पत्रकार महासंघका अध्यक्ष श्रेष्ठ मुक्तक सम्रट उपाधिबाट विभूषित

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्षसमेत रहनु भएका श्रेष्ठ सिन्धुपाल्चोकका स्थापित साहित्यकार पनि हुनुहुन्छ । कविता, कथा, गजल र नाटक विधामा पोख्त श्रेष्ठको २०५३ सालमा झरेको फूल नामक मुक्तक संग्रह प्रकाशन भएको थियो ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो मुक्तक कृतिकार जीवन श्रेष्ठ सम्मानित हुनु भएको छ । मुक्तक विधामा विशेष योगदान पुर्‍याएको भन्दै साहित्यिक संस्था शब्द सारथिले सिन्धु मुक्तक सम्राटको उपाधिसहित एक समारोहका बीच सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्षसमेत रहनु भएका श्रेष्ठ सिन्धुपाल्चोकका स्थापित साहित्यकार पनि हुनुहुन्छ । कविता, कथा, गजल र नाटक विधामा पोख्त श्रेष्ठको २०५३ सालमा झरेको फूल नामक मुक्तक संग्रह प्रकाशन भएको थियो ।

यो संग्रह नै जिल्लाको साहित्यिक इतिहासमा हालसम्म पहिलो तथा अन्तिम मुक्तक संग्रह रहेको सहित्यकार तथा शव्द सारथिका अध्यक्ष अमित घिमिरेले जानकारी दिनु भयो ।

प्रजातन्त्र दिवसको अवसर पारेर चौतारामा आयोजित सम्मान तथा मुक्तक मेहफिल कार्यक्रममा सम्मनित ब्याक्तित्व श्रेष्ठसहित साहित्यकार अमित घिमिरे, सुन्दर शिरीष, हेमन प्रधान, रमेश श्रेष्ठ, ऋषिराम अपवाद र केशव आशितोष लगायत ७ श्रष्टाले ८४ वटा मुक्तक बाचन गर्नु भएको थियो भने मुक्तक मञ्चका जिल्ला अध्यक्ष सुन्दर शिरीषले मुक्तमा सिन्धु नामक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो

सिफारिस

प्रतिकृया दिनुहोस्