सूचना संप्रेषणमा कुनै विलम्व हुने छैन – प्रहरी उपरीक्षक खड्का

सूचना संप्रेषणमा कुनै विलम्व हुने छैन – प्रहरी उपरीक्षक खड्का

सिन्धुपाल्चोक संभावना नै संभावना बोकेको जिल्ला भएको भन्दै यसलाई सारर्थकतामा पु¥याउनका लागि शान्ति सुरक्षा, अमनचयन र अपराध नियन्त्रणले महत्वपूर्ण भूमिका खेल्ने प्रष्ट पार्नुभयो ।

चौतारा । सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लामा घटित कुनै पनि घटनाहरुको सूचना तत्काल सञ्चारकर्मीलाई उपलव्ध गराइने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

राष्ट्रको चौथौं अंगको रुपमा रहेको सञ्चारजगतको शसक्ततालाई आफूले सम्मानका साथ हेर्ने गरेको बताउँदै एसपी खड्काले जिल्लाको शान्ति सुरक्षा, अमनचयन स्थापना र अपराध नियन्त्रणका लागि सञ्चारकर्मीहरुको भूमिका पनि उल्लेखनीय रहने गरेको भन्दै सञ्चारकर्मीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको हो ।

विशेष ब्यूरो राजनीतिक अन्वेषण शाखा नक्साल, काठमाण्डौंबाट सरुवा भई सिन्धुपाल्चोक आउनु भएका एसपी खड्का र सञ्चारकर्मीहरुको परिचयात्मक भेटघाटको कार्यक्रममा उहाँले जनतालाई सुरक्षाको अनुभूति गराउनु नै आफ्नो परमकर्तव्य भएको बताउनुभयो । जनताको सुरक्षाका लागि कुनै कसर बाँकी राखिने छैन – उहाँले भन्नुभयो ।

उहाँले सिन्धुपाल्चोक संभावना नै संभावना बोकेको जिल्ला भएको भन्दै यसलाई सारर्थकतामा पु¥याउनका लागि शान्ति सुरक्षा, अमनचयन र अपराध नियन्त्रणले महत्वपूर्ण भूमिका खेल्ने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, सचिव विदुर आचार्य,ध्रुव दंगाल, विदुर गिरी, विजय नेपाल, निर्मल बस्नेत, कमला पाख्रिन, सम्झना कार्की लगायतका सञ्चारकर्मीहरुले जिल्लाको वस्तुस्थिति, शान्ति सुरक्षा, अपराध नियन्त्रण र सञ्चारकर्मीहरुसँगको सहकार्यका विषयमा आआफ्ना भनाईसँगै सुझाव ध्यानाकर्षण गरेका थिए । (तस्वीर : निर्मल बस्नेत)

सिफारिस

प्रतिकृया दिनुहोस्