इष्टर महोत्सवलाई सम्वोधन गर्दै मेयर सापकोटाले भने आस्थालाई विज्ञानसँग जोड्नुस
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफू कुनै पनि धर्मको पक्षमा नरहेको खुलासा गर्नु भएको छ । सबै धर्मप्रति मेरो सम्मान छ तर म आफू कुनै पनि धर्मको पक्षमा भने छैन मेयर सापकोटाले भन्नुभयो ।
चौतारा बजार परिक्रमा गर्दै क्रिश्चयन धर्मावलम्बीहरुले निकालेको ¥याली टँुडिखेल पुगेपछि सभामा परिणत भएको थियो । सो सभालाई सम्वोधन गर्दै मेयर सापकोटाले आफूले चाहेको धर्मप्रति आस्था राख्न पाउने छुट सबैलाई भएको र संविधानले पनि सोही अनुसार व्यवस्था गरेका कारण सहिष्णुताका साथ आफ्नो धार्मिक अधिकारको उपभोग गर्न पाइने बताउनुभयो । उहाँले आफू विज्ञान र प्रकृतिको पक्षमा रहेको हुँदा आफ्नो आस्था पनि त्यतै भएको बताउनुभयो । उहाँले आफू आम दलित, शोषित, पीडित बर्गको पक्षमा रहेको बताउँदै हिजो राज्य सत्ताले चरम दमन, शोषण र अन्याय गरेकै कारण आन्दोलनको आँधीबेहरीबाट नागरिकले धार्मिक र राजनीतिक लगायतका अधिकार पाएको बताउनुभयो ।
येशु ख्रीष्टको बौरी उठाइएको दिन भएको खुशीयालीमा चौताराका इसाइ समुदायले आइतबार गीत गाउँदै, नाच्दै महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा गीत नृत्य प्रस्तुत गर्नाका साथै विशेष अतिथि एमव् हिमालयण चर्चका पाष्टर विश्व कर्माचार्यले परमेश्वरको आशीषमय बचन इष्टर सन्देश सुनाउनु भएको थियो ।
नगर इसाइ एकता समाज चौताराको आयोजनामा भएको कार्यक्रमा जनप्रतिनिधि, सञ्चारकर्मी र पाष्टरहरुको उपस्थिति रहेको थियो ।
सामाजका अध्यक्ष दीपक घलेको अध्यक्षतामा भएको कार्यक्रम श्याम रम्तेलले सञ्चालन गर्नुभएको थियो ।