सिलाईमा सीप अभिवृद्धि गर्दै व्यवसायी । एउटै व्यक्तिले सबै तालिम नलिनुहोस – उपमेयर थपा
चौतारा । आधारभूत सिलाईकटाईको तालिम लिएर व्यवसायमा रहेका महिलाहरुका लागि दक्षता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडास्तरिय महिला सञ्जालद्वारा आयोजित ४५ दिने लेबल टु कक्षा तयारीे तालिम शनिबार सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले हरेक तालिममा एउटै अनुहारको मात्र सहभागिता रहेको भन्दै एउटा व्यक्ति एउटा तालिममा मात्र सहभागि हुनुपर्ने बताउनुभयो ।

उपमेयर थापाले एउटै व्यक्ति हरेक तालिममा सहभागि हुनुभन्दा आफूले लिएको एउटै तालिममा दक्षता हासिल गर्दे आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुन अनुरोध गर्नुभयो ।

पछिल्लोचरण जे तालिम आए पनि एउटै व्यक्तिले दोहो¥याई तह¥याई तालिम लिँदा अन्य व्यक्तिहरु तालिमबाट बञ्चित भएको उहाँको कथन थियो ।

उहाँले के परिणाम आयो भनेर जनताले आफूलाई सोध्ने गरेको र आफूले यी र यस्ता कार्यक्रमबाट के परिणामा आयो भनेर आयोजकले सोध्नुपर्ने भएकाले कुनै पनि कार्यक्रम परिणाममूखी हुनुपर्नेमा जोड दिनुभयो । चौतारा सााँगाचोकगढी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष शिव श्रेष्ठले तालिम प्राप्त गरेपछि त्यसलाई कार्यान्वयन गर्दै आयआर्जनमा जोड्न आग्रह गर्नुभयो ।


नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले महिला आत्मनिर्भर र आयआर्जनका लागि सिलाईकटाई व्यवसाय प्रभावकारी हँुदै आएको बताउनुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगर कार्यपालिक सदस्य सानुमाया गुरुङ, वडा ५ का वडा सदस्य कोमलबहादुर श्रेष्ठ, नगर सञ्जालकी उपाध्यक्ष रीना श्रेष्ठ लगायतका वक्ताले सीप प्रवद्र्धनको मर्म अनुसार अगाडि बढ्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

सञ्जालकी अध्यक्ष गंगा लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख थापा र वडा अध्यक्ष श्रेष्ठले सहभागिहरुलाई तालिमको प्रमाणपत्र प्रदान गर्नुभयो ।
सञ्जालकी कोषाध्यक्ष शर्मिला सेन्चुरीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष रश्मी सिलवालले गर्नु भएको थियो ।




