नर्सिङडाँडा हत्याकाण्डमा सहादत प्राप्त सहिदलाई सम्झँदै ठूलोसिरुबारीबासी

नर्सिङडाँडा हत्याकाण्डमा सहादत प्राप्त सहिदलाई सम्झँदै ठूलोसिरुबारीबासी

ठूलोसिरुवारी । जनयुद्धको क्रममा तत्कालीन शाही सेनाद्वारा हत्या गरेका ६ जना सहिदको सम्झना आज स्मृति दिवस मनाएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३ स्थित नर्सिङडाँडामा तत्कालीन शाही सेनाले स्थानीय शिवहरी गौतम, टिकादत्त दुलाल, भक्तलाल दुलाल, झलकबहादुर दुलाल , गणेश दुलाल र छिरिङ तामाङको सामूहिक हत्या गरेको थियो ।

२०५९ बैशाख १८ गते शहादत प्राप्त तिनै ६ सहीदको सम्झना र सम्मानमा आज हत्या भएकै स्थान नर्सिङडाँडामा स्मृति दिवस मनाइएको हो ।

माओवादी केन्द्र, चौतारा साँगाचोकगढी नगरपालिका १३ नम्बर वडा कमिटीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि, माओवदी केन्द्रका केन्द्रीय सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

शहादत प्राप्त ६ सहिदलाई सम्झँदै मेयर सापकोटाले सहिदको बलिदानलाई सम्मान गर्दै, पदचापलाई पछ्याउँदै सहिदकै उत्सर्गबाट प्राप्त संवैधानिक अधिकारलाई कार्यान्वयन गर्दै अगाडी बढ्नु पर्ने बताउनुभयो ।
उहाँले प्रचण्ड नेतृत्वको सरकारले सबै सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्दै राजपत्रमा समेत सूचिकृत गर्न सफल भएको भन्दै सहिदको बाँकी सपना पनि क्रमश : पूरा हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक गोबिन्द पराजुलीले संघर्षपश्चात् उपलब्धी हासिल भए पनि ती उपलब्धि संस्थागत हुने क्रममा रहेको जिकिर गर्दै त्यसको सही ढंगबाट नेपाली जनताले उपभोग गर्ने दिन आइसकेको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य श्यामसुन्दर श्रेष्ठ, एमाले प्रदेश कमिटी सदस्य चन्द्र धिमालकोटी, माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य रामप्रसाद गौतम, बेलबहादुर महतले ६ जना सहिदको सम्झना गर्दै सम्मान शब्द व्यक्त गर्नुभयो ।
वडा सचिब सन्तोष गिरीले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता नारायण गौतमले गर्नुभएको थियो भने स्वागत धनबहादुर श्रेष्ठ सूर्यले गर्नु भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्