डडेलो लगाएको आरोपमा मिलन लामा पक्राउ
चौतारा । वनमा डढेलो लगाउँदै गरेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई जलविरे प्रहरीले पक्राउ गरेको हो।
जानाजानी वनमा डढेलो लागाउने गरेता पनि डढेलो लगाएकै आरोपमा सिन्धुपाल्चोकमा पहिलोपटक लामा पक्राउमा परेका हुन् ।
आइतबार दिउँसो करिब २ बजेतिर सेल्ताप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले लामालाई रंगे हात पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकबाट ५ दिने म्याद थपको आदेशसहित हिरासतमा राखिएको प्रहरीले जनाएको छ । यता डिभिजन वनले पनि थप अनुसन्धान गरिरहेको अधिकृत दुलालले जानकारी दिनुभयो ।
कसुर सावित भएमा क्षति भएको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था वन ऐन २०७६ मा उल्लेख छ ।