१३ गतेवाट पाेलियाे राेग बिरुद्धकाे खाेप दिइदै , १४ हजार वालवालिका समेट्ने लक्ष्य
९ जेठ २०८१), चाैतारा। सिन्धुपाल्चोक जिल्लामा जेठ १३ देखि १७ गते सम्म पोलियो रोग विरुद्धको आई.पि.भी.खोप अभियान सञ्चालन हुने भएको छ । २०७३ बैशाख महिना देखि २०७६ असोज महिनासम्म जन्मिएका बालवालिकाहरुलाई सिन्धुपाल्चोक जिल्ला भर १४ हजार ९ सय १२ जनालाई पोलियो रोग विरुद्धको खोप लगाईने लक्ष्य रहेको छ । जसकाे सम्पूर्ण तयारी पूरा भइसकेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला समन्वय समितिकाेसभाहलमा बुधावार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनमा पोलियो रोग विरुद्ध आई पि भी खोप अभियान २०८१ सम्बन्धी जिल्ला स्तरीय पूर्ण खोप दिगोपना समन्वय समिति तथा सरोकारवालहरुको बैठक सम्पन्न भएको हो ।
जनस्वास्थ्य कार्यालयले पोलियो रोग रोकथामको लागि आई पि भी खोप अभियान तयारी तीव्र गतिमा अगाडी बढाएको छ । तयारीकाे क्रममा खाेपकर्मीहरुलाई तालिम र स्वायम्सेबकहरुलाई अभिमुखिकरण सम्पन्न गरेकाे छ । बालबालिकालाई पोलियो रोग लाग्नबाट बचाउनको लागि खोप अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले बताएकी छन । २०७३ वैशाख देखि २०७५ असोज महिना सम्म जन्मिएका बालबालिकाले खोप नपाएको हुँदा यस पटक जिल्लाका १२ वटै स्थानीय तहमा रहेकाे सम्पूर्ण बिद्यालयहरुमा खोप केन्द्र सञ्चालन गरि बालबालिकालाई खोप लगाइने उनकाे भनाइ छ । जसकाे लागि हालसम्म १० हजार ६ सय ६९ जना बिद्यालय क्षेत्रका वालवालिका सम्पर्क रहेकाे छ ।
जिल्लाका सवै बालबालिकालाई नछुटाई खोप लगाउनु पर्नेमा जोड दिइएको छ । धेरै जसो बालबालिका विद्यालयमा भेटिने हुँदा त्यसलाई बढी प्राथमिकता दिनु पर्ने भन्दै विद्यालय बाहिर रहेकाहरू ६९ जना लाई पनि खोपको पहुँचमा ल्याइने भएकाे छ । छुटपुटकाे खाेजी गरि स्वास्थ केन्द्रमा जाेडाईदिन जनस्वास्थ्य प्रमुख बजगाईंले सराेकारवालाहरु समक्ष आग्रह गरेकी छिन् ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारी, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रुमख प्रशासकीय अधिकृत पोषण लामिछाने, शिक्षा विकास तथा समन्वय ईकाइ सिन्धुपाल्चोकका प्रमुख कृष्ण प्रसाद सुवेदी र चौतारा अस्पताल सिन्धुपाल्चोकका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारी नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठ , सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका मानार्थ उपाध्यक्ष उजारसिं तामाङ लगाएत जनप्रतिनिधि जिल्ला स्थित सरकारी तथा गैर सहकारी संस्थाका प्रमुख,प्रतिनिधि लगाएत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
स्मरण रहाेस् देशभरका जम्मा लक्षित बालवालिकाहरुको संख्या १४ लाख ६२ हजार ७ सय १२ जना रहेका छन ।