलन गर्ने उदेश्यले झुल्का मिडिया प्रालिको समन्वयमा भएको कार्यक्रममा स्थानीयहरुले विविध विषयमा सवाल उठाएका थिए ।
चौताराका रविन्द्र श्रेष्ठले चौतारा भोताङ मोटरबाटो, चौतारा अस्पाताल, अव्यवस्थित बसपार्क लगायतका विषयमा प्रश्न राखेका थिए । सञ्चारकर्मी विजय नेपालले मिनी टेलर अनियमिता भएको, पर्यटन प्रवद्र्धनमा भूत छाङ्गालाई बेवास्ता गरेको जस्ता विषय उठान गरेका थिए ।
दिनेश थापा, हरिकुमार श्रेष्ठ, कमला पाख्रिन, दीपक खत्री, राजेन्द्र श्रेष्ठ लगायतले नगरपालिकाकाद्वारा सर्वसाधरणको आत्मअनूभूति हुन सक्ने कार्य नभएकोप्रति गुनासा मात्र गरेनन् सुझावसमेत प्रस्तुत गरे ।
उठेका सवालहरुको जवाफ मेयर कृष्णप्रसाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जवाफ दिनका साथै प्राप्त सुझावहरुलाई आत्सात गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा उपमेयर सीता थापाले सार्वजनिक सुनुवाईको महत्व र औचित्यमाथि प्रकाश पारेकी थिइन् भने कार्यक्रम सञ्चारकर्मी टीका दाहाल र विदुर आचार्यले सञ्चालन गरेका थिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्