साइबर क्राइमको आरोपमा चौतारा साँगाचोकगढीका सुमन खत्री पक्राउ

साइबर क्राइमको आरोपमा

नाबालिकाको चरित्रहत्या गर्ने चौतारा साँगाचोकगढीका सुमन खत्री पक्राउ

काठमाडौं । नाबालिकाको चरित्रहत्या गरी दुःख दिएको आरोपमा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ का २२ वर्षीय सुमन खत्री पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२६ गोल्खुपाखामा बस्दै आएका उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले गोल्खुपाखा, ठमेलबाट फागुन १७ गते पक्राउ गरेक बताइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाले पोष्ट गरेको फोटो डाउनलोड गरी विभिन्न फेक आई डी बनाएर चरित्रहत्या गरेको आरोप उनीमाथि छ ।
आफ्नो परिचय लुकाउन भिपिएनको समेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

फेक आडडीबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्नुका साथै उनले नाबालिका तथा नाबालिकाकी दिदी र साथीहरु लगायतलाई अश्लिल तस्वीर, भीडियो, फेसबुक म्यासेन्जरमा पठाउने गरेका थिए ।

चरित्र हत्या गरी दुः ख दिएको भन्दै नाबालिकाको काकाले दिएको निवेदनका आधारमा उनलाई अनुसन्धान गरी पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ ।

पक्राउ परेका खत्रीलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्