विरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउने झाँक्रीहरुको प्रतिबद्धता

विरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउने झाँक्रीहरुको प्रतिबद्धता

विरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउने झाँक्रीहरुको प्रतिबद्धता
चौतारा । रोगका कारण थला परेर झारफूक गर्न आउने विरामीहरुलाई स्वास्थ्य संस्थामा जानका लागि सल्लाह दिने धामी झाक्रीहरुले प्रतिबद्धता जाहेर गरेकस छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न ३, बतासे, खालेका नामुद झाँक्रीहरुले उपचारका लागि आफूहरूकहाँ धाउन आउने बिरामीलाई स्वास्थ्य संस्था नै जान सिफारिस गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित सचेतनामूलक अभिमुखी कार्यक्रम पश्चात खालेका १७ जना धामी झाँक्रीहरुले घरमा सुत्केरी हुने र अन्य विरामीहरुलाई झारफुक पश्चात् स्वास्थ्य संस्थामा प्रेषित गर्ने प्रतिबद्धता जाहेर गरेको स्वास्थ्य प्रमुख शिव पुरीले जानकारी दिए ।

वडा अध्यक्ष टेकबहादुर तामाङकाे अध्यक्षतामा,जन स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाई प्रमुख आतिथ्यतामा भएको अभिमुखी कार्यक्रमको प्रशिक्षक श्ललित रानाले सहजीकरण गरेका थिए ।
कार्यक्रमबाट घरमा नै सुत्केरी हुनेको दरमा कमी आउनका साथै बिरामीहरु समयमै स्वास्थ्य संस्थामा गई उपचार गर्ने बानीको विकास हुने विश्वास गरिएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्