चनौटे-थापाटार-इचोक- कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको आज शिलान्यास गरिएको छ ।
हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागी स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गर्नुभयो । निर्माण व्यवशायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने जिम्मा स्थानीयको भएकाले आवश्यक सहयोगको लागी आग्रह गर्नुभयो । मन्त्री दुलालले हेलम्बुमा सडक विकासको प्रारम्भ भएकाले अब विकासको कामले गतिलिने बताउनुभयो ।
प्रदेशले मेलम्ची ग्याल्थुम,किउल तिम्बु हुँदै मेलम्ची घ्याङ सडकलाई प्रदेशले गुरु योजनाको रुपमा अगाडी बढाएको भन्दै अहिले तत्कालै मेलम्ची खानेपानीले हेर्ने भएकाले बजेट हालेर काम गर्न कानुनी जटिलता भएपनि विभिन्न निकायलाई भनेर सडक पक्की गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले अन्य मुख्य सडकको पनि स्तरोन्नति गर्ने र स्थानीय सडकको पनि स्थानीय तहसंग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री दुलालले मेलम्ची खोलालाई दीर्घकालीन रुपमा कसरी नियन्त्रण गर्ने र यहाँ धनसम्पत्तिको कसरी संरक्षण गर्ने भन्ने बारेमा अध्ययन योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले हेलम्बुमा अझै विकासको वातावरण नभएको भन्दै तिन तहको सरकार महत्त्व हेलम्बुले नबुझेको बताउनुभयो ।
उहाँले यस क्षेत्रको सांसदहरु,जनप्रतिनिधिहरु सबैले यहाँको लागी काम गर्नुपर्ने बताउनुभयो । मन्त्री दुलालले राम्रो कामको सम्मान गर्ने र नराम्रो कामको सुझाव दिने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकासको लागी पार्टीको बार भत्काएर अगाडी बढ्नका लागी आह्वान गर्नुभयो । अन्य वडाको विकासको लागी समेत निरन्तर लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउनका लागी सहयोग गर्न आह्वान गर्नुभयो ।
कार्यक्रममा हेलम्बु ७ का अध्यक्ष निलबहादुर खड्काले योजना ल्याउन सहयोग गर्ने मन्त्री दुलाल लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिदै आवश्यक सहयोगको लागी सधै साथमा रहेको बताउनुभयो । हेलम्बु ६ का वडा अध्यक्ष सन्चबहादुर तामाङले विकासको लागी बागमती प्रदेशका मन्त्री युवराज दुलालले गरेका प्रयास र ल्याएका योजनालाई स्वागत र धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफु सुपको अध्यक्ष हुँदा २०६५ सालमा सुरु गरेको सडक अहिले कालोपत्रे कामको सुरुवात हुँदा खुशी लागेको उहाँले बताउनुभयो । कार्यक्रममा समाजसेवी नयन पण्डितले योजना ल्याउनका लागी महत्त्वपूर्ण भुमिका खेल्ने सम्पुर्णलाई धन्यवाद दिदै विकासका लागी ल्याएको बजेट कार्यान्वयनका लागी सबैले साथ दिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका नेता हस्त पण्डितले यो गौरवको आयोजना भएकाले सफल बनाउनका लागी सबै एकजुट भएर लाग्न पर्ने बताउनुभयो । हेलम्बुको समस्याको बारेमा अबगत गराउँदै नेता पण्डितले सडक संजाल लगायत आवश्यक काम गर्न आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्र हेलम्बुका अध्यक्ष भरत थापाले यहाँको काम छिट्टै सम्पन्न गर्नका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले गुणस्तरीय काम गर्नका सुझाव समेत दिनुभयो ।
रास्वपाका हेलम्बु अध्यक्ष दिनेश थापाले कामको सफलताको शुभकामना ब्यक्त गर्नुभयो । राप्रपाका अम्बरबहादुर पण्डितले दलिय भावनाले यो पार्टी र त्यो पार्टी नभनी अगाडि बढ्नुपर्ने बताउनुभयो । बिरोध गर्ने मात्र काम नगरेर कमजोरी भए सुझाव दिने र राम्रो काम गरे प्रशंसा गर्नुपर्ने बताउनुभयो ।
पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख भरतकुमार यादवले सांढे १० किलोमीटर सडक पक्की गर्ने जानकारी दिनुभयो । उहाँले ५०० मिटर ढलान गर्नुपर्ने रहेको बताउनुभयो । गर्नुपर्ने कामको बारेमा जानकारी दिँदै उहाँले १५ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको बताउनुभयो । गौरी गणेश ÷ एस.आर. वि. जे.भीले निर्माण पाएको कामको २०८३ वैशाख १६ गतेभित्र सम्पन्न गर्नुपर्ने छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्