मेलम्ची भ्यालि क्याम्पसमा बाम विद्यार्थीको जीत

मेलम्ची भ्यालि क्याम्पसमा बाम विद्यार्थीको जीत
हेलम्बु । आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मेलम्ची भ्यालि क्याम्पस हेलम्बुमा बाम विद्यार्थी गठवन्धनको जीत भएको छ ।
अनेरास्ववियु अखिल प्यानलका पवन कुमार लामिछानेले ७० मतसहित सभापतिमा विजयी भएका छन भने निकट्तम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका रणजीत कार्कीले ५१ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिव, कोषाध्यक्षमा क्रमशः राजन गिरी, प्रदिप गुरागाईँ विजयी भएका छन् भने सदस्यहरुमा गोकूल लामिछाने र सरिता जोति विजयी भएका छन् ।
सचिवमा विजयी गिरिले ७२ मत पाउँदा नेवि संघका तर्फबाट सचिव उम्मेद्वार बनेका आइति तामाङले ४९ मत पाएका छन् । कोषाध्यक्षमा अखिल प्यानलका गुरागाईँले ७२ मत प्राप्त गरे भने भावना लामिछानेले ४९ मत प्राप्त गरेका छन् । सदस्यहरुमा विजयी लामिछाने र जोतिले क्रमश ः७१ र ६८ मत प्राप्त गर्दा नेविसंघका एलिसा थापा र दीपा लामिछानेले ५३ र ४८ मत प्राप्त गरेका छन् । अखिल प्यानलका सुन्तली तामाङ भने निर्विरोध निर्वाचित भएका छन्
यो क्याम्पसमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विद्यार्थीबीच तालमेल भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्