नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्षसमेत रहनु भएका श्रेष्ठ सिन्धुपाल्चोकका स्थापित साहित्यकार पनि हुनुहुन्छ । कविता, कथा, गजल र नाटक विधामा पोख्त श्रेष्ठको २०५३ सालमा झरेको फूल नामक मुक्तक संग्रह प्रकाशन भएको थियो । सिन्धुपाल्चोक जिल्लाकै पहिलो मुक्तक कृतिकार जीवन श्रेष्ठ सम्मानित हुनु भएको छ । मुक्तक विधामा विशेष योगदान पुर्याएको भन्दै साहित्यिक संस्था शब्द सारथिले सिन्धु मुक्तक सम्राटको उपाधिसहित एक समारोहका बीच सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्षसमेत रहनु भएका श्रेष्ठ सिन्धुपाल्चोकका स्थापित साहित्यकार पनि हुनुहुन्छ । कविता, कथा, गजल र नाटक विधामा पोख्त श्रेष्ठको २०५३ सालमा…
Category: साहित्य/कला
भोलिबाट ३ दिने लट्टेश्वर धार्मिक महोत्सव हुने ।
ऐतिहासिक र धार्मिक महत्व बोकेको लट्टेश्वर महादेवको प्रचारप्रसार गर्दै लाटु क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि पहिलोपटक महोत्सवको आयोजना गर्न लागेको वडा न २ को कार्यालयले जनाएको छ । त्रिपुरासुन्दरी । त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ लाटु स्थित लट्टेश्वर महादेवमा ३ दिने धार्मिक महोत्सव हुने भएको छ । लट्टेश्वर महादेव महोत्सव मूल आयोजक समिति र त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ को सहआयोजनामा भोलि ५ गतेबाट ७ गतेसम्म महोत्सव सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष भक्तध्ज बोेहराले जानकारी दिनु भयो ।ऐतिहासिक र धार्मिक महत्व बोकेको लट्टेश्वर महादेवको प्रचारप्रसार गर्दै लाटु क्षेत्रलाई…
टुङ्ना बजाएर जीवनको धुन खोज्ने एउटा प्रतिभाको भर्चुअल अवतरण
टुङ्ना बजाएर जीवनको धुन खोज्ने एउटा प्रतिभाको भर्चुअल अवतरण सुरेश भुसाल/शिव मुखिया २ मंसिर, काठमाडौं । सुन्धाराको तामसिक कोलाहाल छिचोल्दै एउटा सात्विक धुन गुञ्जियो, तामाङ सेलोमा- ‘सालघारीबाट मालगाडी आयो, घुम्तीमा लेट भयो तिमी छौ कहाँको, हामी छौं कहाँको काठमाडौंमा भेट भयो धानकै बाला झुलाउँला, मायालाई भुलाउँला …..’ टुङ्नाको निख्खर रैथाने धुन पछ्याउँदै जाँदा भेटिए, वीरबहादुर विश्वकर्मा । रुम नम्बर ३०२ साँघुरो कोठा । दुई सिंगल बेड । अट्याच बाथरुम । रित्तिइसकेको दूध चियाको जुठो कप । कंक्रिटको चिसो । सेतो सट, कालो इस्टकोट र कालै पाइन्टमा कुनै स्कुले पोशाकजस्तो पहिरिएर…
हेलम्बुको इच्छेश्वर महादेवमा भव्य मेला लाग्ने
हेलम्बुको इच्छेश्वर महादेवमा भव्य मेला लाग्ने हेलम्बु । पर्यटकीय गन्तव्यरुपमा परिचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न ६ थापाटारस्थित इच्छेश्वर महादेवमा विविध धार्मिक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ ।महाशिव रात्रि २०७९ को पावन अवसरमा यही फागुन ६ गते सो मन्दिरमा भव्य मेला लाग्ने भएको हो । मेलामा शिव पुराण र चर्चित कलाकारहरुद्वारा भजन किर्तन,प्रसाद वितरण लगायतको कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।समितिका नयन पण्डित क्षेत्रीका अनुसार मेलाको लागि संपूर्ण तयारी सम्पन्न भइसकेको छ । सो दिन विहानदेखि पुजाआज कार्यक्रम हुने भए पनि मेलाको औपचारिक कार्यक्रममा भने विहान १०…
स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानडामा हुने
काठमाडौँ । ग्रेट नटराज फिल्मस् प्रा.ली. र ह्यापी पाठक इन्टरटेनमेन्ट प्रा.ली.को संयुक्त आयोजनामा स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण आगामी मे महिनामा हुने भएको छ । स्टार म्युजिक भिडियो अवार्ड २०२३ नाम दिएको अवार्डकाे याे संस्करण क्यानडामा हुने आयाेजकहरुले बताउनुभएकाे छ। विभिन्न विधाका अग्रज र अनुज श्रष्टालाई अवार्ड र सम्मान प्रदान गरिने उक्त अवार्डको प्रथम संस्करण गत जेठमा काठमाडौंमा सम्पन्न भएको थियो । जसमा १५० बढी म्युजिक भिडियोसँग सम्बन्धित कलाकर्मीलाई अवार्ड प्रदान गरिएको थियो । याे पटक क्यानडामा हुने संस्करणमा नेपालबाट ५० भन्दा बढी कलाकार, प्राविधिक र पत्रकार सहभागिता रहने…
चौताराकी क्रिन्जिलाले जितिन् जुनियर मिस नेपाल प्रतियोगिताको तीन सव टाइटल
चौतारा । जुुनियर मिस नेपाल प्रतियोगिता २०२२की प्रतिस्पर्धी क्रिन्जिला श्रेष्ठले ३ वटा सवटाइटल जित्न सफल भएकी छन् ।चौतारा साँगाचाकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले शनिबार सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्ट अवार्ड, फेसबुक च्वाइस विनर र पव्लिक च्वाइस विनर बन्न सफल भएकी हुन् । रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनीका २० बालिकाको सहभागिता रहेको थियो । चौतारा भिन्तुृनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षिय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत…
सुनिता दुलालको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं । नेपाली नारीहरुको महान् चाड तीज नजिकिएसँगै तीजसँगको गीत पनि सार्वजनिक हुन थालेको छ । यसैबीच गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सो गीतमाशब्द रचना ज्योती गुरुङको रहेको छ भने संगीत सुरज लामिछानेको रहेको छ । परदेशिएकी छोरीले तिजको समय घर सम्झिएर नोस्टाल्जिक भएको प्रसंग गीतमा समेटिएको छ । चाहेर पनि परदेशिएका छोरी घर फर्किन नसेकेको भाव समेटेको गीतले अर्को सालको प्रतिक्षा रहेको कथा भन्छ । भिडियो निर्देशन कुशल श्रेष्ठले गरेका छन् । भिडियो निर्देशन कुशल श्रेष्ठले गरेका छन् । बिसौनीbisouni.com
गायक प्रेमध्वज प्रधानको निधनले गृह जिल्ला सिन्धुपाल्चोक शोकाकूल
चौतारा । बरिष्ठ संगितकार एवम् गायक प्रेमध्वज प्रधानको निधनले उहाँको गृह जिल्ला सिन्धुपाल्चोक शोकाकूल बनेको छ ।विहीबार दिउँसो १ः४५ बजेतिर गायक प्रधानको देहवशानको खबरले सारा सिन्धुपाल्चोकमा शोक छाएको हो । विसं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको सदरमूकाम चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मनु भएको स्व. प्रधानको बाल्यकाल चौतारामा वितेको थियो । चौतारास्थित तत्कालीन श्री कृष्ण विद्याश्रमबाट उहाँले कखरा सिक्नु भएको थियो ।सानै उमेरदेखि सांगीतिक माहौलमाा हुर्केका स्व. प्रधानको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो रुचि राख्नु हुन्थ्यो । उहाँको घरमा दिनहुुँ जस्तो कार्यक्रम…
कसरी जन्मियो चर्चित गीत घुम्तीमा नआउ है । सुनौं गायक प्रधानकै आवाजमा(भिडियोसहित )
चौतारा । त्यसो त सिनेमाका कथाहरु मात्र सिक्वाइन्समा लेख्ने गरिन्छ तर घुम्तीमा नआउ है बोलको गीत पनि सिक्वाइन्समा लेखिएको बताउँनु हुन्छ वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधान । आज भन्दा झण्डै ५५ वर्ष अगाडि स्वाराङ्कन भएको यो गीत आज पनि उत्तिक्कै लोकप्रिय छ । गायक प्रेम ध्वज प्रधानका अनुसार एक युवक र युवतीबीचको सामिप्यता र प्रणय प्रसंगको सिक्वाइन्समा यो गीत लेखिएको हो । सुनौ गायक प्रेमध्वज प्रधानको आवाजमा कस्तो खालको सिक्वाइन्सबाट लेखिएको रहेछ सर्वाधिक चर्चित गीत घुम्तीमा नआउ है बिसौनीbisouni.com
सिंगो भक्तपुर एउटै गीतमा ( भिडियोसहित )
साँस्कृतिक सहर भनेर चिनिने भक्तपुर सम्वन्धी गीत सार्वजनिक भएको छ । जितेन्द्र श्रेष्ठको युट्युव च्यानलमार्फत सार्वजनिक भएको “नेपाली शीरको कालो टोपी भक्तपुर“ बोलको गीत आज मात्र युट्युवमा सार्वजनिक भएको हो ।व्यँग्यकार च्यट्याङ माष्टरको शव्द रहेको यो गीतमा भक्तपुरको कला, संस्कृति, धार्मिक, पर्यटकीय, ऐतिहासिक सम्पदा र स्थलको वर्णन र छ्याङ्कन मात्र गरिएको छैन , नेवारी भेषभुषामा गरिएको नृत्यले जो कोहीको पनि मनमस्तिष्कमा बस्न सफल हुनेछ ।गीतबाट भक्तपुरको विविध सौन्दर्यको रसस्वादन गर्न पाइन्छ नै अझ यो गीतले भक्तपुरलाई थप पहिचान र उजिल्याउन मद्दत पुग्ने देखिन्छ ।गीतमा कपिल कस्पालको स्वर रहेको छ भने…
