क्यान्सर पीडित कवि न्यौपानेको कविता संग्रह आफ्नै उपचारका लागि विमोचन हुदैजेठ–१७, काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाण्डौंमा विमोचन गरिने भएको छ । करिव दुई वर्षदेखि क्यान्सर रोगसंग लडिरहेका कवि न्यौपानेको उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्बजानिक गर्न लागिएको हो । ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नु पर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु…
Category: समाज
सुनकोसीले गर्यो पहिलोपटक सार्वजनिक सुनुवाई, स्थानीयको गुनासा बग्रेल्ति
भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् । ठोकर्पा । स्थानीय सरकारले न्यूनतमा गर्नुपर्ने कार्य पनि लामो समयदेखि गर्न नसक्दा स्थानीयहरुमा कस्तो प्रभाव पर्दो रहेछ भन्ने सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमले प्रमाणित गरिदिएको छ । स्थानीय सरकारको पहिलो कार्यकालको प्रारम्भ अर्थात २०७४ सालदेखि नै भएता पनि गाउँपालिकाले कुनै पनि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्न नसक्दा स्थानीयहरुमा असन्तुष्टि र गुनासोको चाङ नै थुप्रिएको थियो । तर आठवर्षपछि सो पालिकाले पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रमको…
विरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउने झाँक्रीहरुको प्रतिबद्धता
विरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउने झाँक्रीहरुको प्रतिबद्धताचौतारा । रोगका कारण थला परेर झारफूक गर्न आउने विरामीहरुलाई स्वास्थ्य संस्थामा जानका लागि सल्लाह दिने धामी झाक्रीहरुले प्रतिबद्धता जाहेर गरेकस छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न ३, बतासे, खालेका नामुद झाँक्रीहरुले उपचारका लागि आफूहरूकहाँ धाउन आउने बिरामीलाई स्वास्थ्य संस्था नै जान सिफारिस गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित सचेतनामूलक अभिमुखी कार्यक्रम पश्चात खालेका १७ जना धामी झाँक्रीहरुले घरमा सुत्केरी हुने र अन्य विरामीहरुलाई झारफुक पश्चात् स्वास्थ्य संस्थामा प्रेषित गर्ने प्रतिबद्धता जाहेर गरेको स्वास्थ्य प्रमुख शिव…
१३ गतेवाट पाेलियाे राेग बिरुद्धकाे खाेप दिइदै , १४ हजार वालवालिका समेट्ने लक्ष्य
१३ गतेवाट पाेलियाे राेग बिरुद्धकाे खाेप दिइदै , १४ हजार वालवालिका समेट्ने लक्ष्य९ जेठ २०८१), चाैतारा। सिन्धुपाल्चोक जिल्लामा जेठ १३ देखि १७ गते सम्म पोलियो रोग विरुद्धको आई.पि.भी.खोप अभियान सञ्चालन हुने भएको छ । २०७३ बैशाख महिना देखि २०७६ असोज महिनासम्म जन्मिएका बालवालिकाहरुलाई सिन्धुपाल्चोक जिल्ला भर १४ हजार ९ सय १२ जनालाई पोलियो रोग विरुद्धको खोप लगाईने लक्ष्य रहेको छ । जसकाे सम्पूर्ण तयारी पूरा भइसकेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला समन्वय समितिकाेसभाहलमा बुधावार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनमा पोलियो रोग विरुद्ध आई पि भी खोप अभियान २०८१ सम्बन्धी…
चनौटे-थापाटार-इचोक- कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास
चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको आज शिलान्यास गरिएको छ ।हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागी स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गर्नुभयो । निर्माण व्यवशायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने जिम्मा स्थानीयको भएकाले आवश्यक सहयोगको लागी आग्रह गर्नुभयो । मन्त्री दुलालले हेलम्बुमा सडक विकासको प्रारम्भ भएकाले अब विकासको कामले गतिलिने बताउनुभयो ।प्रदेशले…
वेदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको अवस्था बारे सरोकारवालाको चासो
चौतारा । बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको समस्या बढ्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शुक्रबार बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन ः एकीकरण कार्यक्रम – २०७९ को प्रभावकारी, समावेशी र दीगो कार्यान्वयन विषयक एक अन्तरकृयात्मक कार्यक्रममा उनीहरुले बैदेशिक रोजगारीबाट फर्केका महिलाहरुको समस्या र आर्थिक विकासका लागि स्थानीय सरकार मौन रहेको प्रति दुखेसो व्यक्त गरे ।एकातिर वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन ः एकीकरण कार्यक्रम २०७९ कार्यान्वयनमा स्थानीय सरकार उदासिनता रहेको र अर्कोतिर विदेशबाट फर्किएका आदिवासी जनजाति महिलाहरुमा सामाजिक, आर्थिक र मानसिक समस्या बढ्दै गएको उनीहरुले निचोड सुनाए ।बैदेशिक…
रासायनिक विषादी न्यूनीकरणका लागि जनस्वास्थ्यको चासो
चौतारा । दैनिक उपभोग गर्ने तरकारी र फलफूलमा रसायनिक विषादीको प्रयोग पछिल्लो समय बढ्दो छ। नेपालमा कृषि व्यावसायीकरणसँगै बढ्न गएको विषादीको आयात, किनबेच र प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव बढ्न थालेपछि जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले विषादी प्रयोग न्यूनिकरणका लागि गम्भीर चासो दिएको छ ।फलफूल, तरकारी र खाद्यान्नमा विषादीको प्रयोगले जनस्वास्थ्यमा परेको प्रत्यक्ष असर र विषादी प्रयोग न्यूनीकरण गर्नका लागि कार्यालयले सरोकारवालहरुबीच अन्तरकृयात्मक बैठकको आयोजना गरेको हो । विहीबार कार्यालयद्वारा जिल्ला समन्वय समिति सिन्धुपाल्चोक चौताराको सभाहलमा आयोजित सरोकारवालाहरुसँगको सहकार्यमा पोषण प्रवद्र्धन तथा विषादी न्यूनिकरण सम्वन्धि बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका…
नर्सिङडाँडा हत्याकाण्डमा सहादत प्राप्त सहिदलाई सम्झँदै ठूलोसिरुबारीबासी
नर्सिङडाँडा हत्याकाण्डमा सहादत प्राप्त सहिदलाई सम्झँदै ठूलोसिरुबारीबासी ठूलोसिरुवारी । जनयुद्धको क्रममा तत्कालीन शाही सेनाद्वारा हत्या गरेका ६ जना सहिदको सम्झना आज स्मृति दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३ स्थित नर्सिङडाँडामा तत्कालीन शाही सेनाले स्थानीय शिवहरी गौतम, टिकादत्त दुलाल, भक्तलाल दुलाल, झलकबहादुर दुलाल , गणेश दुलाल र छिरिङ तामाङको सामूहिक हत्या गरेको थियो । २०५९ बैशाख १८ गते शहादत प्राप्त तिनै ६ सहीदको सम्झना र सम्मानमा आज हत्या भएकै स्थान नर्सिङडाँडामा स्मृति दिवस मनाइएको हो । माओवादी केन्द्र, चौतारा साँगाचोकगढी नगरपालिका १३ नम्बर वडा कमिटीद्वारा आयोजित कार्यक्रममा…
डडेलो लगाउँदै गर्दा मिलन लामा पक्राउ
डडेलो लगाएको आरोपमा मिलन लामा पक्राउचौतारा । वनमा डढेलो लगाउँदै गरेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई जलविरे प्रहरीले पक्राउ गरेको हो।जानाजानी वनमा डढेलो लागाउने गरेता पनि डढेलो लगाएकै आरोपमा सिन्धुपाल्चोकमा पहिलोपटक लामा पक्राउमा परेका हुन् । आइतबार दिउँसो करिब २ बजेतिर सेल्ताप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले लामालाई रंगे हात पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकबाट ५ दिने म्याद थपको आदेशसहित हिरासतमा राखिएको प्रहरीले जनाएको छ । यता डिभिजन वनले पनि थप अनुसन्धान…
इष्टर महोत्सवलाई सम्वोधन गर्दै मेयर सापकोटाले आस्थालाई विज्ञानसँग जोड्न आग्रह गरे
इष्टर महोत्सवलाई सम्वोधन गर्दै मेयर सापकोटाले भने आस्थालाई विज्ञानसँग जोड्नुस चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफू कुनै पनि धर्मको पक्षमा नरहेको खुलासा गर्नु भएको छ । सबै धर्मप्रति मेरो सम्मान छ तर म आफू कुनै पनि धर्मको पक्षमा भने छैन मेयर सापकोटाले भन्नुभयो । चौतारा बजार परिक्रमा गर्दै क्रिश्चयन धर्मावलम्बीहरुले निकालेको ¥याली टँुडिखेल पुगेपछि सभामा परिणत भएको थियो । सो सभालाई सम्वोधन गर्दै मेयर सापकोटाले आफूले चाहेको धर्मप्रति आस्था राख्न पाउने छुट सबैलाई भएको र संविधानले पनि सोही अनुसार व्यवस्था गरेका कारण सहिष्णुताका साथ आफ्नो धार्मिक अधिकारको…
