जिल्लाकै पहिलो सिए रमेश धितालद्वारा सिद्धिगणेश माध्यमिक विद्यालयको शैक्षिक समृद्धिका लागि अक्षयकोषको स्थापना गर्नुभएको छ । जिल्लाको विभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग गर्दै आउनु भएका धितालले शुक्रबार सिद्धिगणेशको २६ औं बार्षिकोत्सव समारोहमा अक्षयकोष स्थापनfको घोषणा गर्नुभएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ नेपाने निवासी रमेश धितालले एक लाख २० हजारको अक्षयकोष स्थापना गरिदिनु भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उहाँले १ लाख २० हजारको अक्षयकोष स्थापना गर्नु भएको हो ।शुक्रबार विद्यालयको ६२ औं बार्षिकोत्सवको अवसरमा समाजसेवी धितालले अक्षयकोषका…
Category: समाज
व्यवसायी विनोद चौधरीका भाइ अरुण पक्राउ
काठमाडौं, १८ माघ । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई पक्राउ गरेको हो । काठमाडौंस्थित आफ्नै निवासबाटै उनी पक्राउ परेका हुन् । उनको पक्राउबारे औपचारिक रुपमा प्रहरीले जानकारी नदिए पनि बाँसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरणलमा पक्राउ गरिएको बताइएको छ । बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो । विनोद चौधरीले यसरी हत्याएका थिए १० रोपनी सरकारी जमिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विनोद चौधरीका कान्छा भाइ अरुणका नाममा अदालतको आदेशबमोजिम पक्राउ पुर्जी जारी गरेको छ ।…
अध्यक्ष ओलीबाट पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन हुने
अध्यक्ष ओलीबाट पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन हुनेचौतारा । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिबाट हुने भएको छ । स्थानियता झल्काउने नवनिर्मित भवनको अध्यक्ष ओलिबाट यही माघ १७ गते बुधबारको दिन उद्घाटन हुने गाउँपालिकाले जनाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ६ मा निर्मित भवनको विहान १० बजे एक समारोहकाबीच अध्यक्ष ओलिबाट उद्घाटन हुने पालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । (तस्वीर : ( देवराज सुवेदी ) बिसौनीbisouni.com
स्वाभिमानी बहुउदेश्य सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्न
स्वाभिमानी बहुउदेश्य सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्नचौतारा । चौतारा साँगाचोकगढी नगरपालिकास्थित स्वाभिमानी बहुउदेश्य सहकारी संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सहिद स्मृति भवन चौतारामा भएको साधारणसभाको चौतारा साँगाचोकगढी नगरपालिका आर्थिक संयोजक गणेश विक र वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा संयोजक विकले विपन्नहरुको आर्थिक समृद्धि र विकासमा टेवा पु¥याउने उदेश्यले सुरु भएको सहकारीको अभियान हाम्रो जस्तो विपन्नताले गाँजिएको मूलुकमा अझ झन प्रभावकारी रहेको बताउनुभयो । सहकारीको मूल मर्मलाई आत्मसात गर्न सके समृद्धिका ढोकाहरु एकपछि अर्को गर्दै खुुल्दै जाने…
मेयर सापकोटा र चिनियाँ प्रतिनिधि मण्डलबीच भेटवार्ता, आपसी सहयोगको प्रतिबद्धता
मेयर सापकोटा र चिनियाँ प्रतिनिधि मण्डलबीच भेटवार्ता, आपसी सहयोगको प्रतिबद्धता चौतारा। नेपालका लागि चिनियाँ दूतावासका काउन्सिलर वाङ्सी र चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा बीच भेटवार्ता भएको छ।चिनियाँ सरकारको लगानीमा बन्दै गरेको चौतारा अस्पतालको अवलोकन गर्न आइपुग्नु भएका वाङ्सीले मेयर सापकोटालाई बन्दै गरेको चौतारा अस्पतालको बारेमा ब्रिफिङ गर्नुभएको थियो। उहाँले सिन्धुपाल्चोक जिल्लामा चिनियाँ सरकारबाट ३ ठूलाठूला आयोजनाहरू बन्दै गरेको जानकारी दिँदै सिन्धुपाल्चोकबासीहरूबाट ती आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो काउन्सुलर वाङ्सीले नेपाल चीनबीचको सम्बन्ध प्रगाढ रहँदै आएको र अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। चौतारा साँगाचोकगढी वडा…
तेह्रथुममा भएको टिपर दुर्घटनामा चौताराका साजु श्रेष्ठको निधन
चौतारा । तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका वडा न ९, काँडेमा टिपर दुर्घटना हुँदा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी वडा न ५ पुरानो बजारका साजु श्रेष्ठसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु ३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी टिपरमा सवार झापाको मेची नगरपालिका वडा न १५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा न ५ चौताराका १९ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठ विगत केही समयअघि डोजर अपरेटको रुपमा काम गर्न संखुवासभा गएका थिए । प्रहरीका अनुसार, मादी नगरपालिका(४ संखुवासभा…
मेलम्ची सडक दायाँबायाँको अस्थायी संरचना हटाउने
मेलम्ची । मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना हटाउने भएको छ । मेलम्ची नगरपालिकाले सडक दायाँबायाँको भर्याङ, बार्दली, कौसी र सडक पेटी लगायतको अस्थायी संरचना हटाउन लागेको हो । मेलम्ची बजारको वडा नं ११ स्थित मेलम्ची खानेपानीको साइट कार्यालय देखि मेलम्ची बजार , होटल रिभर साइड इन सम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थाई संरचना हटाउने नगरपालिकाले जनाएको छ ।३५ दिने सूचना जारी गर्दै नगरपालिकाले सम्बन्धित घरधनीलाई अस्थायी संरचना हटाउन आग्रह गरेको छ । सूचनालाई बेवास्ता गरि त्यस्ता संरचना ३५ (पैंतीस) दिन भित्र नहटाईएमा स्थानीय सरकार संचालन…
सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाइयो, क्षतिपूर्ति पनि भर्नुपर्ने
किशोरी बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । आज न्यायाधीश शिशिरराज ढकालको इजलासले सो सजाय तोकेको हो । अदालतले सन्दीपबाट पीडित किशोरीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । सन्दीपविरुद्धको मुद्दामा ढकालकै इजलासले पुस १३ गते दोषी ठहर गरेको थियो । फैसलामा उनले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको उल्लेख छ । यसैबीच फैसला चित्तबुझ्दो नभएको भन्दै सन्दीप उच्च अदालत जाने भएका छन् । उनका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र…
संभावित जोखिम बारे ध्यान दिऔं – प्रजिअ आचार्य
निर्मल बस्नेत (२०८० पाैष २५) सिन्धुपाल्चोक जिल्लाकाे प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जलबायु परिवर्तनसंगै हुजे सितलहर, हिमपात र जाडाेकाे कारण हुन सक्ने संभावित जाेखिमकाे बारेमा बिशेष ध्यान दिनुपर्ने बताएका छन् । प्रजिअ आचार्यले जिल्ला बिपद् ब्यवस्थापन समितिकाे बैठककाे अध्यक्षता गर्दै समिति समक्ष यस्तो भनेका हुन् । उनले स्थानीय र जिल्ला बिवद् व्यवस्थापन समितिकाे समन्वय सहितको आपसी तालमेल निरन्तर रहनुपर्ने र साेकाे लागि स्थानीय तहले बिशेष ख्याल गर्नुपर्ने कुरामा जाेड दिएका छन् । मंगलबार सम्पन्न बैठकमा बिपद् पुर्व अनुमान पूर्व सुचना प्रणाली , प्रतिकार्य याेजनाकाे बारेमा केन्द्रित रहेर छलफल भएकाे थियाे…
व्यवसायी मैत्री कानुन निर्माण गदैछौँ – मन्त्री चित्रकार
निर्मल बस्नेत चौतारा, २०८० पौष ४, वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताएका छन् । नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रममा बोल्दै मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको दाबी गरेका छन् । मन्त्रीले भने हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई…
